Wednesday 8th May 2024

ओली उदार तानाशाहा बनुन


तोयानाथ उपेक्षित, भुक्ने प्रजातन्त्र भन्दा भ्रष्टहरुलाई गोली ठोक्ने तानाशाहको खाँचो छ देशलाई । यसर्थ त्यो तानाशाह कल्पना गरेर वा कामना गरेर पैदा हुदैन । त्यस्तो एउटा तानाशाह अर्को ब्रमाण्डबाट आउने पनि होईन ।

यो मुलुकको बेतिथी रोकोस भन्ने कसैले चाहेको भए हालका प्रधानमन्त्री केपी ओली नै उपयुक्त पात्र हुन, उनको ठाउँमा अरु कोही भए पनि त्यसले आजको निकाश दिन त्यही मार्गमा अघि बढने बाध्यता हुने थियो । यो समयले ओलीलाई जुराएको उपयुक्त मौका हो । उनी अनुकुल राष्ट्रध्यक्ष छन देशमा सबै नेतालाई यस्तो परिस्थिती जुर्दैन । उनले तानाशाही कदम नचाले यो मौका कहिले पनि आउदैन ।

कोरोनाले देश र विदेश सवै लकडाउनमा पर्नु उनका लागि बाताबरणीय अनुकुलता पनि हो । अन्तराष्ट्रिय शक्ति केन्द्रहरु आफ्नै मामलामा रोईरहेको बेला कोरोना का विरुद्ध नलडेर राजनैतिक दाउपेचमा लाग्यो भन्ने भावनात्मक कुराले प्रभावित हुन हुदैन । राज्य हो यसले यस्तै बेलामा अन्य रणनैतिक पासा पनि हान्न सक्ने साहास गर्न पर्दछ । कोरोनासँग राज्यका संयन्त्र आफ्नो ठाउँमा लडिरहन्छन । प्रमले शासन प्रणालीको रत्यौली रोक्न ठिक समयमा ठिक कदम चाल्नै पर्दछ ।

यो देशमा नेपाली जनताले पञ्चायतले जति नै ३० बर्ष सम्म बहुदलीय प्रजातन्त्र नामको बदमासहरुको शासन हेरिसके । यसबीच सवै राष्ट्रिय उधोग बेचेर नेपाली युवाहरुलाई विदेशमा कुल्ली बनाएर पठाई दिए । बहुदलीय व्यवस्था न त काम गर्न सक्यो न त यसको औचित्य सावित भयो । शान्ति र विकाश होईन भ्रष्टचार र बेतिथीले देश नै असफल हुने अवस्थामा पुगिसक्यो । जनताले एमाले, कांग्रेस, राप्रपा र मधेसवादी दलका सवैको शासन र व्यवहार देखि सके । अव यी चेहराहरुले यहि शासन व्यवस्थाबाट नेपाली जनताको आकांक्षा पुरा गर्लान भनेर कसैले पनि अपेक्षा गरेका छैनन । विश्वास जनताको टुटिसकेको छ । यसलाई ओलीका ठाउँमा अरु कोही आए पनि ठिक बाटोमा ल्याउन सक्दैनन भन्ने स्पष्ट भईसकेको छ ।

बहुमत ल्याएर ३६ से र ७४ भएको कांग्रेस पनि नेपाली जनताले देखिसकेका छन र अहिले कम्युनिष्टलाई बहुमत दिएर गरेको अपेक्षा पनि तुहेको छ । अब यो देशमा यी दल र यो प्रणाली पूर्णतया असफल भईसकेको निश्कर्ष नै अन्तिम सच्चाई हो चाहे कसैले स्वीकार गरोस वा नगरोस । जसले बहुमत ल्याउछ उसको सरकार त्यही पार्टी भित्रका असन्तोसीहरुले ढाल्छन भन्ने नजिर स्थापित भईसकेको छ । ओलीमाथि त्यही भईरहेको छ । उनले सवैलाई रिजाएर ५ बर्ष टिके पनि जनता र देशले केही पाउनेवाला छैन ।

अब विकल्प के त ?
अब नेपाली जनताले यस व्यवस्थाबाट समृद्धीको आशा माया मारिसकेका छन । यस्तो बेलामा प्रम ओलीले जसरी दुईवटा विधेयकलाई चोरबाटोबाट ल्याए त्यो शिर्फ अन्य पार्टी फूटाउन वा प्रचण्डलाई साईजमा राख्न ल्याएको हो भने त्यो गंभिर गल्ती हो । हैन उनको भित्री डिजायन तानाशाही बन्ने अभिष्टका साथ आएको छ भने एकदमै उपयुक्त समय र परिवेशमा गरेको साहसी निर्णय हो । यसलाई स्वागत गर्न पर्दछ । देशले एउटा उदार तानाशाहा खोजेको छ त्यो उनै बनुन शुभकामना छ ।

अब उनले विस्तारै पावर सेन्ट्रलाईज गर्न सक्नु पर्दछ । देशमा संकटकाल घोषणा गरेर भए पनि बर्तमान सम्बिधानका प्रावधानहरु निलम्बन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी नै महारानी किन नबनुन देशमा राष्ट्रपति शासन लागु गरेर सवै प्रजातन्त्रको ढोल बजाउने भ्रष्टहरुलाई खोरमा जाक्नु पर्दछ । पञ्चहरुको समर्थन खोज्ने हो भने विद्यादेबीको उत्तराधिकारी पारस पुत्र बनाउने गरी सहमति गरे पनि केही फरक पर्दैन । अन्तराष्ट्रिय समर्थन नभएर देश ढल्ने भन्ने हुदैन जनताले साथ दिए भने अन्तराष्ट्रिय परिवेश विस्तारै अनुकुल हुदैजानेछ । जनतालाई सुशासन र विकाश चाहिएको हो त्यो पाए भने जनताले अरु केही खोज्ने छैनन । देशलाई एकताबद्ध गर्न पार्टी खुशी पारेर होईन जनता खुशी पारेर मात्र संभव छ । ओली सरकारलाई पेण्डुलम बनाई राख्न खोज्नुको परिणाम शसस्त्र आन्दोलन गर्नहरुलाई बलियो बनाउनु हुने छ । यसले फेरी दश बर्षे द्धण्दको भडखालो पर्ने छ । मध्यावधी चुनावमा जाने वा ठेलठाल यहि सरकारले ५ बर्ष गुजार्ने हो भने त्यसपछि कसैको बहुमतको सरकार बन्ने छैन र विदेशी शक्तिको चलखेल बढेर हिजोकै जस्तो सांसद भेडाबाख्रामा रुपान्तरित हुनेछन । यो देश कहिले पनि उभो लाग्ने छैन ।

बंगलादेशमा सेख हसिनाले भटाभट विरोधीहरुलाई नसिद्धयाएको भए आज बंगलादेश यो ठाउँमा पुग्ने थिएन । भुटानमा एकतन्त्रीय शासन भएकै कारण उसले नेपाललाई पछि पारिसक्यो । बहुदल हाम्रो जस्तो देशमा नमच्चिने पिङ को सयझड्का भन्ने जनताले राम्ररी बुझिसके । त्यहाँ नेपालमा भन्दा धेरै राजनैतिक खिचातानी र आन्दोलन हुने गर्दथे । दश बर्ष यता बंगलादेश शान्त छ र विकाश र सबृद्धीको पाइला अघि बढाएको छ । उसले भारतलाई च्यालेन्ज गर्न थालेको छ । हाम्रो देशमा बहुमत पाउदा न कांग्रेसले केही गर्न सक्यो न कम्युनिष्टले बरु देश अरु अधोगतितिर गईरहेको छ । यसर्थ प्रम ओलीको अहिलेको कदम लाई त्यस अर्थमा समर्थन जरुरी छ जब सम्म उनी उदार तानाशाहको बाटोमा अघि बढ्नेछन । होईन भने आफ्नै पार्टी फूटाउने र फेरी कसैको साथ लिएर गठबन्धन सरकार चलाएर बस्ने अभिप्राय ले अघि बढेका हुन भने देश पनि भाडमा जाने छ र उनीहरु पनि सिद्धिने छन अन्तत यो देश सधै भरी विदेशीहरुको क्रिडास्थल बनिरहनेछ ।


सम्बन्धित शीर्षकहरु

हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको प्रस्ताव स्वीकार गरेको बताएको छ । यद्यपि, इजरायलले शान्ति सम्झौताको बारेमा अहिलेसम्म…

सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्दै गर्ने भएका छन् । सभामुखले आज बिहान साढे ११…

तितोपाटी-आगामी शुक्रबार अर्थात १० मे का दिन कुवेतमा भखरै मात्र खुलेको नेपाली मार्ट "सोल्टि एक्स्प्रेस मार्ट" को मुख्य प्रायोजनमा अन्तर…

प्रतिकृयाहरू
...