Tuesday 28th May 2024

परदेशीको एक सुत्रिय माग- नेपाल फर्कन पाउ


तोयानाथ उपेक्षित, “काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर” भने झै विदेशमा रहेका नियोग र संघसँस्थाहरुको गति उल्टो दिशामा घुमिरहेको जस्तो देखिन्छ । आज अरब टाईम्सले खुलासा गरेको एक समाचार अनुसार कुवेतमा २ लाख ५० हजारको नोकरी कोरोना को क्राईसिस उत्पन्न भएयता गईसकेको छ । यसमा कति नेपालीले नोकरी बाट हात धुईसकेका होलान जसको हिसाव किताव नेपाली राजदुतावास सँग छैन । नत यस्तो रिर्पोट राख्न गैह आवासिय सँघबाट सम्भव छ ।

यो संख्या र अनुमान भन्दा अझै डरलाग्दो आँकडा आउदा दिनहरुमा आउने छन । साना तिना मझौला व्यपारिक प्रतिष्ठानमा काम गर्नेहरुमा आधारित यो आँकडा हो भन्नेमा शंका छैन । ठुला कम्पनीहरु यस महिनापछि पनि अवस्थामा सुधार देखिएन भने एक्सनमा उत्रने पक्का छ । यदि यसो भो भने लाखौले या त बेतलबी विदामा घर जान पर्ने हुन्छ या त स्वेच्छाले जानेहरुका लागि आवेदन गर्ने सूचना निस्कने छ ।
कोरोनाबाट विश्वले कहिले मुक्ति पाउँछ भन्ने भन्दा पनि अब यो कहिले सम्म रहला भन्ने कुराले बैदेशिक रोजगारीमा रहनेहरुको जीवन र जागिरको अन्यौलता बढाईरहेका छ । यसै बीच हजारौको संख्यामा श्रमिकहरुले जागिर गुमाउने र नोकरी रहिहाले पनि कम तलबमा काम गर्न पर्ने अवस्था आउन सक्छ । तर यो कुरामा थोरै मात्र आशा गर्न सकिन्छ । प्रमुख कुरा त कोरोना संकट लम्बिदै जादा नेपालीहरुले गर्ने काम को प्रकृति हेर्दा उनीहरुले स्वदेश फिर्न को अर्को विकल्प नपाउलान । व्यापार नै नरहेपछि कसैले दयामायामा विदेशीलाई सधैभरी पालिरहदैन

लकडाउन भन्दा कडा लकडाउन र एरिया कर्फयु हुदै पूर्णकालिन कर्फयुको सम्भावना बढिहेको अवस्थामा नेपाली कामदारहरु घर जान पाए हुन्थ्यो भन्नेको संख्या अधिक छ । नोकरी पनि नहुने र घर जान पनि नपाउने हो भने धेरै नेपालीहरुको बैकल्पिक बाटो भनेको आत्माहत्या मात्र बाकी रहन सक्ने दिन पनि आउन सक्छ । भरखरै घर जान ठिक परेका एक नेपाली युवा लकडाउनबाट रोकिए पछि आत्माहत्या रोज्न पुगे । उनले किन त्यसो गरे भनेर कसैले भन्न सक्दैन तर तनाव कै कारण हुन सक्ने अनुमान धेरैको छ ।
लकडाउनको एक महिना नपुग्दै विचल्लीमा पर्ने र खानै नपाउनेको क्रन्धन शुरु भईसकेको अवस्था छ । कम्पनीले यो महिनाको अन्तमा तलब दिन्छ दिन्न भनेर एनआरएनको राहत पाए हुन्थ्यो भन्नेको संख्या कम्ति छैन । एनआरएनले को क्षमता के हो नबुझेर पनि धेरै ले एनआरएन को प्रचारबाट आशावादी भएर माग गर्न थालेका छन ।

अहिले हामीले रासनका पोका पुरयाउदैछौ भोली डेरा विहिन हुन थाले पछि के उनीहरुलाई ल्याएर घर खोजेर राख्न सक्ने हामीसँग सामथ्र्य छ ? त्यो सामाथ्र्य नेपाली दुतावासले राख्छ ? यसर्थ अबको समाधान भनेको नेपाल कुवेत चल्ने अलजजिरा खुलाउनु एउटा अनिवार्य शर्त हो । उनीहरुलाई कसरी जान दिने ? के के प्रक्रिया पुरा गर्नु पर्ने ? त्यसका लागि नेपालमा उनीहरुको व्यवस्थापन क्रमस कसरी गर्दै जाने भन्नेमा बहस हुन जरुरी छ । फोहर खाडी आँगनमा नपुरेर मछ्ड मारेर सिद्धयाउँछु भने जस्तो मुर्खतापूर्ण सोच र कार्ययोजना दिर्घकालिन समाधान हुदै होईन । रात रह्यो अग्राख पलायो भने झै दबाब दिन पर्ने समय खेर नफालौं । स्थिती अरु विग्रदै जादा कसैले दुला पस्न पर्ने कसैले सडकमा बस्न पर्ने दिन कसैको नआओस ।

यहाँ केही भएको छैन जस्तो गरि मिडियामा कसैले नबोलौं । त्यसरी बोल्दा पिडितलाई झन पिडा थपिने छ । स्थिती विग्रने संकेत हुदैनथ्यो भने आफै प्लेन चार्टर गरेर कसैले अर्का देशका नागरिकलाई उनीहरुको देशमा पुरयाउन तयार हुने थिएन । कुवेतले सवै विमान कम्पनीहरुलाई उडान अनुमति दिनुको कारण पनि त्यही हो । उसलाई थाहा छ कि अवस्था तत्काल नियन्त्रणमा आउनेवाला छैन । भईरहेको पनि त्यही छ । कोरोना संक्रमितको संख्या दश विस बाट बढेर दैनिक सय वा त्यसको आसपास हुन थाल्नुले राम्रो संकेत गरेको छैन । आशावादी हुनु राम्रो हो तर तथ्यले यर्थाथतालाई नजरअन्दाज गर्ने छुट दिदैन ।

अरब टाईम्सका अनुसार पनि अझै कुवेतमा ५० हजार भन्दा धेरै गैह कानूनी रुपमा बस्नेहरु छन । अरु देशका धेरै थोरै जे जति भए पनि ईच्छा हुनेहरुले देश छ भनेर फिर्न पाएका छन तर हाम्रा ती दाजुभाई दिदीबहिनीहरु लाई रोक्न खोजिरहेका छौ । यो मौकामा तिनले जान पाएनन भने तिनको समस्या के हामीले सम्बोधन गर्न सकौला ? यसर्थ सवै सँघसँस्थाको पहिलो दायित्व भनेको नै उनीहरुलाई सम्भव भए सम्म नेपाल फर्काउन सहयोग गर्ने नै होस । नेपाल सरकार र राजदुतावास लाई जोडदार यहि काम गर्न दबाब सृजना गरौ । अहिले को मौका चुकायौं र तिनले काम र माम विना आत्माहत्या गर्न पर्ने अवस्था आयो भने हामी सँघसँस्था वा राजदुतावास बसेको कुनै अर्थ हुने छैन । मुख्य कुरा त हामी कति गैह जिम्मेवार र स्वार्थी छौ भन्ने विश्वले पनि त्यतिबेला थाहा पाउनेछ ।

अतः अब सवैको एउटै माग हुन पर्दछ । हवाई सेवा खुला गर । नेपाल जान पाउने सुनिश्चिता गर । कोरोना देशमा लगेर फैलाउन पाउँ भन्ने कुनै नेपालीको माग हुनै सक्दैन । त्यस्तो लिएर कोही नेपाली जान पनि चाहादैन । नेपालमा उनीहरुलाई सम्बन्धित जिल्ला सम्म समुह समुहमा पुरयाउने र क्वारेन्टाईन पछि घर जान पाउने गरि सरकारले अविलम्ब कदम चालोस । यदि यसो हुन सकेन भने सरकार भएको र नभएको कुनै अर्थ हुने छैन । न तिनको राजनिती र भविश्य नै दिगो हुनेछ ।


सम्बन्धित शीर्षकहरु

सदाको वर्षहरुझै यो वर्षपनि तीन किराती हरुले संयुक्त रुपमा सँगीतकार तथा गायक अनिल कोयी राईको साथमा किरातिहरुको महान चाड यक्वा…

कुवेतमा एक नेपाली युवतिले आत्महत्या गरेकी छिन । घरेलु कामको लागि अवैधानिक बाटो हुदै कुवेत आएकी बागचौर नगरपालिका ९, सल्यानकी…

पपुवा न्यु गिनीमा सिंगै गाउँमा पहिरो खस्दा त्यहाँ बसोबास गर्ने हजाराै मानिस पुरिएको खबर छ । पपुवा न्यू गिनीमा शुक्रबार…

प्रतिकृयाहरू
...