Friday 15th May 2026

उर्लावारीका मेयरको लाठी र झापाका प्रसाईको छाती लाई सलाम


तोयानाथ उपेक्षित, उर्लावारीका मेयर फागो ले लक डाउन को वेवास्ता गर्दै प्रहरीसँग अटेर गरिरहेको देखे पछि त्यो दृष्य हेर्न सकेनन र लाठी मागेर आफै ले केहीको तिग्रा र ढाडमा बजारे ।

उनी जनप्रतिनिधी भएर यसो गर्न सुहाएन भन्नेहरुलाई पनि मिठो जवाफ फर्काए । उनले भने, पछि लास उठाउनु भन्दा अहिले लाठी बर्षाउनु ठिक ठाने । उनको तर्कमा सतप्रतिशत समर्थन छ ।

दोश्रो मानिसको अलिकति कुरा गरौ उनी झापा बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाई हुन । उनलाई एकथरीले राम्रो मानिस भन्छन अर्को थरीले मेडिकल माफिया भनेर गाली गरिरहेका छन तर कसको के पहिचान हो कठिन घडीमा मात्र छुटिन्छ । आज निजी अस्पतालहरुले कोरोनाको कुरै छाडौ ज्वरो र खोकी का बिमारी समेतलाई लिन नमानि रहेको बेला उनले आफ्नो अरबौ लगानीको अस्पताल कोरोना माहामारी नियन्त्रण नभए सम्म का लागि सरकारलाइ जिम्मा दिने घोषणा गरे । उनको घोषणा फगत चर्चाका लागि मात्र हो जस्तो लाग्दैन, आफ्नो अस्पतालको सञ्चालक समिती र डाक्टरहरुसँग छलफल गरेर नै घोषणा गरेका बताउने प्रसाईलाई समग्र देशबासीले धन्यवाद भन्न पर्ने हुन्छ । उनले स्वास्थ्य सेवा सञ्चालन गरेर व्यापार नै गरेका हुन । यो राज्यले दिएको अधिकार उनले प्रयोग गर्दा जे दोष आईलाग्छ त्यो उनले स्वीकार गरेका छन तर बास्तवमा उनको छाती कुखुराको जस्तो नभएर गोरिल्लाको जस्तो रहेछ भन्ने अहिले प्रमाणीत गरेका छन । राज्यलाई आवश्यक पर्दा अरबौको सम्पती सुम्पन्छु भन्ने हिम्मत चानचुने कुरा होईन । देशमा उनको भन्दा कयौ गुणा सम्पती भएकाहरु हजारौ छन तर सवै प्रसाई हुन सक्दैनन ।
उनको अस्पताल पूर्वाञ्चलको क्षेत्रिय अस्पताल धरान भन्दा सुविधा सम्पन्न छ । यतिको संरचना र मेडिकल टिम जुटाउन राज्य आफै लागे पनि एकाध बर्ष काफी हुन्न । जुन अस्पताल राज्यले आपत पर्दा सहजै पाउदैछ । कोरोनाको संक्रमण नेपालमा देखिन थालेको र यसले भविश्यमा नित्याउने विपत्ति नसोचेको हुन सक्ने पूर्व अनुमानका बीच निजी अस्पताल सञ्चालकहरु देश र जनताप्रति जिम्मेवार बन्न पर्दछ भन्ने उनको सन्देश निक्कै सुखद छ । उनलाई गाली गर्नेहरुले अहिले उनलाई सलाम गरेनन भने तिनले कसैलाई मान्दैनन आफैलाई भगवान ठान्नेछन ।
अहिले लाठी सँस्कृती को चर्चा बढिरहेको छ । बातले नमान्ने भुत लातले मान्छ भने जस्तै अवस्था हो । कोभिड १९ को खतरनाक परिदृष्य का समाचार र दृष्य देखि सकेका सुनिसकेका मानिसहरु किन डर मानिरहेका छैनन भने उनीहरुलाई त्यो भाईरस हाती वा गैडाकै स्वरुपमा आउन पर्दछ । मुर्खता र अबुझपनको परकाष्ट ले सीमा नाघेपछि उसलाई बुझाउने शैली लाठी नै हो । एक जनाको हेलचेक्राईको कारणले अर्काको जीवन जाने, देश डुव्ने र समाज बरबाद हुने अवस्थाका लागि चटारिएर बटारिएर बाहिर निस्कने र सडक गल्लीमा भौतारिने छुट कसैलाई हुदैन । मलेशिया अटेर गर्नेहरुलाई ड्रोन बाट ज्ञयासका गोला प्रहार गरिएका छन । भारत, बंगलादेश तथा पाकिस्तानमा लाठि बर्षिएका छन । खाडी राष्ट्रमा अटेर गर्नेहरु जेल र डिर्पोट भएका छन । यस्तो अवस्थामा स्वतन्त्रता र मानवअधिकारको कुरा गर्ने समय होईन । यी सवै कुरा सस्पेन्स हुन्छन भन्ने बुझ्न पर्दछ । जनहितका लागि खोसिएका जनअधिकार सवै न्यायीक कुरा हुन ।

देशमा कोरोना छरिनबाट रोक्न प्रहरी भाईहरु दिनभरी सडक मा विताएको अरुको लागि नभएर त्यही लाठि खानेका लागि हो भन्ने कुरा सवैले बुझ्न पर्दछ र अटेर गर्नेलाई लाठी बर्षाउने प्रहरीलाई पुरस्कृत गर्न पर्दछ । हौसला दिन पर्दछ यो काम को जिम्मा स्थानिय निकायले लिए फरक पर्दैन । अधिकार र स्वतन्त्रता त जीवन रहे फेरी पनि भोगौला ।


सम्बन्धित शीर्षकहरु

मार्को रुवियो माथि चीनले  पहिले नै प्रतिबन्ध लगाएको भए पनि उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प  सँग बेइजिङ भ्रमणमा सहभागी हुन…

आधुनिक भौतिक विज्ञान, दर्शन र चेतनासम्बन्धी बहसको अत्यन्त रोचक क्षेत्रसँग जोडिएको छ। विशेष गरी अतिरिक्त आयाम (higher dimensions) को अवधारणा…

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी ले इरान युद्धका कारण विश्व ऊर्जा बजारमा बढ्दो अस्थिरता देखाउँदै भारतीय नागरिकलाई पेट्रोल, डिजेल र खाद्य…

प्रतिकृयाहरू
...