Thursday 2nd April 2026

कुवेतमा मार्च २२ बेलुकाबाट कर्फ्यू,उल्लंघन गरे जेल र जरिवाना हुने


हरि कृष्ण न्यौपाने- कुवेतले कोरोना भाइरसको नियन्त्रणका लागि आज मार्च २२ तारिक आईतबार,२०२० का दिन बेलुका ५:०० बजे बाट अर्को दिन बिहान ४:०० बजे सम्म दैनिक ११ घन्टा कर्फ्यू लगाउने भएको छ।साथै कर्फ्यू उल्लंघन गरेमा ३ बर्ष जेल र १० हजार कुवेती दिनार जरिवाना गरिने जनाइएको छ।

कुवेतबाट प्रकाशित कुवेत टाइम्सले समाचारमा लेखेको छ” २२ मार्च आइतबार बेलुकी ५ बजे देखि अर्को दिन बिहान ४ बजे सम्म कर्फ्यू लगाइने छ।” तर समाचारमा कर्फ्यू कहिले सम्म लाग्ने जनाइएको छैन।त्यसै गरि कर्फ्यू उल्लंघन गर्नेलाई ३ बर्ष जेल र १० हजार केडि( नेरु करिब ३७ लाख ५० हजार) नगद जरिवाना गरिने जनाइएको छ।”
त्यसै गरि कुवेत सरकारले गत मार्च १२ तारिकबाट दिएको २ हप्ताको सार्बजनिक बिदा(लक डाउन)लाई पुन: अरु २ हप्ता (एप्रिल-०९ तारिक सम्म) बढाउने निर्णय गरेको समाचारमा जनाईएको छ।
बिश्वभर महामारिको रुपमा फैलिएको कोरोना भाइरसले कुवेतमा अझ धेरै क्षती नपूर्याओस भनेर कुवेतमा रहेका आफ्ना नागरिक र सम्पूर्ण आप्रबासी नागरिकहरुको सुरक्षार्थ कुवेत सरकारले लागू गरेको नीति-नियमलाई पालना गरौ।सबैले कोरोना भाइरसबाट बच्ने र बचाँउने उपायहरु अबलम्बन गरौं।यदि कुवेतमा कोहि नेपालिहरुलाई कोरोना संक्रमणको लक्ष्यण देखा परेमा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्दै नेपाली राज दूतावास कुवेतको हटलाइन नं:-९८८६९१२१ मा सम्पर्क गरि आफ्नो सुरक्षार्थ सहयोगको अपिल गर्न हुन तितोपाटी डटकम सबैमा अनुरोध गर्दछ।

 


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...