Friday 24th May 2024

कोरोनाभाइरसः इटालीमा थप ४१ को मृत्यु


कोरोनाभाइरसको संक्रमणबाट इटालीमा पछिल्लो समय बिहीबार थप ४१ जनाको मृत्यु भएको छ।योसँगै इटालीमा यसको संक्रमणबाट मृत्यु हुनेको संख्या १४८ पुगेको छ। यो कोरोनाभाइरसको सर्वाधिक चपेटामा परेको चीनबाहिर भएको सबैभन्दा ठूलो क्षति हो।

संसारभर हालसम्म ३ हजार जनाको कोरोनाभाइरसको संक्रमणबाट ज्यान गइसकेको छ भने ९५ हजार मामिलाहरू दर्ता भएक छन् इटालीका सम्पूर्ण २२ क्षेत्रमा यसको संक्रमण फैलिएको पुष्टि भएको छ।

संक्रमणसँग जुध्न रोमले ८.४ विलियन अमेरिकी डलरको उद्धार योजना अघि सारेको छ। उसले देशभरका स्कूल कलेजसमेत बन्द गरेको छ।

यसैगरी बेलायतमा पनि भाइरसको संक्रमणबाट भएको मृत्युको पहिलो मामिला सार्वजनिक भएको अलजजिराले जनाएको छ। सो मृत्यु बिहीबार भएको हो।

यस्तै बोस्निया हर्जगोभिना, स्लोभानिया र दक्षिण अफ्रिकामा पनि यसका संक्रमित भेटिएको पुष्टि भएको छ।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

कुवेत, २४ मई,२०२४, आन्तरिक मन्त्रालयले सडक सुरक्षा अभिवृद्धि गर्न र लापरवाह सवारी चलाउनेलाई नियन्त्रण गर्न ट्राफिक नियम उल्लङ्घन गर्ने जो…

शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८ औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनु भएका बुद्धको…

नेपाल मगर संघ शाखा कुवेतले आगामी १४ जुन २०२४ का दिन आयोजना गर्न गईरहेको शहिद लखन थापा मगर रनिङ शिल्ड…

प्रतिकृयाहरू
...