Wednesday 30th September 2026

इटालीबाट फर्किएका भारतीयबाट सर्‍यो परिवारका ६ जनामा कोरोना


छिमेकी मुलुक भारतमा कोरोनाभाइरस संक्रमितको संख्या २८ पुगेको छ। त्यसमध्ये १६ जना इटालियन नागरिक रहेका छन्।

सोमबारसम्म भारतमा छ जनामामात्र कोरोनाभाइरसको संक्रमण देखिएको थियो।

केही समयअघि राजस्थान घुमेर फर्किएका एक जना इटालियनमा कोरोनाभाइरस देखिएको थियो। त्यतिबेला क्वारेन्टाइनमा राखिएका बाँकी १५ जनामा बुधबार कोभिड-१९ को संक्रमण देखिएको रोयटर्सले जनाएको छ। उनीहरूलाई घुमाउने बस ड्राइभरलाई पनि कोरोनाभाइरस देखिएको स्वास्थ्य मन्त्री हर्ष वर्दनले जानकारी दिएका छन्।

इटालीमा कोरोनाको संक्रमण व्यापक छ। त्यहाँ २ हजार २ सय ६३ जनालाई यो रोग देखिएको छ भने २२ जनाले ज्यान गुमाएका छन्।

आग्रामा एक जनाले आफ्ना परिवारका ६ जनामा कोरोना सारेको देखिएको छ। इटालीबाट आएका ती व्यक्तिका परिवारका ६ जनामा पनि कोरोना देखिएको टाइम्स अफ इन्डियाले जनाएको छ।दुबईबाट हैदरवाद फर्किएका एकजनामा पनि संक्रमण भेटिएको छ।यसअघि केरलामा तीन जना उपचार पछि घर फर्किसकेका छन्।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

अमेरिकाको लस एन्जलसमा सम्पन्न एमटीभी भिडियो म्युजिक अवार्ड्स (भीएमए) २०२६ मा म्याडोना र टेलर स्विफ्टले वर्चस्व कायम गरेका छन्। म्याडोनाले…

असोज ९ देखि ११ गतेसम्मको लगातार वर्षापछि बागलुङका निसीखोला र तमानखोला क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन्। बाढीपहिरोका कारण १२…

मनाङको घट्टेखोलाबाट आएको लेदोसहितको बाढीले मर्स्याङ्दी नदी अझै पूर्ण रूपमा खुल्न सकेको छैन। नदी पुलको दायाँ र बायाँबाट बगिरहेको भए…

प्रतिकृयाहरू
...