Thursday 13th February 2025

श्रम तथा परराष्ट्रका विशिष्ट अधिकारीहरूसँग एनआरएनको गुनासो


तोयानाथ उपेक्षित – नेपाली श्रमिकहरुको समस्या, समाधान र त्यसको न्युनिकरणका उपायहरुको खोजीमा निस्किएको परराष्ट्र तथा श्रम मन्त्रालयका विशिष्ट अधिकारीहरुको ५ सदस्यीय टोली माझ कुवेतको एनसीसी पदाधिकारीहरुले समसामयिक मुद्धाहरुका अलवा राजदूतावासका विरुद्ध जमेर गुनासो पोखे ।

परराष्ट्र मन्त्रालय मध्य तथा पश्चिम एषिया तथा अफ्रिका समेत हेर्ने महाशाखाका प्रमुख हरिशचन्द्र घिमिरेले भ्रमणको उद्देश्यको बारेमा प्रकाश पार्दै यहाँको मुल समस्याको रुपमा रहेको घरेलु कामदार सँग सम्बन्धित कुरा के हो ? यसलाई खोल्न कति उचित वा अनुचित भनेर एनआरएन सँग राय माग गर्नु भएको थियो। कानून बनाएर, सुरक्षित रोजगारको प्रत्याभुति हुनेगरी विचौलियाहरुको चंगुलमा नपर्ने गरी घरेलु कामदार खुलाउन सके राम्रो हुने उहाँलाई सहभागीहरुले सुझाएका थिए। यसैको सेरोफेरोमा निक्कै गंंभिर र गहन सवालहरु सहभागीहरुले उठाएका थिए ।

यसरी नै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत वैदेशीक विभागका महानिर्देशक डाक्टर भिष्म कुमार भूसालले श्रमिकले पाउने क्षतिपुर्ति तिनको प्रभावकारी सुरक्षाका लागि सरकारी कदमहरु र श्रमलाई व्यवस्थित बनाउन सरकारले श्रमिक पठाउने मुलुकहरुसँग छलफल गर्ने र अझ व्यवस्थित बनाउने निती अनुरुप आफूहरु यहाँ आएको भन्दै अप्ठयाराहरु प्रस्तुत गर्न आग्रह गर्नु भयो। यहाँबाट फर्के पछि निर्देशक भुसालको अख्तियारमा पोष्टिंग हुन लागेको जानकारी दिदै उहाँले आफूले जहाँ रहे पनि श्रम तथा रोजगारका क्षेत्रमा आईपरेका समस्यामा सक्दो काम गर्ने बचनबद्धता व्याक्त गर्नु भयो।

सहभागीहरुका तमाम गुनासाहरु सुनेपछि आईएलओका कन्सल्टेन्ट विषय विज्ञ डाक्टर ऋषिराज अधिकारीले सहभागीहरुसँग दूतावासप्रति के कस्ता गुनासा छन भनी प्रश्न गर्नु भएको थियो। त्यसपछि महौल अर्कै अवस्थामा परिवर्तन भई दियो। राजदूतले शुरुका दिनबाट नै लाईभ लिन प्रतिवन्ध लगाउने काम गरेको, यहाँ रहेको पत्रकारहरुको वैधानिक शाखालाई बेवास्ता गर्ने गरेको, पत्रकारहरुलाई असहज लाग्ने गरी आफ्नो ओहदाको दम्भ सार्वजनिक रुपमा प्रस्तुत गर्ने गरेको गुनासा पोखेका थिए। यति मात्र होईन दूतावासको कतिपय कम्पनीसँगको सम्बन्ध शंकास्पद रहेको, पटक पटक गल्ती गर्नेहरुलाई समेत दोहोर्याएर भिषा जारी गरिदिने गरेको, अप्ठयारामा परेका नेपालीहरुलाई समयमा र शशक्त ढंगले उद्धार गर्न नसकेको उनीहरुले गल्ती नगर्दा गर्दै पनि अपराधीले झै डिपोर्ट हुन पर्ने अवस्थालाई रोक्न नसकेको, कम्पनीका कामदारहरुलाई एजेन्टको ईसरामा नोकरीबाट हात धुन पर्ने अवस्था बनाईदिएको लगायतका गुनासाहरु सुनाएका थिए।

केही महिना पहिले मलेशियाको भ्रमण गरेको उक्त टोलीले, त्यसपछि साउदीको दुई वटा कार्यक्रम भरखरै सकेर कुवेत आएको हो। अन्य देशमा त्यहाँका श्रमिक भेला गराएर राम्रै अन्तक्रिया हुने गरेको समाचारसँग अपडेट भईरहेको यहाँको एनसीसी कुवेत अचानक एक छिनलाई एकाध संख्यामा आउनु भन्ने दूतावासको खबरले रन्थनिएको मुडमा पेश भएको थियो । नेपाली राजदूतावासले नेपालबाट हुने बिशिष्ट कर्मचारीहरु तथा राजनितीज्ञहरुको भ्रमणमा भरसक यहाँको श्रमिकहरुको भेटघाट नहोस भन्ने मनशायले काम गर्ने गरेको आरोप लगाएका थिए।

समयमा सुचना नदिने, विषय बस्तुको जानकारी नगराउने, सिमीत समयका लागि अप्रत्याशित रुपमा बोलाई दिने, भेटघाटका लागि एकदमै न्युन कोटा तोक्ने जस्ता कुराले श्रमिकहरुको बाध्यतासँग अनभिज्ञ दुतावासले उनीहरुको पीरमार्कालाई कति गंभिर रुपमा लेला भन्दै प्रश्न गरेका थिए। एनसीसी आफै पनि तयारी हुन नसक्ने अवस्थामा प्राप्त हुने सूचनाको अवज्ञा गर्ने की सम्मान भन्ने अवस्थामा पुग्न लागेको गुनासो पोखेका थिए। यहाँका श्रमिकहरुको प्रतिनिधीमुलक सहभागिता र तिनको समुचित राय संकलन हुने गरी दुतावास गंभिर नरहेको उनीहरुको ठम्याई थियो।

आज साँझ ५ बजेबाट शुरु भएको छलफल ७।३० सम्म चलेको थियो । मन्त्रालयबाट आउने टोलीमा परराष्ट्र मन्त्रालयका सहसचिव कुल बहादुर मगर र श्रम रोजगार तथा व्यवस्थापन महाशाखाका अधिकृत जमुना काफ्लेको पनि उपस्थिती थियो । यसरी नै उक्त छलफलमा राजदूतावासका तर्फबाट द्वित्तिय सचिव जानकी ओझा, तृतीय सचिव मनोज सिंह र सहचारी ज्ञानेन्द्र शर्मा हुनुहुन्थ्यो भने एनआरएनको तर्फबाट एनसीसी अध्यक्ष सुजन केसी, आईसीसी सदस्य तथा टास्कफोर्स सदस्य सुरज सिंह मास्के, मध्यपूर्व महिला संयोजक सुमित्रा पौडेल, सल्लाहकार तोयानाथ दाहाल, महासचिव दिल पाख्रिन, पदाधिकारीहरु गणेश राउत, रमिता योन्जन, बम विस्ट, माधव शाही लगायतको सहभागिता थियो ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले प्यालेस्टाईनीहरुलाई जोर्डन र ईजिप्टमा स्थानान्तरण गराएर गाजाँ लाई के गर्न चाहान्छन भन्ने कुरा रहस्य मै…

आनन्द साह, २५ , नेपाली विद्यार्थी उनको परिवारको भविष्यको आशा थिए । अक्टोबर ७ मा किबुट्ज अलुमिममा हमास आतंकवादीहरूले उनको…

अरविन्द केजरीवाल २०१४ को लोकसभा चुनावमा बनारसबाट नरेन्द्र मोदीविरुद्ध मैदानमा थिए र तीन लाख ७१ हजारभन्दा बढी मतले पराजित भएका…

प्रतिकृयाहरू
...