Monday 23rd March 2026

केसीद्धारा राजनैतिक मनोनयनलाई अस्वीकार


तितोपाटी – नेकपाको प्रवास स्थित एकिकृत भातृ संगठन प्रवासी नेपाली एकता मञ्चमा आफूलाई गरिएको मनोनयनलाई सुजन केसी ले अस्वीकार गरेका छन। गत साता नेकपाले प्रवास स्थित एमाले निकट प्रवासी नेपाली एकता मञ्च र एमाओवादी निकट भातृ संगठन नेपाली जनप्रगतिशील मञ्चलाई एकता गर्ने क्रममा केसी एकिकृत संगठन प्रवासी नेपाली एकता मञ्चको सदस्यमा मनोनयन भएका थिए।

केसी कुवेत स्थित गैहआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदमा गत अगष्ट महिनामा निर्वाचित भएका अध्यक्ष हुन। एनसीसीको विधान र त्यसको मर्म अनुसार आफू कुनै पनि राजनैतिक संघ संगठनको सदस्यमा रहन नसक्ने भन्दै हालै नेकपाले गठन गरेको प्रवासी कमिटीमा रहन नसक्ने बताएका हुन ।

नेकपाको कुवेत स्थित भातृ संगठन प्रवासी नेपाली एकता मञ्चको घोषणा केन्द्रले हालसालै गरेको थियो। जहाँ उनी सदस्यमा मनोनीत भएको कुरा सार्वजनिक भएको छ।

तितोपाटी अनलाई सँग कुरा गर्दै केसी ले भने म एनआरएनको सिपाही शिवाय अरु केही होईन। मैले कुवेतको एनसीसीलाई एकताबद्ध बनाएर यहाँका मजदुरका निम्ति धेरै कार्य गर्नु छ। एनआरएनमा लाग्न अवागै म त्यस कुराको भलिभाती जानकारी राख्दछु की कुनै पनि राजनैतिक दलको सदस्य एनआरएनका लागि स्वीकार्य हुन्न।

किन उक्त पार्टीले तपाईलाई मनोनित गर्यो त ? केसीलाई तितोपाटीले सोधेको एक प्रश्नमा उनले भने कुनै समय र कालखण्डमा मैले उक्त पार्टी र त्यसका कार्यकर्ताहरुलाई सहयोग गरेको थिए। मेरो नैतिक वा बौद्धिक क्षमताले गरेको समर्थनलाई उक्त पार्टीले भुल्न नसकेको हुन पर्दछ तर म कुनै पनि दलको कार्यकर्ता थिइन र हुन सक्दिन। केसी ले अगाडी भने, मैले चाहाना नगरेको र कतै माग नगरेको पद र जिम्मेवारी दिनेहरुलाई धन्यवाद भन्न चाहान्छु र मेरो नाम प्रवासी नेपाली एकता मञ्चबाट फिर्ता लिन अनुरोध गर्दछु।


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

प्रतिकृयाहरू
...