Thursday 13th November 2025

केसीद्धारा राजनैतिक मनोनयनलाई अस्वीकार


तितोपाटी – नेकपाको प्रवास स्थित एकिकृत भातृ संगठन प्रवासी नेपाली एकता मञ्चमा आफूलाई गरिएको मनोनयनलाई सुजन केसी ले अस्वीकार गरेका छन। गत साता नेकपाले प्रवास स्थित एमाले निकट प्रवासी नेपाली एकता मञ्च र एमाओवादी निकट भातृ संगठन नेपाली जनप्रगतिशील मञ्चलाई एकता गर्ने क्रममा केसी एकिकृत संगठन प्रवासी नेपाली एकता मञ्चको सदस्यमा मनोनयन भएका थिए।

केसी कुवेत स्थित गैहआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदमा गत अगष्ट महिनामा निर्वाचित भएका अध्यक्ष हुन। एनसीसीको विधान र त्यसको मर्म अनुसार आफू कुनै पनि राजनैतिक संघ संगठनको सदस्यमा रहन नसक्ने भन्दै हालै नेकपाले गठन गरेको प्रवासी कमिटीमा रहन नसक्ने बताएका हुन ।

नेकपाको कुवेत स्थित भातृ संगठन प्रवासी नेपाली एकता मञ्चको घोषणा केन्द्रले हालसालै गरेको थियो। जहाँ उनी सदस्यमा मनोनीत भएको कुरा सार्वजनिक भएको छ।

तितोपाटी अनलाई सँग कुरा गर्दै केसी ले भने म एनआरएनको सिपाही शिवाय अरु केही होईन। मैले कुवेतको एनसीसीलाई एकताबद्ध बनाएर यहाँका मजदुरका निम्ति धेरै कार्य गर्नु छ। एनआरएनमा लाग्न अवागै म त्यस कुराको भलिभाती जानकारी राख्दछु की कुनै पनि राजनैतिक दलको सदस्य एनआरएनका लागि स्वीकार्य हुन्न।

किन उक्त पार्टीले तपाईलाई मनोनित गर्यो त ? केसीलाई तितोपाटीले सोधेको एक प्रश्नमा उनले भने कुनै समय र कालखण्डमा मैले उक्त पार्टी र त्यसका कार्यकर्ताहरुलाई सहयोग गरेको थिए। मेरो नैतिक वा बौद्धिक क्षमताले गरेको समर्थनलाई उक्त पार्टीले भुल्न नसकेको हुन पर्दछ तर म कुनै पनि दलको कार्यकर्ता थिइन र हुन सक्दिन। केसी ले अगाडी भने, मैले चाहाना नगरेको र कतै माग नगरेको पद र जिम्मेवारी दिनेहरुलाई धन्यवाद भन्न चाहान्छु र मेरो नाम प्रवासी नेपाली एकता मञ्चबाट फिर्ता लिन अनुरोध गर्दछु।


सम्बन्धित शीर्षकहरु

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...