Sunday 1st February 2026

पोर्चुगलमा एनआरएनए वरिष्ठ उपाध्यक्षले पत्रकार कुटे, युरोप महासंघद्वारा बिज्ञप्ति जारी


तितोपाटी- गैह्रआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलका वरिष्ठ उपाध्यक्ष भिमसेन थापाले त्यहाँस्थित एक सकृय पत्रकारलाई कुटेर घाइते पारेका छन् । लिस्बोनको काईसोद्रेका आयोजित एक कन्सर्टको रिपोटिगं गर्न पुगेका सविन घिताललाई कार्यवाहक अध्यक्ष थापाले आइतवार साँझ कुटेर घाईते पारेका हुन् । थापाको कुटाईबाट घाइते घितालले स्थानिय अस्पतालमा उपचार गराएका छन् । उनलाई कुमको छेउमा चोट लागेर घाईते भएको अस्पत्तालको रिपोर्टमा छ ।

पिडित पत्रकार धितालले आफूमाथि भएको कुटपिटका बिरुद्द प्रहरी समक्ष उजुरी दिएका छन् । नेपाल पत्रकार महासंघ युरोप शाखाले एक बिज्ञप्ति प्रकाशित गर्दै घटनाको भत्सर्नासहित थापालाई पदमुक्त गर्न माग गरेको छ ।


धिताल भोइस अफ नेपाल टिभी र प्रोतुगलमा रहेका पत्रकारहरुको संस्था नेप्लिज जर्नालिष्ट क्लबमा आबद्ध पत्रकर हुन् । भोइस अफ नेपालले पछिल्लो केहि महिनादेखि पोर्चुगलमा कृषि कामदारहरुको पिडा र मानव तस्करीको बारेमा लगातार फलोअप समाचार प्रकाशन गर्दै आएको थियो ।

आक्रमणकारीले धिताललाई समाचार लेखे दुवै हात काटिदिने र जिन्दगी बर्बाद गरिदिने धम्कि दिँदै उनले भनेका छन् ‘मैले कुटें भन्दै लेखिस भने मारेर फाल्दिन्छु र बरु गएर जेल बस्छु ।’ धिताललाई कुटेको समाचार अरु कसैले अन्यत्र कतै दिए तिनलाईसमेत नछोड्ने भन्दै उनले अन्यलाईसमेत धम्काएका छन् ।नेपालप्लस बाट


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी, जनवरी ३० — जनशक्तिका लागि सार्वजनिक प्राधिकरण (PAM) ले आफ्नो घरेलु कामदार भर्ती विभागमार्फत कुवेती श्रम कानुन अन्तर्गत…

कुवेतस्थित नेपाली राजदूतावासले यहाँ कार्यरत नेपाली श्रमिकहरूलाई लक्षित गर्दै “श्रम सचेतना” सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम कोस्टा डेल…

भेनेजुएलाले आफ्नो तेल क्षेत्रमाथिको दशकौँ पुरानो राज्य नियन्त्रण हटाउने विधेयक पारित गर्नु केवल नीतिगत सुधार मात्र होइन, यो देशको आर्थिक,…

प्रतिकृयाहरू
...