Wednesday 18th February 2026

गच्छेदारको कुरा छाड, माधव नेपाल र बाबुरामका कुरा गर


तोयानाथ उपेक्षित – भ्रष्टै भ्रष्ट र अपराधले पोतिएको राजनैतिक नेताहरुको पृष्ठभूमी रहेको देशमा भ्रष्टचार रोक्न सजिलो छैन। भ्रष्टाचारीलाई विद्यमान कानून र कानूनी अख्तियारी पाएका निकायले स्वतन्त्र कारबाही गर्न नपाउने देशमा गरिने कारबाही निर्विवाद पनि हुदैन। रौतहटको चिम्नीमा जिउँदै मानिस पोल्ने सांसदलाई कारबाही हुन हुदैन भन्ने तमासा गर्ने र गराउने हाम्रो देशमा गच्छेदार बचाउन पनि तमासा हुने पक्कै छ।

भ्रष्टाचारीलाई कारबाही गर भनेर चिच्याउने हामीहरु होईनौ? बलात्कारीलाई फाँसी दे भन्ने पनि हामी नै हौ, यसर्थ अहिले मिस्टर गच्छेदार लगायतका पूर्व मन्त्री वा पदाधिकारीहरु ललितानिवास काण्डमा कारबाही गर्ने एक्सन हुदा नेपाली कांग्रेसले किन टाउको दुःखाउने? छानविनले ठहर नभए त छुटी हाल्छन् नी। जहाँ सम्म पूर्व प्रधानमन्त्रीहरु माधव नेपाल र बाबुराम भट्टराईको कुरा छ, हो उनीहरुलाई पनि जिम्मेवार बनाईनु पर्दछ। उनीहरुको नेतृत्वमा रहेको सरकारका मन्त्री दोषी भईरहदा त्यसै मन्त्री मण्डलका नायक स्वच्छ र पवित्र हुन्छन भन्ने हुदैन। त्यसमा उनीहरुको भूमिका कति छ भनेर छानविन हुनै पर्दछ। आफ्ना मन्त्री र मन्त्रालयले ल्याएका प्रस्तावमा तत्काल विवाद नभएकोले विश्वास गरेर सहमति दिएका हुन भने पनि उनीहरुले छानविनको दायराबाट उन्मुक्ति पाउनु हुदैन। कानूनको अनभिज्ञता क्षम्य हुदैन। यो सवैमा बराबरी लागु हुन पर्ने कुरा हो।

जहाँ सम्म न्यायधिस र सत्ताधारी दलका नेता पौडेलको हकमा फिर्ता दिन्छु भन्दा छानविनको दायरामा आउन नपर्ने गरी उन्मुक्ति दिईएको छ यो कसैलाई पाच्य छैन। अनभिज्ञतापूर्वक खरिद गर्नेहरुको रकम भराउन विक्री गर्नेलाई दायित्व बोकाईन्छ। दोषी र निर्दोषी छानविनबाट छुटिन्छ। दोषीहरुका पनि तह हुन्छन तर छानविन हुनै नपर्ने गरि देखादेखि शर्मनाक र कुटिल काम भएको कुरा चाही आपत्तिजनक छ। त्यसो त शक्तिशालीले कमजोर माथि शासन गर्ने आधिकारिक निकाय नै सरकार हो। न्यायको शासन भनिए पनि बास्तवमा जहाँ पनि शासन शक्तिले निर्देशित गर्दछ तर त्यसो गर्न कानून बनाउन पर्दछ। बहुमतले कानून बदल्न सक्ने अधिकार पाएको हुँदा आफ्ना बचाउने अरुका फसाउने हो भने पनि आफू शक्तिमा भएका बेला विधि पुर्याएर गरे हुन्छ। प्रजातन्त्र रहे अर्को पटक अर्काले त्यसै गर्ला तर कानून नबनाई अहिले जसरी कसैलाई कारबाहीको भागिदार बनाईदैछ त्यसैगरी आफ्नो भनिएकाहरुलाई पनि छाड्न मिल्दैन।

शुरुवात ढिलै भए पनि राम्रो भएको छ। सरकार र यसका छत्रछायाँमा रहेका भ्रष्टाचारीहरु अर्काको सरकार आएका दिन तानिएलान। आफ्ना परे भनेर रुने कराउने हैन। नराम्रो काम नगर्न पार्टी भित्र अभियान चलाए मुलुकको हित हुन्छ। यस पटक यो सरकारले कुन कुन मुद्धामा आफ्ना बचायो र कांग्रेसका लघार्यो नेपाली कांग्रेसले हिसाव राख्दा बेस होला। तिमीहरुको सरकार बनाउदाका दिन उसले जोगाएका आफन्तलाई तिमीहरुले नछाड्नु। त्यसका लागि बरु जनताको सेवा गर, उनीहरुको मन जित र अर्को चुनावमा बहुमत ल्याएर तिनका पार्टी भित्रका भ्रष्टचारी लाई कारबाही गर। कुनै भ्रष्टाचारीले कहिले पनि कारबाही नभोग्न भन्दा किस्ताबन्दीमा भए पनि कारबाहीको प्रकिया शुरु हुन नराम्रो होईन। गच्छेदारलाई कष्टडीमा लाने कुरा छेक्ने पनि होईन।


सम्बन्धित शीर्षकहरु

Bhubaneswar को सुन्दरपाडा क्षेत्रमा जनवरी २७ साँझ भएको शक्तिशाली विस्फोटको सीसीटीभी फुटेज सार्वजनिक भएको छ। फुटेजमा विस्फोटको तीव्रता स्पष्ट देखिन्छ,…

दक्षिण एसियाको पूर्वी भू–भाग फेरि एकपटक रणनीतिक र आर्थिक बहसको केन्द्रमा आएको छ। हालै Muhammad Yunus ले आफ्नो सम्बोधनमा “नेपाल,…

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र…

प्रतिकृयाहरू
...