Thursday 23rd July 2026

जोर चौतारा क्लबको सातौं साधारणसभा सम्पन्न, डा. भिमलाल तामाङद्वारा १ लाख नगद र जिन्सी सहयोग


तितोपाटी –  नुवाकोटको म्यागङ गाउँपालिका- ५ स्थित जोर चौतारा युवा कल्वको सातौं साधारणसभा सम्पन्न भएको छ । उक्त सभामा क्लबको भवन निर्माणको लागि समाजवादी पार्टी नेपाल नुवाकोटका जिल्ला इन्चार्ज डा. भिमलाल तामाङले नगद एक लाख, खेलाडीका लागि १५ थान ट्रयाक सुट र कलाकारको लागि नगद तीन हजार आर्थिक सहयोग गरेका छन ।

जोर चौतारा क्लबको सातौं साधारणसभा सितराम तामाङको सभापतित्वमा सम्पन्न भएको थियो भने समाजवादी पार्टी नुवाकोट जिल्ला ईन्चार्ज डा. भिमलाल तामाङको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी अतिथिहरु म्यागङ- ६ का अध्यक्ष आतम सिङ तामाङ, समाजवादी पार्टी, उद्योग बाणिज्य संघ तथा स्वरोजगार संघका केन्द्रिय सदस्य रामहरि सापकोटा र राजन बम लगायत विभिन्न दलका प्रतिनिधिको उपस्थिती रहेको थियो ।

समाजवादी पार्टी जिल्ला नेता रामहरि सापकोटाद्वारा पनि म्यागङ गाउँपालिका – ५ भागे टोलका साईकोले युवा कल्बका फुटबल खेलाडीका लागी २० थान जर्सी  (झन्डै १३ हजार बराबर) को र नगद पन्ध्र हजार पाँच सय पच्पन्न रुपैयाँ सहयोग गरेका थिए । जोर चौतारा युवा क्लबको भवना निर्माणको लागि सुलोचना साप्कोटाले जग्गा दान गरेकी छिन । उक्त कार्यक्रममा सुलोचना सापकोटालाई सम्मान  गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य कल्बका उपाध्यक्ष बिर बहादुर तमाङले राखेका थियो भने कार्यक्रम संचालन मैसिङ तामाङले गरेका थिए । कार्यक्रममा विभिन्न राजनीति दलका प्रतिनिधि, बुद्धिजीवी, व्यवसायी, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी, सुरक्षा कर्मी लगायत जनसमुदायको बाक्लो उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि लगायत अतिथिहरुले मन्तव्य राखेका थिए । मन्तव्यका क्रममा खेलकुदले मानवलाई स्वस्थ रहन निकै महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । खेलकुद क्षेत्रमा म्यागङ गाउँपालिकालाई अगाडि बढाउन सक्दो नैतिक, भौतिक र आर्थिक सहयोग गर्न पछि नपर्ने बताएका थिए । अन्त्यमा कार्यक्रमका सभापति सितराम तामाङले म्यागङ गाउँपालिकामा लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गराउन यस क्लबको महत्त्वपूर्ण भूमिका रहने बताएका छन । साथै क्लबको भवन निर्माणका लागि सहयोगी सम्पूर्णलाई धन्यवाद प्रकट गरेका थिए । कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यवाद प्रकट गर्दै कार्यक्रमको समापन गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

अफ्रिकी राष्ट्र बुर्किना फासोका अन्तरिम राष्ट्रपति क्याप्टेन इब्राहिम ट्राओरे फेरि एकपटक विवादको केन्द्रमा आएका छन्। यसपटक उनको नयाँ मोर्चा कुनै…

बेलायतका नयाँ प्रधानमन्त्रीले बढ्दो महँगीबाट प्रभावित नागरिकलाई राहत दिने उद्देश्यले बिजुलीमा लाग्दै आएको भ्याट हटाउने र बस भाडा घटाउने घोषणा…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी १२ वर्षभन्दा बढी समयदेखि सत्तामा छन्। यस अवधिमा विपक्षी दलहरूले पटक–पटक विभिन्न मुद्दामा सरकारसँग छलफल र…

प्रतिकृयाहरू
...