Tuesday 5th May 2026

अमेरिका पस्यो कि देश फस्यो


तोयानाथ उपेक्षित –  अमेरिकाको पासोमा परेका कुनै पनि देश उभो लागेका छैनन । दक्षिण कोरियाको कसैले उद्धाहरण देलान तर अमेरिका त्यहाँ हुदैनथ्यो भने विश्वयुद्ध पछि टुक्रा पारिएका यी दुई कोरिया धेरै पहिले एकिकरण भईसक्ने थिए । जसरी पुर्वी जर्मनी र पश्चिम जर्मनीको एकिकरण ईतिहास भईसक्यो । अहिले पनि दक्षिण कोरियाको शासन अमेरिकाको निर्देशनमा चल्छ तर उत्तर गरिब भए पनि आफ्नै स्वभिमान र अभिमानले बाँचेको छ ।

अफ्रिकन देशहरुमा जहाँ जहाँ अमेरिका पस्यो ती देशहरु एसैको गुलाम छन जो छैन वा हुन्न भन्छ त्यसको भविश्य पनि डमाडोल पारिन्छ । किनकी त्यो महादेशमा त्यस्तो शक्ति राष्ट्र छैन जसले अमेरिकालाइ सिधा चुनौती दिन सकोस । सुडानको हालत एकदमै दयनिय बनेको छ । लिवियामा अशान्ति छ । यमनमा अमेरिकी अस्त्र साउदी मार्फत प्रहार भईरहेका छन । ईराक उहिल्यै ध्वस्त भयो । अफगानिस्तान को हालत सवैले देखिरहेका छन । पाकिस्तान अमेरिकाको पछि लाग्ने भएर चौपट भयो । उसका आँखा भरखरै खोल्दैछ तर उसलाई पनि अमेरिकी पासोबाट मुक्त हुन धेरै समय लाग्छ किनकी भारत मौका हेरेर बसेको अवस्था छ । चीन र रुसको छत्रछायाँमा रहेका मुलुकले मात्र आफ्नो अस्मिता बचाउन सकेका छन ।

भरखरैको घट्ना हेरौ यदि ईरानको पछि चीन र रुस रहदैनथे भने ईरानमा यतिवेला बमहरु खसीरहेका हुने थिए । सिरियाको पछि रुस हुदैनथ्यो भने अर्साद यतिवेला झुण्डिसकेका हुने थिए । अमेरिका संसारमा आफ्नो प्रभुत्व जमाउन चाहान्छ साम,दाम,दण्ड र भेदको निती लगाएर आफ्नो गुलाम बनाउन प्रयास गरिरहेको हुन्छ । जब राजनैतिक पहुच र शक्ति आफ्नो नियन्त्रणमा हुन्छ तब त्यो राष्ट्रको अर्थतन्त्रमा उसले एकाधिकार लाद्न थाल्दछ । “माने मान नमाने हान” यो अमेरिकाको पोलिसी हो ।

ईतिहासमा कसैको गुलाम नबनेको नेपाल अव अमेरिकाको गुलाम बन्ने हो की भन्ने डर पलाएको छ । भारत र चीनको विकाश र बैभवबाट नेपालले कसरी लाभ लिने त्यसप्रकारको कुटनितीलाई सावधानी र विवेक पूर्वक अपनाउन पर्छ भन्ने बहस चल्दाचल्दै यी दुई मात्र नभएर अमेरिका घुस्न लागेकोमा खुशी हुने भन्दा दुःखी हुनेको संख्या ज्यादा छ । किनकी अमेरिका जहाँ पस्छ त्यो देशलाई सक्छ भन्ने अब संसारले बुझिसकेको छ ।

एमसीसीको माध्यामबाट नेपालमा अमेरिका पस्ने हो भने त्यसले यहाँ गर्ने धर्म प्रचार पनि हो । त्यसले जातिय भिडन्त पनि अवस्य गराने छ किनकी अमेरिका युद्धमा व्यापार गर्ने मुलुक पनि हो । तिब्बत विरोधी क्रियाकलाप गराउने र चीनबाट अलग पार्ने त उसको निती नै छ । यस्तो खतरनाक उद्देश्य लिएको अमेरिकाले नेपाललाई माया गरेर लगानी गरेको बुझ्ने र बुझ्न लगाउने मुर्खता नेताहरुले गर्न हुदैन । यस्तो घातक उद्देश्य र निहित स्वार्थ भएको अमेरिकालाई किन सत्ता पक्ष र प्रतिपक्ष नेपालमा भित्र्याउन चाहान्छन यी विचारणीय कुरा हुन तर नेपाली जनता भने निक्कै सचेत रहेको पाईन्छ । यो निक्कै राम्रो पक्ष हो । अमेरिकाले सुरक्षित स्पेस खोज्नु त्यसका लागि संसदिय अनुमोनदन खोज्नु रको पछाडी पनि ठुलै रहस्य लुकेको छ ।

जब एमसीसीको खोल ओढेर अमेरिका नेपालमा पस्छ त्यसपछि चीन नेपालसँग चिढिने छ र उसले आफ्नो राष्ट्रिय स्वार्थ विपरितका गतिविधी विरुद्ध निर्मम प्रहार गर्ने निश्चित छ यसो भयो भने नेपाल महाशक्ति राष्ट्रको रणभूमी बन्न कति पछि समय लाग्दैन । त्यसपछि नेपाल जाने भनेको सिरिया, लेबनन र ईराकको बाटोमा नै हो । यसर्थ अमेरिकाको ललिपप अस्वीकार गरौ । यसमा बिष मिसिएको छ ।


सम्बन्धित शीर्षकहरु

पश्चिम बंगालको पछिल्लो चुनावी परिणामले Bharatiya Janata Party (भाजपा) सत्तातर्फ उन्मुख देखिएसँगै दार्जिलिङ–कालिम्पोङ क्षेत्रको गोर्खा राजनीति फेरि राष्ट्रिय बहसको केन्द्रमा…

Yaniv Dover को नयाँ अनुसन्धानले आधुनिक डिजिटल युगको एउटा गहिरो वास्तविकता उजागर गर्छ— आजको संसारमा मानिसहरू केवल आफ्नै अनुभवबाट होइन,…

सरकारले अघि बढाएको ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ राष्ट्रपतिबाट जारी भएसँगै निजामती सेवाभित्र रहेको ट्रेड युनियन व्यवस्थाको औपचारिक…

प्रतिकृयाहरू
...