Wednesday 25th March 2026

नुवाकोट धादिङ रसुवा समाज कुवेतद्वारा मृगौला पीडितलाइ आर्थिक सहयोग


तितोपाटी नुवाकोट धादिङ-रसुवा समाज कुवेतले नेपालकी दुबै मृगौला पीडित एक महिलाको उपचारार्थ आर्थिक सहयोग गरेको छ। समाजले नुवाकोट जिल्लाको साबिक सामरी गा वि स हाल म्यागङ गाउँपालिका वडा न ६ निवासी दुबै मृगाैला पीडित लाल माया तामाङको उपचारार्थ समाजका सल्लाहकार सितामान वाईबा तामाङ र उपाध्यक्ष छिरिङ तामाङको अग्रसरतामा नेपाली रूपैयाँ ५३४५८।- अक्षेरूपी त्रिपन्न हजार चार सय अन्ठाउन्न रूपैयाँ संकलन गरि सहयोग गरेको हो ।

आर्थिक आभाककै कारण उपचार हुन नसकेकी मृगौला पीडित लाल माया तामाङलाई नुवाकोट धादिङ रसुवा समाज कुवेतद्वारा संकलित आर्थिक सहयोग रकम सँस्थाका निबर्तमान प्रबक्ता मैसिङ तामाङ, निबर्तमान साँस्कृतिक बिभाग प्रमुख मानसिङ तामाङ र तामाङ आवाज का प्रबन्ध निर्देशक राज डिम्दुङ द्वारा रू. ५३४५८।- पीडितलाइ हस्तान्तरण गरि सकिएको छ।

समाजले सहयोग हस्तान्तरण गरेपछि सहयोगी सबैप्रति धन्यवाद दिंदै दुबै मृगाैलाले काम नगर्ने भइ लामो समयदेखि बेडमा थाला परेकी तामाङले घरायसी आर्थिक स्थिति अत्यन्तै न्यून रहेको कारण उपचार गराउन असमर्थ हुँदा देश विदेशमा रहेका नेपाली दाजुभाइ, दिदीबहिनी तथा संघ सँस्थाहरूसँग सहयोगको अपिल गरेकी छन्।

इच्छुक सहयोगी मनका धनी दाजुभाइ तथा दिदीबहिनीहरूले बिरामी स्वयंलाइ तल उल्लेखित सम्पर्क नं. मा सम्पर्क गरी सहयोग गर्न सकिने छ।
बिरामीको सम्पर्कको लागि : +977 9813 295230


सम्बन्धित शीर्षकहरु

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

प्रतिकृयाहरू
...