Saturday 16th November 2024

विचरा विश्लेषकहरुको अनुमान देखेर हाँसो मात्रै उठ्छ-स्वागत नेपाल


तितोपाटी- म सात पुस्तादेखिको निरामिस, श्रीकृष्ण प्रणामी बाबुआमाको छोरा, बेलाबेला कताकता बिटुलिएँ होला खानपानमा तर अरु सबै धर्मप्रति पनि श्रद्धा राख्छु, जन्मदिनमा म मात्र होइन परिवारका सबै सदस्य चर्च, मन्दिर, मस्जिद, गुम्बा, गुरुद्वारा सबैतिर जान्छु तर हिजो एकजना मेरो लागि एकजना अतिविशिष्ठ व्यक्तित्वले मलाई सर्वोच्च अदालतको प्राङ्गणमा देख्ने बित्तिकै अचम्भित भएर सोध्नुभयो, अरे तपाईँले पनि चन्दन लगाउनु भएको ? म हिजो एउटा पारिवारिक पूजाको कार्यक्रममा लगाएको ठूलो चन्दनको टीका लगाएरै हिँडेको थिएँ, म झन् अचम्भित भएर सोधेँ किन र ? मैले चन्दन लगाउँदा के भयो ?
उहाँले मेरो पाखुरा समाएर अलि पर लगेर भन्नुभयो, “मलाई त तपाईँ पूर्ण रुपमा क्रिश्चियन हो भन्ने पो रिपोर्टिङ्ग थियो त । होइन र ?” म मज्जाले हाँसेर कसले गर्यो हजुरलाई त्यस्तो रिपोर्टिङ्ग भन्दै काँधको जनै र गलाको तुलसीको माला देखाइदिएँ र भनेँ- म संसारका सबै देवीदेवता र धर्महरु मान्छु म निरपेक्ष नास्तिक होइन, धार्मिकताभन्दा माथिको अध्यात्मिकता मान्ने मान्छे हुँ ।

मेरो सँस्कार भने कहिल्यै छोड्दिनँ, धार्मिक र जातीय, रंगभेदी, छुवाछुत विभेदको सधैँ विरोध गर्छु, ।” उहाँ फेरि मेरो चन्दन, जनै, तुलसीको माला देखेर अचम्भित नै भएर कसरी त्यतिको मान्छेले पनि तपाईँजस्तो मान्छेलाई त्यस्तो भन्न सके भन्दै अवाक बन्नुभयो । मैले राम्रैसँग को रहेछ त्यसो भन्ने भनेर बुझेको त कानैको छेउमा आएर भन्नुभयो – नाम चाहिँ भन्दिनँ, तपाईँ चिन्नुहुन्छ उहाँ नेपाली कांग्रेसको तर्फबाट उम्मेद्वार पनि, एउटा साप्ताहिक पत्रिकाको सम्पादक पनि, राससको महाप्रबन्धक पनि रेडियो नेपालको घटना र विचारको सम्पादक पनि भइसकेको र अहिले एउटा कुनै अभियानको सञ्चालक पनि हो ।

को होला उहाँ ?” मैले जवाफमा यति मात्र भनेँ- कसैले कसैलाई केही दावी गर्दा जसको बारेमा दावी गरिन्छ त्यो कुरा सुन्दा कम्तिमा जसको बारेमा भनिएको हो उसले ओहो मेरो बारेमा वास्तविकता त बुझेको रहेछ, जानकारी चाहिँ राम्रै रहेछ भन्ने त लागोस् मेरो बारेमा उहाँको अनुमान सुन्दा विचाराको जानकारीको गरीवी देखेर दया लाग्छ भने त्यस्ताको कुराको बारेमा के ध्यान दिने ?

यो देश सबैको हो, सबै भाषाभाषी सँस्कृतिको हो हिन्दू बहुलवादी हुन्छ, बहुईश्वरवादी हुन्छ, एकेश्वरवादी हुँदैन, ३३ कोटी देवीदेवतामा एक मोहम्मद पैगम्बर, जिजस थपिएर केही फरक पर्दैन हामी सबैलाई ससम्मान प्रणाम गछाँै, हामी अतिवादी हुन्नौँ । हाम्रो विशेषता यो हो । त्यसैले हिन्दूले कसैलाई घृणा गर्दैन । तर, अन्यायका विरुद्ध हतियारको पूजा गरेर त्यसको प्रयोग गरेर कृष्णको उपदेश अनुसार महाभारत सरहको युद्ध लड्ने पनि हुन्छ । त्यसैले पहिला सबैलाई सम्मान गरौँ, सत्य र न्यायको लागि हतियार पनि चलाउन समेत पछि नपरौँ । कुविचारको अन्त्य गरौ -अधिवक्ता स्वागत नेपाल


सम्बन्धित शीर्षकहरु

मराब: लेबनानको सबैभन्दा ठूलो क्रिश्चियन पार्टीका प्रमुखले इरान समर्थित हिजबुल्लाहले इजरायलसँगको वर्षौं लामो युद्ध अन्त्य गर्न र लेबनानलाई थप मृत्यु…

अमेरिकाको नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा हिन्दूहरूको मुद्दालाई आवाज उठाउने एक पूर्व डेमोक्रेटिक नेतालाई महत्त्वपूर्ण पदका लागि चयन गरेका छन्।…

बंगलादेशका महान्यायाधिवक्ताले संविधानबाट धर्मनिरपेक्ष शब्द हटाउन सुझाव दिनुभयो, कारण के थियो ? बंगलादेशका महान्यायाधिवक्ता मोहम्मद असदुज्जमानले देशको संविधानबाट 'धर्मनिरपेक्ष' र…

प्रतिकृयाहरू
...