Thursday 15th May 2025

दक्षिण एसियाली खेलकुद(साग) समापन, २०६ पदक सहित नेपाल दोश्रो स्थानमा


तितोपाटी – दक्षिण एसियाका लागि मिनी ओलम्पिक मानिने दक्षिण एसियाली खेलकुद(साग)काे १३ औं संस्करण आजबाट सकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको भिडियो सन्देश मार्फत समापन गरिएको यो प्रतियोगिता राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् । गत डिसेम्बर १ देखि आज डिसेम्बर १० सम्म चलेको र एकै साथ काठमाण्डाैं, पोखरा र जनकपुरबाट एकै साथ खेलाइएको यो प्रतियोगितामा आयोजक राष्ट्र नेपालले ५१ स्वर्ण सहित दोस्रो स्थानमा प्रतियोगिता अन्त्य गरेको छ। नेपालले ६० रजत र ९५ कास्य सहित कुल २०६ पदक जितेको छ।

पहिलो स्थानमा रहेको भारतको कुल ३१२ पदक रहेको छ। जसमा १७४ स्वर्ण ९३ रजत र ४५ कास्य रहेको छ।

यता ४० स्वर्ण जितेको श्रीलंका तेस्रो स्थानमा छ। उसले ८३ रजत १२८ कास्य सहित २५१ पदक जितेको छ। चौथो स्थानाम पाकिस्तान छ। पाकिस्थानले कुल ३१ स्वर्ण, ७१ रजत र ५९ कास्य सहति कुल १३१ पदक जितेको छ। बंगलादेशको भने १९ स्वर्ण छ। बंगलादेशले ३२ रजत र ८७ कास्य जितेको छ। उसको कुल १३८ वटा पदक रहेको छ। प्रतियोगितामा माल्दिभ्स र भूटान कमजोर देखिएका छन्। माल्दिभ्सले १ स्वर्ण ४ कास्य सहित जम्मा ५ वटा पदक जितेको छ भने भूटान स्वर्ण विहीन बनेको छ। भूटानले रजत सात वटा र कास्य १३ वटा सहित २० पदक जितेको छ।

खेलकुद सामाग्रीको अभावमा पनि यस पटकको सागमा नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शनका साथ पदकहरू जित्न सफल भए । यस पटकको साग नेपालकाे फितलो तयारी र ब्यवस्थापन हुँदाहुँदै पनि नेपालले प्रतियोगितालाइ भव्य र सभ्य मात्र बनाएन खेलाडीले दिलाएको सफलताले पनि अविष्मरणीय रह्यो । १३ औं संस्करण समापन भए सँगै सागको अबको १४ औं संस्करण आयोजना गर्ने जिम्मा पाकिस्तानले पाएको छ ।


सम्बन्धित शीर्षकहरु

नुवाकोट घर भएर काठमाडौँ बस्ने २८ वर्षीया विमला तामाङ्ग मृत भेटिएकी हुन् । काठमाडौँको बागबजारस्थित गेस्ट हाउसमा २०८१ चैत २९…

काबुल: तालिबान सरकारले मंगलबार भनेको छ कि जुलाईमा संयुक्त राज्य अमेरिकामा कानुनी सुरक्षा खारेज हुने अफगान शरणार्थीहरूको स्वदेश फिर्तीमा ट्रम्प…

गत हप्ता भएको भयंकर सैन्य टकरावपछि भएको युद्धविरामपछि राष्ट्रलाई दिएको पहिलो सम्बोधनमा प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले पाकिस्तान विरुद्धको सैन्य कारबाही…

प्रतिकृयाहरू
...