Tuesday 17th February 2026

झापाली समाज कुवेतले झापामा पोलिटेक्निक कलेज बनाउन आर्थिक सहयोग गर्यो


तितोपाटी – झापाली समाज कुवेतले झापामा पोलिटेक्निक कलेज बनाउन आर्थिक सहयोग गरेको छ ।  समाजले झापा स्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठालाइ रू. ५००००।- अक्षेरूपी पचास हजार नेपाली रूपैयाँ आर्थिक सहयोग गरेको कुरा कुवेत स्थित झापाली समाज कुवेतका महासचिव गोविन्द प्रसाद तिम्सिनाले तितोपाटी डट कम लाइ जानकारी गराएका हुन् ।

गणेशमान सिंह अध्ययन प्रतिष्ठान प्राविधिक तथा व्यवसायिक शिक्षालय,शिवसताक्षी ११ ,झापाद्वारा निर्मित गणेशमान सिंह पोलिटेक्निक ईञ्जिनियरिङ कलेज निर्माणार्थ झापाली समाज कुवेतले रु ५०,०००/-प्रतिष्ठानका अध्यक्ष सन्तोष मेन्याङ्बोलाइ हस्तान्तरण गरिसकिएको छ भने झापाली समाज कुवेतले अध्यक्ष लोमस कुमार बास्तोला,उपाध्यक्ष रामजी अधिकारी,सचिव प्रेम कार्की,सदस्य राम न्यौपाने र सदस्य कुमार अधिकारी लगायत सम्पुर्ण साथीहरुलाई र सहयोगको वातावरण मिलाउने शिव मेन्याङ्बो प्रति धन्यवाद र अाभार प्रकट गर्दै सामाजिक सेवामा सदा यसरी नै अघि बढ्ने जनाएको छ।

स्मरण रहोस, विगत ६ वर्षदेखि कुवेतमा कृयाशिल झापाली समाज कुवेतले समाजमा आवद्ध सदस्यहरूको आर्थिक उन्नती तथा जिल्लाको विकासको लागि विभिन्न सहयोग र सामाजिक सेवाका कार्यहरू गर्दै आएको छ भने कर्मभूमिमा पनि विभिन्न नेपाली माैलिक पर्वहरू समेत मनाउदै सम्पुर्ण झापालीहरूलाइ एकिकृत गर्दै आएको छ ।


सम्बन्धित शीर्षकहरु

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र…

लुलु हाइपरमार्केटले यस हाला फेब्रुअरीमा कुवेतको राष्ट्रिय तथा मुक्ति दिवसहरूलाई ‘I Love My Kuwait’ नामक भव्य प्रमोसन मार्फत अविस्मरणीय किनमेल…

निरेम प्रोडक्सनले मानवतावादी पहलअन्तर्गत सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लास्थित ब्यास गाउँपालिका–५मा रहेको दुर्गा स्थान माध्यमिक विद्यालयलाई विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धिका लागि…

प्रतिकृयाहरू
...