Sunday 18th January 2026

गजल -माधव पाैडेल ‘असल यात्री’


सुन्नुहोस् आज म जन आह्वानको कुरा गर्दैछु ।
सहिद बनेर दिएको वलिदानको कुरा गर्दैछु ।

हिजो जंगलमा पत्कर विछ्याई सुतियो होला
आज बेग्लै छु विलासी ओछ्यानको कुरा गर्दैछु ।

सत्र हजारले मृत्युवरण गरे स्थापनाको लागि
म साहुजी भएको एउटा दोकानको कुरा गर्दैछु ।

उहि किताब पढेका थियौं साहेवले धेरै बुझेछन्
विचार बेच्दै हिड्ने एक बथानको कुरा गर्दैछु ।

सुन्न मज्जा लाग्छ गफ दिवा सपना देखाउनेको
मंन्चबाटै जनता हँसाउने उखानको कुरा गर्दैछु ।

असल यात्री
सिन्धुपाल्चोक
हाल-कुवेत


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औं महाधिवेशनको मिति सरेको छ । आगामी फेब्रुअरी २२ देखि २५ सम्मका लागि तय गरिएको…

निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै…

कुवेतको Public Authority for Manpower (जनशक्ति प्राधिकरण) ले कर्मचारी बहिर्गमन अनुमतिपत्र (Exit Permit) प्रक्रियालाई सहज बनाउन पूर्व-अनुमोदन सुविधा लागू गरेको…

प्रतिकृयाहरू
...