राजु भट्टराइ – २०४६ साल पछि जब देशमा बहुदलिय व्यवस्थाको उदय भयो तब सो भन्दा अगाबै स्थापित केहि पुराना राजनीतिक दल लगायत अन्य दलहरु पनि जनतामाझ आफ्नो राजनीतिक विचार र सिद्धान्तलाइ लिएर अगाडि आए।खासगरि पञ्चायती व्यवस्थालाइ खारेज गरि बहुदलिय व्यवस्था स्थापित गर्न मुलत: काग्रेंस र कम्न्युष्ट र एक दुईको संख्यामा स्थापना भएका तिनका केहि भातृ संघ संगठनहरुको पनि भुमिका रह्यो यद्धपि पञ्चायती व्यवस्थाका मतियारहरुले राजनैतिक दलहरु माथि नै प्रतिबन्ध लगाउदैँ पञ्चायतका विरुद्ध बोल्ने माथि जेल नेल सम्मको सजाय दिने त्यो अवस्थामा ती राजनीतिक दलका छाता संघ संगठनहरुले खुलेर पञ्चायतको विरुद्ध सांगठानिक रुपमा विरोध गर्ने वा बोल्न सक्ने अवस्था त थिएन र पनि केहि संख्यामा स्थापित त्यस्ता संघ संगठनले मातृ पार्टीको अगुवाइमा भएपनि पञ्चायती व्यवस्थालाई परास्त गर्न केहि भुमिका निर्वाह गरे।
जब २०४६ पञ्चायती व्यवस्थाको अन्त्य भइ बहुदल स्थापना भयो त्यसपछि राजनितिक स्वतन्त्रता संगै व्यवसायिक स्वतनत्रता एवं सागंठनिक स्वतन्त्रता पनि स्थापित बन्दै गयो। बहुदलिय व्सवस्थामा राज्यले नागरिकको हरेक किसिमको स्वतन्त्रता एवं अधिकारको प्रत्याभुति गराउनु पर्दछ।यो सामान्य धारणा हो तर यसरी वाक र विचारको स्वतन्त्रताको नाममा स्थापना भएका ती संघ संगठनहरु अन्तत: तिनै राजनितीक दलका खेताला बन्दै गएका छन। विध्यार्थी संगठन,कर्मचारी संगठन,शिक्षक संगठन,ट्रेड युनियन,प्रेस युनियन,विभिन्न पेशागत संगठनहरु,हुदाँ हुदाँ विभिन्न जातजातीहरु पनि विभिन्न राजनीतिक छाता संगठनका रुपमा रहेका छन जसलाई ती पुराना राजनितिक दलहरुले भोट बैकंका रुपमा प्रयोग गर्दै आएका छन जो पार्टी प्रति अन्धोभत्त भइ आफ्नाको भनेपछि मलद्वारलाइ पनि हरिद्वार देख्ने गरिब मानसिकताबाट ग्रसित छन,पीडित छन।
हामी देशमा शान्ति,समृद्धि,शुसाशन र विकास चाहान्छौँ र यसका निमित्त देशमा एउटा परिवर्तित राजनीतिक प्रणालीको जग बस्न सक्नु पर्छ तर अफसोस २०४६ देखि हाल सम्म लगातार ३० वर्ष सम्म हामीले हरेक चुनावमा चुनेर पठाएका हाम्रा ती पुराना दलका प्रतिनिधिहरु त्यो दिगो राजनितीक जग बसाल्न असक्षम भए। राजनितीक नेतृत्वमा हुनुपर्ने निष्ठाभाव,पद्धतिको प्रयोग,कार्यप्रणालीमा पारदर्शिता र उत्कृष्टता एवं ईमान्दारिता जस्ता कुराहरुको अभावले गर्दा देशले सहि राजनीतिक दिशा पाउन सकेन र अन्तत: तीन दशक देखि देश लगातार भ्रष्टाचार,फेहोरी कर्मचारीतन्त्र,कुटनितिक असक्षमता,मुल्यवृद्धि लगायत विविध वेथिती र विकृतिबाट ग्रसित बन्दै गयो।
यी र यस्ता सबै कुराहरुको महसुस हामी नेपाली जनताले गरेका छौँ र हामी यस्तो किसिमको राजनीतिक नेतृत्व प्रति रुष्ट छौँ,आजित छौँ।तसर्थ अब हामी देशमा दिगो राजनितीक परिवर्तन चाहन्छौँ।
दिगो राजनितीक परिवर्तनका खातिर राजनितीको बागडोर सम्हालेर बसेका नेतृत्वमा वैचारिक परिवर्तन आउनु पर्छ तर अहिलेका यी पुराना राजनितीक दलमा त्यो किसिमको परिवर्तन आउने कुनै छाटकाँट देखिन्न र आउदँन पनि यो ध्रुव सत्य हो,तसर्थ अब हामीले यस्को निमित्त देशमा एउटा वैकल्पिक राजनितीक शत्तिको दिगो जग बसाल्नु पर्छ र त्यो वैकल्पिक शत्ति भनेको साझा पार्टी हो।हामीलाइ थाह छ हाम्रो देश विगत तीन दशक देखि विविध वेथितीहरु बाट ग्रसित छ र त्यसबाट देशलाइ उन्मुत्ति दिन यी पुराना दलहरुबाट संभव छैन र अब यसका लागि एउटा वैकल्पिक राजनितिक शत्तिमा गोलबद्ध हुनुपर्दछ तर पनि आज कति जनताले वैकल्पिक शत्तिका रुपमा उदाएको साझा पार्टीलाइ चिन्न,बुझ्न,मनन गर्न र स्वतस्फुर्त रुपमा आबद्ध हुन सकिरहेका छैनन् कारण के त भन्दा यहि पुराना दलका ती विभिन्न छाता संगठनको गलत प्रभावले गर्दा हो,विभिन्न दलका राजनितीक आडमा नियुत्ति पाएका र विविध क्षेत्रका पेशाकर्मीहरु आफ्नो पेशागत स्वार्थका डरले,राजनितीक सिफारिसमा सरकारी टेण्डर हात पार्ने ठेकेदारहरु टेण्डर फुस्किने डरले आफु निकट दलका नेता वा मन्त्रीको सिफारिसमा बढुवा भएको एउटा कनिष्ट कर्मचारी आफ्नो पद फुस्किने डरले लगायत थुप्रै किसिमका अन्य राजनीतिक दलका भातृ संस्थाका रुपमा रहेका पेशागत,सांगठानिक र कतिपय ठाँउमा व्यक्तिगत स्वार्थले दल र तिनका भ्रष्ट नेताहरुसंगको राम्रो सम्बन्धका कारणले आज ती संगठनका व्यक्तिहरू वैकल्पिक शक्तिको रुपमा रहेको साझा पार्टीमा आबद्ध हुन सकिरहेका छैनन् र आफ्नो माताहतमा रहेकाहरूलाइ पनि हुन दिइरहेका छैनन्।
तसर्थ ती दलसंग सम्बन्धित भातृ संघ संगठनमा आबद्ध ब्यक्तिहरूलाइ आफ्नो स्वार्थ भन्दा माथि उठेर देशमा दिगो राजनीतिक परिवर्तनको बलियो जग बसाउनका खातिर, विकृति र विरासतको राजनीतिलाइ निरन्तरता दिने पुराना दलहरुको चक्रव्युहमा नफँसी हाम्रै पालामा शान्त,समृद्ध शुसाशित र विकसित नेपाल निर्माण गर्न वैकल्पिक राजनीतिक शत्तिका रुपमा उदाएको हामी सबैको साझा चौतारीको रुपमा रहेको साझा पार्टीमा गोलबद्ध बनौँ।
साझा पार्टी शुभेच्छुक
धुलाबारी,झापा
हाल – युएई