Sunday 22nd March 2026

अमेरिका हिडेका ५ नेपाली युवा ९ महिनादेखि इन्डोनेसियामा अलपत्र


तितोपाटी- पछिल्लो समय नेपाली युवा रोजगारीका लागि युरोपका देश, क्यानडा र अमेरिका जाने मोह बढ्दो छ । समुन्द्रीसँगै स्थलमार्ग हुँदै अमेरिका जान खोज्दा धेरै युवा विभिन्न देशमा अलपत्र पर्ने र ठगीने गरेका छन् ।

रोजगारीका लागि भनेर तस्करहरुमार्फत अमेरिका हिँडेका ५ जना युवा विगत ९ महिनादेखि युवा इन्डोनेसियामा अलपत्र परेका छन् ।
दलालको सम्पर्कका आधारमा अमेरिका जान भनेर हिँडेका ५ जना नेपाली युवा इन्डाेनेसियामा अलपत्र परेको सूचना प्राप्त भएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ ।हाल उनीहरु इन्डोनेसिया अध्यागमन प्रहरीको हिरासतमा रहेका ब्यूरोले जनाएको छ ।

ब्युरोले अलपत्र परेका युवाहरुको नाम भने सार्वजनिक गरेको छैन । उनीहरु सन् २०१९ को जनवरी महिनामा अमेरिका जाने भन्दै नेपालबाट हिँडेका जनाइएको छ । तर, विगत ९ महिनादेखि उनीहरु इन्डोनेसियामै अलपत्र अवस्थामा छन् ।मानव तस्करहरुले अमेरिका लैजाने भन्दै ती ५ जनासँग प्रतिव्यक्ति १५ देखि २० लाख नेपाल रुपैयाँ लिएर इन्डोनेसिया पुर्‍याएर अलपत्र पारेको प्रहरीले जनाएको छ ।

मानव तस्करले इन्डोनेसिया पुराएका ५ जनाले आफूहरुको भिसा अवधि सकिएपछि अध्यागमन प्रहरीमा अत्मसमर्पण गरेका थिए । अध्यागमन प्रहरीले हाल उनीहरुलाई चरम यातना दिएको भन्दै उद्धारका लागि नेपाल प्रहरीसँग अनुराेध गर्ने गरेका छन् ।

इन्डोनेसियामा बन्दक बनाइएका उनीहरुले शारीरिक र मानसिक यातनासमेत बेहोर्नुपरेको खबर उद्धारका लागि पहल गरिरहेको ब्यूरोका डिएसपी नरहरि रेग्मीले बताए बताए ।इन्डोनेसियाको अध्यागमन प्रहरीले उनीहरुलाई चरम यातना दिइरहेको खबर उनीहरुले सामाजिक सञ्जालमार्फत बारम्बार जानकारी गराइरहेको डिएसपीले रेग्मीले जानकारी दिए ।नेपालबाट मानव तस्करीले उनीहरुलाई फरक–फरक समयमा इन्डोनेसियामा पुर्‍याएको ब्यूरोले जनाएको छ । उनीहरुजस्तै अन्य नेपाली रोजगारीका लागि तस्करमार्फत तेस्रो देश हिँडेर अलपत्र पर्ने गरेको ब्यूरोले जनाएको छ ।खबर हब


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...