Tuesday 17th February 2026

सम्माननीय प्रधानमन्त्री ओलीलाई खुल्ला पत्र


सम्माननीय प्रधानमन्त्री ज्यू अभिवादन ,
सम्माननिय प्रधानमन्त्री ज्यू, सर्वप्रथम हजुरको स्वास्थ्यमा देखिएको समस्यालाई प्रवाह नगरी अहोरात्र देश र जनताको पक्षमा खट्नु भएकोमा हार्दिक आभार प्रकट गर्दै सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
प्रधानमन्त्री ज्यु, मलाई मात्रै हैन गरिखानेवर्ग जो घरदेश देखि परदेश सम्म रहेका छन, तिनीहरु सबैलाई मंसिर ५ गते सम्म आरामै थियो र हजुरलाई पनि सधै आरामताको कामना व्यक्त गर्दथ्यौ तर अचानक सिङ्गो श्रमजीबि वर्गलाई १०४ डिग्रीको भाईरल ज्वरो आयो, जति बेला तपाईले श्रमजीविवर्गको पक्षमा अहोरात्र खटी रहेका मन्त्री गोकर्ण विस्टलाई बर्खास्त गरेको समाचार बाहिरियो ।
प्रधानमन्त्री ज्यू, हो सिंगो मुलुकलाई अझै लामो समय तपाईको नेतृत्वको सरकारको आवस्यकता थियो र छ , र त कुसलतापुर्वक तपाईले कमरेड प्रचण्डलाई अधिकार सहित पार्टी हाक्ने जिम्मेवारी दिएर भागवण्डाको प्रधानमन्त्रीको कुर्सिलाई एक्ल्याउदा जनताले वाहवाही गरेका थिए । तर प्रधानमन्त्री ज्यू त्यो वाहवाहिलाई २४ घण्टा बित्न नपाउँदै तपाईले मजदुरमारा निर्णय गर्दिनु भयो र आज सारा जनता सामाजिक संजालको माध्यामद्वारा बिरोध जनाई रहेका छन् भने केही मानव तस्करहरु रमाई रहेका छन भन्ने समाचार आईरहेका छन ।
सक्षम, सबल र निश्ठावान व्यक्ति गोकर्ण बिस्टलाई श्रममन्त्रीको कुर्सीबाट गलहत्याउनु र सधैं विवादित रहेका केही मन्त्रीलाई काखी च्याप्नुले तपाईको सक्षमता माथी प्रश्न उब्जिएको छ । कतै अर्काको परिवारवादको गाठोले तपाईलाई समेत कस्दै लगेको त हैन ? आफ्नो सम्पती राष्ट्रको नाममा सुम्पिएर ईतिहास रच्न सफल तपाईं किन र के कारण मन्त्री मण्डल पुनरगठन गरेर विवादित हुँदै चुक्दै हुनुहुन्छ ? त्यो तपाइँ नै जान्नुहोस । बरु पुर्णरुपमा सम्पुर्ण मन्त्रीहरूलाई हटाएर नयाँ अनुहारहरुलाई मन्त्री बनाउनु भएको भए बेश हुन्थ्यो ।
प्रधानमन्त्री ज्यू , वैदेशिक रोजगारिका नाममा बिदेशमा युवा युवतीहरुलाई बेची यसआरामको जिन्दगी जिएका र जिउने योजनामा रहेका मानव तस्करहरुको निद हराम गर्दै आएका पुर्व श्रममन्त्री गोकर्ण बिस्टका नीति, योजना र कार्यक्रमलाई बिचैमा तुहाएर कसरी सुखी नेपाली समृद्ध नेपालको तपाईको सपना पूरा होला ? प्रधानमन्त्री ज्यू, कतै ती दानवरुपी मानव तस्करहरुको पन्जामा तपाईं फस्नु त भएन ? वा बाहिरी देखावटी अधिकार सम्पन्नता सहितको अध्यक्ष पद दिएको हल्ला फिजाएर भित्र भित्रै फरियावाद भित्रको कोहि कसैलाई सक्षमताको बिल्ला भिराई गोकर्ण कमरेडलाई असक्षमताको बिल्ला भिराउने खेलमा फस्नु त भएन ?
सम्माननिय प्रधानमन्त्री ज्यू , म हजुरलाई नढाटी लेख्दै छु, कमरेड गोकर्ण बिस्ट मेरा आमा मामा कतै पट्टीका पनि हुनुहुन्न । नत उहाँ मेरो जिल्ला र क्षेत्रकै हुनुहुन्छ । तपाईले मन्त्रीमण्डल बिस्तार गर्नु एक दिन अगाडि सिंहदरबार छिरेको थिए । काम विषेशले म श्रम मन्त्रालय पनि पुगे त्यहाँ केही मानव बिक्रेताहरु ख्याउटो अनुहारमा कानेखुसी गर्दै थिए भने मन्त्री गोकर्ण बिस्ट हक्की स्वरमा फोनमा कड्किए झै लाग्थ्यो । मन्त्रीका स्वकिय सचिब देखि सबै कर्मचारीहरु अल्मलिए झै लाग्थ्यो । सिंहदरबारको त्यो दिनको वातावरण देख्दा लाग्थ्यो यहाँ कुनै उल्का हुँदै छ तर मन्त्री बिस्ट निर्धक्कसंग आफ्नो कार्य सम्पादनमा व्यस्त देखिनु हुन्थ्यो । प्रधानमन्त्री ज्यू, कम्युनिस्टमा हुनुपर्ने गुण, आचारण र व्यवहार भएका नेता मध्येका प्रमुख व्यतित्व बिस्ट श्रमजिवीवर्गका अभिभावक बन्दै हुनुहुन्थ्यो । त्यसैले प्रधानमन्त्री केपि शर्मा ओली ज्यू, उहाँको त्यो त्याग, देन र आत्मा बिस्वासलाई कुण्ठित नपारियोस । मन्त्री बिस्टलाई सोही पदमा पुनरबहाली गरि गोकर्ण बिस्टलाई निस्कासन गर्दा भोजभतेर गर्नेहरुका दिन समाप्त पार्दिनुस । हामी गरिखानेका दिन उज्ज्वल बनाईदिनुहोस । पुनः तपाईको स्वास्थ्य लाभको कामना सहित अहिलेलाई कलम बन्द गर्दै बिदा हुन्छु । धन्यवाद ।।
” अस्तु ”

उहीँ तपाईकै समर्थक / सदस्य
बालकृष्ण घिमिरे
बनेपा काभ्रे


सम्बन्धित शीर्षकहरु

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र…

लुलु हाइपरमार्केटले यस हाला फेब्रुअरीमा कुवेतको राष्ट्रिय तथा मुक्ति दिवसहरूलाई ‘I Love My Kuwait’ नामक भव्य प्रमोसन मार्फत अविस्मरणीय किनमेल…

निरेम प्रोडक्सनले मानवतावादी पहलअन्तर्गत सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लास्थित ब्यास गाउँपालिका–५मा रहेको दुर्गा स्थान माध्यमिक विद्यालयलाई विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धिका लागि…

प्रतिकृयाहरू
...