Friday 10th April 2026

कुवेत-काठमाण्डाैं सिधा उडान जजिरा एयरवेजद्वारा आजबाट शुरु


हरि कृष्ण न्यौपाने-कुवेतबाट काठमाण्डौं सम्मको सिधा उडान आज नोभेम्वर १७,आइतबार,२०१९ का दिनबाट शुरु भएको छ।यसै बिच आज बिहान कुवेतको स्थानिय समय ७:०० बजे कुवेत अन्तराष्ट्रिय बिमानस्थलमा जजिरा एयरवेजका पधाधिकारिहरु तथा नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीले एक औपचारीक कार्यक्रमका बिच कुवेत देखि काठमाण्डौं सम्मको पहिलो उडानको शुभारम्भ गरेका थिए । J9 539 को बिमानले स्थानिय समय बिहानको ९:०५ बजे काठमाण्डाैंको लागि पहिलो उडान भरेको हो भने उक्त विमान नेपालबाट आजै साझ ८:१५ बजे कुवेत आइपुग्ने छ।
नेपाली राजदूतावास कुवेतको कुटनैतिक प्रयास अनि सम्बन्धित निकायहरुको पहल पछि कुवेतबाट काठमाण्डाैं सिधा उडान गर्न पाउँदा आफुलाइ खुसी लागेको महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीले बताए।विशेष गरि दुई देश बिचमा प्रत्यक्ष हवाई सम्पर्क हुँदा कुवेतमा कार्यरत सबै नेपाली कामदारहरुलाइ आवत-जावतमा सहजता हुनुको साथै दुई देश बिच व्यापार प्रबर्द्धनमा समेत ठूलो सहयोग पुग्ने राजदुत भण्डारीले बताए ।उनले थपे, “म कुवेतमा आउने बित्तिकै कुवेत र नेपाल बिच प्रत्यक्ष हवाई सम्पर्कका लागि पहल गरेको थिए, आजबाट शुरु भएको छ।यसका साथै भिजिट नेपाल २०२० को शुरुवातमै कुवेतबाट नेपाल सिधा उडान भर्न सकिएकोले कुवेती पर्यटक मात्र नभई मध्यपूर्बका पर्यटकलाइ समेत नेपाल भित्र्याउन सहज हुनेछ।”

कुवेतबाट काठमाण्डौं सिधा उडानले यात्रुहरु खुसी
कुवेत-काठमाण्डाैंको पहिलो सिधा उडानबाट नेपाल छुट्टी जादै गरेका नेपाली कामदारहरुले समय बचतका साथै अन्य देशमा हुने ट्रान्जिटको समयको झमेलाबाट मुक्ति मिलेकोले खुसी लागेको बताएका छन।अर्घाखाँची घर भई केही समय देखि कुवेतमा कार्यरत सन्चारकर्मी समेत रहेका खुम रायमाजीले पहिलो सिधा उडानबाट छुट्टि जादै गर्दा आफु मात्र नभई सबै नेपालीहरुलाई धेरै सजिलो भएको बताए। उनले भने” नेपाली मात्र होइन भारतको गोरखपुर, बिहार, उत्तरप्रदेश लगायतका यात्रीहरुले नेपाललाई ट्रान्जिट बनाउदै आजको बिमानमा यात्रा गर्दै रहेको पाएँ।”रायमाझीले विमान भित्र एक सिट पनि खाली नरहेको बताए। चितवनका रमेश पुडासैनीले भने, ” करिब २०० जति नेपाली दाजुभाई र दिदिबहिनीहरु कुवेतबाट सिधै काठमाण्डाैं अबतरण हुँदैछौ सबै जना एक्साइटेड छौ।”

अन्य उडान भन्दा भाडा कम हुने
जजिरा एयरवेजको भाडा दर अन्य उडानको तुलनामा सस्तो हुने एनआरएनए एनसिसी कुवेतका अध्यक्ष तथा ट्राभल ब्यवसायी सुजन केसिले बताए । उनले भने” साधारण यात्रुहरुलाई एक तर्फी भाडा दर ४५ देखि ५० केडि (करिब १६ देखि १९ हजार नेपाली रुपैयाँ) तथा दुई तर्फी भाडा दर १०५ देखि १२५ केडि ( करिब ३९ हजार देखि ४६ हजार नेपाली रुपैयाँ )सम्म पर्ने छ। तर खानाको लागि भने यात्रुहरुले अतिरिक्त शुल्क तिर्नु पर्ने केसिले बताए।उनले थपे, “दुई देश बिचको सिधा उडानले कुवेतमा कार्यरत नेपाली कामदारहरुलाई सहज भएको छ।यसको साथै नेपाली समय दिनको करिब ४ बजे विमान नेपाल पुग्ने र सोही विमान करिब दिनको ४:३० बजे फर्कने हुदा कुवेतबाट नेपाल जाने र कुवेत आउने सबै यात्रुहरुलाइ समय पनि राम्रो रहेको छ।”

कुवेतबाट काठमाण्डौंका लागि हप्ताको ३ वटा उडान भर्ने जजिरा एयरवेजलेले जनाएको छ।

 


सम्बन्धित शीर्षकहरु

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

कुवेतको विद्युत, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले अप्रिल ५ देखि ११, २०२६ सम्म देशका विभिन्न क्षेत्रमा प्रत्येक दिन ४ घण्टाको…

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

प्रतिकृयाहरू
...