Thursday 29th January 2026

कालापानी हाम्रो भनि बोल्न डराउनेहरु -राम बस्नेत


लिपुलेक कालापानी हाम्रो भनि बोल्न डराउनेहरु
देशभक्तिको ठुला कुरा गरि देश बेचेका कुरा खोल्न डराउनेहरु
सधै देश बेच्ने सोची भाषणमा देशप्रेमी भनि कराउनेहरु ।।।

खिया लागेका खुकुरी उदाई तिम्रै गर्दन छिनिनेछन्
आफ्नै नेता काटी गोर्खाली फेरी चिनिनेछन्
देश बेच्ने दलालका टाउका टुडीखेलमा गिनिने छन् ।।।

कसरी भुल्यो हाम्रो इतिहास पुर्खाको नाक काट्दै छौ
देश भित्र भित्रै बेची जनतालाइ ढाट्दै छौ
लाज पचेका देशद्रोही अझै देश बेच्न आँटेका छौ ।।।

मिचिएको सिमामा रोएका जनता तिमीहरु यक्लै हास्दैछौ
के यहि हो समृद्ध नेपाल भाषण मात्र छाट्दैछौ
आफ्नै देशको जमिन बेची पैसामा आमा साट्दैछौ ।।।

हिजो टनकपुर बेच्याै महाकाली बेच्याै आज लिपुलेख र कालापानी
हामी अब यसै बस्ने छैनौ तिमीहरुको चरित्र जानी जानी ।।

उठ जाग नौजवान हो आफ्नै देश बचाउन
नेताहरुले हाम्रै धर्ति बेची सक्न लागे हामीले पर्छ सच्याउन ।।

उठ जाग नौजवान हो आफ्नै देश बचाउन
उठ जाग नौजवान हो आफ्नै देश बचाउन ।।

राम बस्नेत
रेसुङ्गा नगरपालिका – १०, गुल्मी
हालः कुवेत


सम्बन्धित शीर्षकहरु

इरानको न्यायपालिका प्रमुखले आइतबार चेतावनी दिएका छन् कि हालै भएको सरकार विरोधी प्रदर्शनको लहरमा संलग्नहरूले "थोरै पनि उदारता बिना" सजायको…

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

प्रतिकृयाहरू
...