Sunday 28th April 2024

नेपाल इजरायल बन्ने की प्यालेष्टाईन ?


तोयानाथ उपेक्षित – भारतलाई धर्म र संस्कृति तथा भाषीक निकटतासँग जोडेर सहानुभूती राख्ने र सहोदर सम्बन्ध भएको राष्ट्र सम्झने दिन सकिदै गएको छ । हिजो भन्दा झनझन आज भारत नेपाल र नेपालीहरुको निम्ति अभिशाप रहेछ भन्ने कुरा प्रष्ट रुपमा नयाँ पिंढीले बुझ्न थालेका छन । अझ मोदीलाई जे ठानेका थिए त्यसको बिपरित पाईएपछि नेपालीहरुले भारतप्रति अपनत्व राख्ने ठाउँ नै सकिएको बुझन थालेका छन ।

भारतका सवै ठाउँमा रहेका नेपाली भाषी भारतीयको संख्या करिब एक करोड छ । त्यहाँ साँच्चै रोटीबेटीको सम्बन्ध भएका नाताले पनि भारतलाई अर्को घर सम्झने हिँजोको सदभाव आज छैन । अव त्यो मान्यता जनस्तरमा जे भए पनि राष्ट्र राष्ट्रबीचको सम्बन्धका हिसावले विस्तारै बैरभावमा बदलिरहेको छ । यो क्षति भारतले जब नेपाल प्यालेष्टाईन बन्दछ तब मात्र महसुस गर्ला । यदि नेपाल ईजारायल बनेछ भने हिसाव किताव बुझाउला ।

उ ठुलो छ, हामी भन्दा शक्त्तिशाली छ, धनी छ भनेर हामीले आवाज दवाएर बस्न हुदैन । न्यायका लागि र अधिकारका लागि निरन्तर दलिल पेश गर्दै जाने र आफ्ना सन्ततिलाई उसको भजन गाउन लगाएर होईन उसको दासत्व र हामीमाथिको निर्ममतापूर्वक गरिएका अन्यायका कथा सुनाएर जगाईरहन जरुरी छ । एक दिन त्यो दिन निश्चित छ भलै हाम्रो पिढीले देख्न नपाओस । तर यसका लागि हाम्रो आफ्नो अठोट र हामीमाथि उसको दासत्वको समाचार पुस्तान्तरण गर्दै जान पर्दछ । भारत असल छिमेकी र मित्रराष्ट्र भनेर पढाउने हो भने भविष्यमा न्याय खोज्ने नेपाली सन्तान कुनै पनि आमाले जन्माउने छैनन ।

हेर्दै जानुस, नेपाली भाषी भारतीयलाई समेत त्यहाँको सत्ताले कुनै न कुनै बहानामा सताई नै रहेको छ । भूटानमा रहेका नेपाली भाषी भूटानीहरुलाई भेडाबाख्रा जसरी गाडीमा कोचेर नेपालको सिमानामा ल्याएर छाड्ने भारतले त्यहाँ रहेका नेपालीहरुलाई तडपाई रहेको कुरा गोर्खाल्याण्डको सय बर्षको सर्घष हेरे पुग्छ । पूर्वी भारतका अल्पसंख्यक नेपालीहरुलाई निती र विधी बनाएर लखेट्ने काम त शुरु भईसकेको नै छ । अत्याचारीका दिन सधै सुखद हुन्छन भन्ने होईन । भारतको रक्षा गर्ने गोरखालीहरु एकदिन ज्वाला बनेर उठ्नेछन र नेपाल गोला बनेर विस्फोट हुनेछ । भारतीय हस्तक्षेपका विरुद्ध त्यति बेला नेपाल या त प्यालेष्टाईन जस्तो लडाई लडिरहेको हुनेछ या त ईजरायल जस्तो सम्पन्न र शक्तिशाली भएर सारा अरब देशहरुलाई ठेगान लगाए झै आफ्नो देशको रक्षा गर्न सक्षम हुनेछ । यसको लागि मात्र देशलाई असल नेताको खाँचो छ ।

जनताले निरन्तर आफ्नो अधिकारका लागि आफ्ना सन्ततीमा भारतीय कर्तुतको कथा सुनाईरहुन । हामीले भारतीय संस्कृति, कला र उसको देशको तारिफ गर्न लगाउनु हुदैन । त्यस्ता पाठ्यक्रम पढाउनु हुदैन । तिनका गीत बजाउने र सिनेमा प्रमोट गर्ने काम स्लो पोईजन दिनु हो, भारतीय कला र सँस्कृतिप्रति लगाव बढाउन प्रेरित गर्नु हो जसले हामीलाई उसको दुष्टता भुल्न सिकाउँछ । भारतसँग हाम्रो सत्ताका बाध्यता वा स्वार्थ जे होलान तीनको राजनैतिक अभिष्टले हामीलाई जतिसुकै उसको गुलामी गर्न भनोस हामीले त्यसरी बुझ्न छाड्न पर्दछ । सरकार मात्र सवै कुरा होईन । सवै कुरा जनता र देश हो । मिचिएका सिमाना फिर्ता लिने सहास देशप्रमीसँग हुन्छ जसले आफ्नो देशलाई जननी भनेर बुझ्दछ । राष्ट्रियता र सार्वभौमिकताको महत्व र माटोको सुगन्ध थाहा नपाउने नाक हुनु र नहुनु एउटै हो । हामीले नेपाली माटो एक चिम्टी कसैलाई कोर्तन दिन हुदैन ।

सिक्किममा रहेका नेपालीहरु शान्तिप्रिय छन र डुक्पाबाट सताईएर भारतीय सत्ताको बाध्यात्मक समर्थन गरेपछि मात्र सिक्किम भारतमा गाभिएको तिनलाई थाहा छ । त्यही कारणले पनि भारतीयसत्ता अहिले नै त्यहाँका नेपाली भाषी सिक्किमेहरुलाई चिढ्यान चाहन्न । तर सिक्किमेहरुले पनि लड्न पर्ने दिन भारतमा आउँछ । विगतमा ममता बेनर्जीले त्यसको झलक दिईसकेकी छन र केन्द्रियसत्ताले मौनता साधेको कुरा छर्लङ्ग भईसकेको छ । यसर्थ अव भारतको अत्याचारको अन्त्य हुने दिन सवै राज्यहरुले कुरेर बसेको अवस्था छ ।

सिक्किम दार्जेलिङ्गसँग नजोडियोस भन्नेमा भारतको केन्द्रियसत्ता चनाखो छ । रणनैतिक हिसावले सिक्किम शान्त हुनु भारतीय हितमा हुन्छ नत्र त्यो पूर्वको काश्मिर बन्न सक्दछ भन्ने डरले त्यहाँ शान्ति छ नत्र अहिलेसम्मको अवस्थामा सिक्किममा आगो बलिसकेको हुनेथियो । अलिक पर पूर्वी भारतको कथा बेग्लै छ । त्यहाँ सयौ बर्ष देखि बसोबास गरिरहेका नेपालीहरुमाथि निरन्तर दमन गर्न भारतीय सत्ता उद्दत छ तर हामी भारतलाई डरले हो वा करले आफ्नो आफ्नो भन्दैछौ । नेपालको उद्योगिक संरचना ध्वस्त पारेर युवाहरुलाई कुल्ली बनाएर अरब पठाउने र हामीले कमाएको डलर उसैले भित्र्याई रहेने उसको रणनैतिक प्लानमा नेपाली नेताहरु फसेका छन । उनीहरुलाई सत्ता शिवाय केही चाहिएको छैन तर यो अवस्था सधै भरी नरहला । यसर्थ भारत हाम्रो अभिशाप हो । यो देशसँग झुकेर होईन डटेर सामना नगरे सम्म सदियौ सम्म हामी उसका गुलाम बनिरहने निश्चित छ । सवैले मनन गरौ । भारतीय हैकमबाद र विस्तारबादका सवै कुरालाई मनोबैज्ञानिक र रणनैतिक हिसावले जवाफ दिउ । भारत हाम्रो छिमेकी हो मित्र होईन भन्ने कुरा प्रष्ट पारौ ।


सम्बन्धित शीर्षकहरु

कुवेत/नेपाली जन सम्पर्क समिति कुवेतले मे २४ तारिकमा गर्ने भएको चौथो अधिवेसनको मिति सरेको जनाएको छ । समितिको  हिजो सम्पन्न…

इलाम-२ को मतगणना गर्ने तयारी भइरहेको छ । मतपेटिका संकलनमा ढिलाई भएपछि मतगणना कार्य आज हुने भएको हो । यस…

कुवेत-नेपालका प्रथम शहिद क्याप्टेन लखन थापा मगरको स्‍मृतिमा मगर संघ शाखा कुवेतले सन् २०१४ देखी सञ्चालनमा ल्याएको शहिद लखन थापामगर…

प्रतिकृयाहरू
...