Thursday 5th March 2026

कुवेत आएको दुई महिना नपुग्दै दाङका जबिन्द्रको मृत्यु


हरि कृष्ण न्यौपाने-कुवेतमा काम गर्न भनी त्रिचालीस दिन पहिले मात्र आएका दाङका जबिन्द्र परियारको हिजो नोभेम्बर ९ तारिक, २०१९ का दिन कुवेतको फर्वानिया अस्पतालमा मृत्यु भएको छ ।
घोराही उप नगरपालिका-२, सुकेडाँगी दाङ घर भएका जबिन्द्र सेप्टेम्बर २७,२०१९का दिन मात्र पहिलो पटक कुवेत आएका थिए।राहदानी नं-११०३६३९० रहेका ३६ बर्षिय जबिन्द्र कुवेतको मरिना थाई रेष्टुरेन्टमा कुकको कामका लागि आएका मृतकका भाई शैलेन्द्र परियारले तितोपाटी डट कमलाई बताए।

उनले भने “दाईले जम्मा २ दिन काम गर्नु भयो अनि अक्टोबर २ तारिक एक्कासी टाउको दुख्ने र धेरै ज्वरो आए पछि तत्काल फर्वानियाको अल सिफा अस्पताल लगियो। त्यहाँ उपचार हुन नसके पछि एक हप्तामा फर्वानिया अस्पताल रिफर गरियो। उनले थपे”अस्पतालका अनुसार धेरै कम मान्छेलाइ लाग्ने रोग ब्रेनमा टिबि लागेको र डक्टरहरुले धेरै मेहनत गर्दा पनि दाजुलाई बचाउन सकिएन।”

जबिन्द्रको मृत्युका बारेमा हिजै जानकारी आईसकेको तथा सम्बन्धित कम्पनी संग कुरा भैसकेको नेपाली राजदूतावास कुवेतकी दितिय सचिब जानकी ओझाले तितोपाटी डटकमलाई बताइन।उनले भनिन”लाश पठाउने लगायत अन्य कानुनी प्रकृयामा कम्पनी, मृतकको परिवार तथा सम्बबन्धित निकायसंग समन्वय गरेर नेपाली राजदूतावासले काम शुरू गरि सकेको छ तर कुवेत आएको तेस्रो दिन देखि नै जबिन्द्र बिरामी परेको तथा कुवेतमा बिमा, स्वास्थ्य परिक्षण तथा यहाँको भिसा-सिभिल आइडी कुनै पनि प्रकृया अगाडि नबढेकाले मृतकका परिवारले बिमा तथा अन्य सेवा सुबिधाका रकम पाउन भने समस्या पर्ने देखिएको छ।

मृतकको एक छोरा र एक छोरी रहेको बताईएको छ।


सम्बन्धित शीर्षकहरु

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

चीनका विदेशमन्त्री वाङ यीले सोमबार आफ्नो इरानी समकक्षीलाई फोनमा भने कि मध्यपूर्वमा युद्ध फैलिँदै गर्दा बेइजिङले अमेरिका-इजरायली आक्रमणहरू विरुद्ध आफ्नो…

प्रतिकृयाहरू
...