Saturday 21st March 2026

गजल -माधव पाैडेल “असल यात्री”


देश प्रेमीहरुको आँखा आँसुमा डुबेको बेला
म कहाँ हाँस्न सकुला र देशलाई दुखेको बेला ।

गोर्खालीहरुको रगत तातेको छ मुटु जलेको छ
कालापानी लिम्पियाधुरा लिपुलेक गुमेको बेला ।

विश्व नक्सामा सानो थियो तर चम्किलो थियो
हेर्न सकिन मैले नक्सालाई चोट लागेको बेला ।

उता देशवासीहरु विस्तारवादीको विरुद्धमा छन्
म कहाँ सुत्न सकुला र सारा देश उठेको बेला ।

आमालाई घाउ लाग्यो डाक्टर सम्म पुर्‍याई देउ
म कहाँ हेर्न सक्छु र गिद्दले चोक्टा लुछेको बेला ।

सिन्धुपाल्चोक, नेपाल
हाल – कुवेत


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...