Thursday 29th January 2026

गजल -माधव पाैडेल “असल यात्री”


देश प्रेमीहरुको आँखा आँसुमा डुबेको बेला
म कहाँ हाँस्न सकुला र देशलाई दुखेको बेला ।

गोर्खालीहरुको रगत तातेको छ मुटु जलेको छ
कालापानी लिम्पियाधुरा लिपुलेक गुमेको बेला ।

विश्व नक्सामा सानो थियो तर चम्किलो थियो
हेर्न सकिन मैले नक्सालाई चोट लागेको बेला ।

उता देशवासीहरु विस्तारवादीको विरुद्धमा छन्
म कहाँ सुत्न सकुला र सारा देश उठेको बेला ।

आमालाई घाउ लाग्यो डाक्टर सम्म पुर्‍याई देउ
म कहाँ हेर्न सक्छु र गिद्दले चोक्टा लुछेको बेला ।

सिन्धुपाल्चोक, नेपाल
हाल – कुवेत


सम्बन्धित शीर्षकहरु

इरानको न्यायपालिका प्रमुखले आइतबार चेतावनी दिएका छन् कि हालै भएको सरकार विरोधी प्रदर्शनको लहरमा संलग्नहरूले "थोरै पनि उदारता बिना" सजायको…

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

प्रतिकृयाहरू
...