Thursday 29th January 2026

गजल -अमर खड्का


सहनै नसक्ने अत्यचार सहनु परेको छ ।
सिमाना मिचिन्छ बारम्बार सहनु परेको छ ।

लिपुलेक लिम्पियाधुरा हराउदैछ नक्साबाट
न हुदा गतिलो सरकार सहनु परेको छ ।

दुश्मनहरुले आमाको छातिमा परेट खेलेको
छोरा नै भएर हो गद्दार सहनु परेको छ ।

सायद द्रव्यको पट्टीछ,मुख खुल्दैन उहाँको
यता दु:ख्छ मुटु लगातार सहनु परेको छ ।

बोल्नुस महोदय अतीभो तापाईको मौनता
सदियौ देखि दक्षिणको प्रहार सहनु परेको छ ।

अ्मर खडका
हाल: कुबेत


सम्बन्धित शीर्षकहरु

इरानको न्यायपालिका प्रमुखले आइतबार चेतावनी दिएका छन् कि हालै भएको सरकार विरोधी प्रदर्शनको लहरमा संलग्नहरूले "थोरै पनि उदारता बिना" सजायको…

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

प्रतिकृयाहरू
...