Thursday 29th January 2026

गजल -असल यात्री


तिम्रो मन रैछ अंगार फुर्ती नगर
लगाएर सुनको हार फुर्ती नगर ।

धनी कसरी बन्यौ छर्लङ्गै छ नि
कस्तो घृणित व्यापार फुर्ति नगर ।

तिमीहरूकै लागि खोलिए भट्टीहरु
रक्सी पियर बारम्बार फुर्ती नगर ।

बाहिर ठिक्क पारी भित्र छुरा रोप्ने
तिम्रो त्यो नौजाले प्यार फुर्ती नगर ।

पैसाकै वलले ठाउँमा पुग्यौ तिमी
गरेका हैनाै र भ्रष्टाचार फुर्ती नगर ।

बलवान त समय हुन्छ हुदैन मान्छे
बिना अर्थ तिमी लगातार फुर्ती नगर ।

नामको अगाडि फलानो झुन्डिएपछि
कसरी तिमी ईज्जतदार फुर्ती नगर ।


सम्बन्धित शीर्षकहरु

इरानको न्यायपालिका प्रमुखले आइतबार चेतावनी दिएका छन् कि हालै भएको सरकार विरोधी प्रदर्शनको लहरमा संलग्नहरूले "थोरै पनि उदारता बिना" सजायको…

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

प्रतिकृयाहरू
...