Monday 12th October 2026

म्याग्दीमा माईक्रो बस दुर्घटना: ४ जनाले घटना स्थलमै ज्यान गुमाए, २८ जना घाइते


तितोपाटी – म्याग्दी जिल्लाको मालिका गाउँपालिका–७ बिममा भएको यात्रुबहाक माईक्रो बस दुर्घटनामा चार जनाले ज्यान गुमाएका छन भने २८ जना घाइते भएका छन । दुर्घटनामा परि ७० बर्षिय सतदेवी भट्टचन, ११ बर्षिया आयुसा जुग्जाली र ९ बर्षिय रवि जुग्जाली सहित गुल्मीको कालिगण्डकी गाउँपालिका–२ निवासी ३० बर्षिय विष्णु पाण्डेले ज्यान गुमाएका छन।

दरबाङबाट बिम गाउँतर्फ जाँदै गरेको ग १ ख ४४७६ नम्बरको बस साँझ साढे ६ बजे गलघन्टी भन्ने ठाउँमा दुर्घटना भएको हो । माईक्रो बस घुम्तीमा मोड नपुगेपछि सडकबाट खसेको हुनसक्ने प्रहरीले जनाएको छ । बस सडकको घुम्तीबाट करिब ५० मिटर तल खसेको छ । दुर्घटनामा परि घाईते भएकाहरुको उद्धारमा दरबाङ स्थित इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली, जनप्रतिनिधि र स्थानीयबासी खटिएका थिए ।

माईक्रो बसमा ३३ जना सवार रहेका थिए । दुर्घटनामा घाईते भएका २८ जनामध्ये केहि दरबाङ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरि घर फर्किएका छन् । सामान्य बाहेकका केही घाईतेहरुलाई प्राथमिक उपचार पश्चात प्राथमिक स्वास्थ्य केन्द्रले बेनी अस्पतालमा रेफर गरेको थियो । घाईते भएका मध्ये ५ जनालाई बेनी अस्पतालमा उपचार पश्चात थप उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरा रेफर गरिएको छ । भने ४ जना अस्पतालमै उपचाररत रहेको बेनी अस्पतालका सुचना अधिकारी प्रकाश शर्माले जानकारी दिए ।

 


सम्बन्धित शीर्षकहरु

अजरबैजान सरकारले विद्यालयमा धर्मनिरपेक्ष पोसाक नियम लागू गर्दै हिजाब लगाउन अप्रत्यक्ष रूपमा रोक लगाएपछि देशभर विरोध प्रदर्शन सुरु भएका छन्।…

यमनका हुथी विद्रोहीहरूको लगातार ड्रोन तथा मिसाइल आक्रमणपछि साउदी अरेबियाले रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन हाल केहि समयका लागि…

अमेरिकी अर्थशास्त्री रोबर्ट ई. हल र माइकल वुडफोर्ड लाई अर्थतन्त्रमा बाह्य झट्काको असर कम गर्दै अर्थव्यवस्थालाई स्थिर राख्न सहयोग गर्ने…

प्रतिकृयाहरू
...