Sunday 18th January 2026

गजल -जानकी जानू बिश्वकर्मा


म इतिहास बनेर देशमा बढ्न सकुं
म बुलन्द बनेर देशमा बढ्न सकुं

म लाचार र निमोख बनेर हैन
म नेपाली बनेर देशमा लड्न सकुं

म देशको माटोमा गद्धारी गरेर हैन
म आफ्नै पौरख र पसिनाले डट्न सकुं

म बिदेशीको भुमिमा नुन संग खुन साटेर हैन
म आफ्नै देशमा पसिना र पौरख साट्न सकुं

म जाली र फटाहा अपराध गरेर हैन
म नेपाली र नेपालको पहिचान बाँड्न सकुं

जानकी जानू बिश्वकर्मा
खैरेनीटार तनहुँ
हाल – कुवेत


सम्बन्धित शीर्षकहरु

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वलाई स्वीकार गर्ने निर्णय गरेको छ । सो…

प्रतिकृयाहरू
...