सप्तरङ्गी टिकाले मेरो निधार सजाउन
नपाएको पनि दस बर्ष पूरा भएछ दिदी
अब त तिमी अाउने बाटो हेर्ने रमितेको भिर
पनि मानव डोबविहिन भयो होला ।
लाग्छ बगैचा का फुलहरु
सयपत्री, मखमली र गोदावरी पनि
भाव विव्हल हुदै यो बर्ष पनि
वोटबाटै तल झर्नु पर्ने भो भनी
चिन्तित होलान् ।
सोच्दै छु यत्तिका बर्षमा
मेरो परिपुर्ति गरेर लेग्रो तानेर कस्ले
देउसे भट्टयायो होला ।
दिपावलीमा घर झिलिमिली गर्ने बिलियो पाखुरा
परदेश सिंगार्दै छ ।
वरपरका झिलिमिलि घरहरुले हाम्रो
घरलाई गिज्याई रहेका होलान् ।
प्रत्येक वर्ष झैं गाेवर्धन पूजाकाे दिन
तिमीले नाङ्लो भरि फुल राखी
माला उनिरहँदा म
मझेरीमा बसी मस्किदै
मन्द मुस्कान पाेख्दै
भाेलि नयाँ लुगा लगाउने हर्ष साच्दै
सेलराेटी र मसलाकाे भाग हेरेर मात्र
देउँसीबाट ल्याएकाे दक्षिणा
दिने सर्त मेराे लागि कयाैँ काेस फिजिएकाे
खुसीकाे जालाे बनिरहँदा
तिमी माकुरीजस्तै झेलिइरहन्थ्यौ ।
भाईटिकामा तिम्रो हातले
लगाएको तेल,काने काने गर्दै कान भित्र सम्मको
चिल्लो पन अाज पनि उस्तै छ
तर मेरा स्मृतिका पानाहरुमा
अनि
मेरा विगतका यादहरूमा मात्रै ।
दिदी याद ताजै छन् अझ पनि
सबै वस्तु पुराना हुँदै बिलाएर जान्छन्
जीवनमा तर किन याे मन
जति भत्किन्छ त्यति नजिक अाउँछ
अतित भएर
सायद उसलाई पनि एकान्त मन परेर हाेला
अाँखाबाट निस्किँने जलद्वारा बाँध फुटेपछि
सम्हालिन गाह्रो भएकाे पल
छिमेकबाट छिमेक हुँदै
तिम्रै घरसम्म अाउँछ तिहार बनेर
यदि भत्किएकाे भित्तालाई लिउन् लगाएर टाली
टिलिक्क पारे जस्तै मन टाल्न मिल्ने भए
केवल दिनरात नभनी
यही काम सक्थेँ हाेला पहिले
अनि भाग्यलाई अाेत लगाउने छानाे
छाउन मिल्ने हुन्थ्याे भने पीडालाई
उतै धुरी मारेर टिलिक्क सजाउँथेँ हाेला
रङ्गिन जस्तापाताले
तिम्रा खुसीका बार्दलीहरूमा भरिदिन्थेँ
खुसीका गमला
अनि राेपिदिन्थेँ
प्रत्येक तिहारमा
मगमगाउने उत्सवका बीजहरू
तर थाके दिदी यी नयनहरू
खबर लिएर अाएका परेवा यतै हराए
अाज म पराइकाे पासाेमा रहँदा
मतान बिरानाे भयाे
अाँगन पुरानाे भयाे
तिमी अनि म हुर्किएकाे घरलाई
पनि समयकाे
दाैडानले हुत्याएर अर्धचेत बनायाे रे
दिदी
केवल मेरो सम्झनामा
भाइटीकाकाे दिनसम्म बाटाे हेरिरहनु
साइत कुरिरहनु सजाउन मेरो निधार
सात समुन्द्र पारीबाट
शरद् ऋतुलाई अँगालाेमा राखी
भित्रिएकाे याे तिहारको ढाेकामा अाेखर
र कलश राखेर पर्खिरहेकी
मेरी दिदिको हातबाट टीका थाप्न
तिम्रो प्याराे भाइ अाउने कोसिस गर्दैछ ।
सम्झना सहित अटुट माया दिदी ।
माधव पाैडेल “असल यात्री”
सिन्धुपाल्चोक
हाल – कुवेत ।