Saturday 21st March 2026

दशैंका बेला परिवारलाई दुःखी बनाएर विदेशिदै युवा


तितोपाटी- बिहीबार दिउँसो २ बजे नेपालको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा मानिसको भीडभाड देखिन्थ्यो । सामान्य समयमा भने विदेसिनेको विमानस्थलको प्रस्थान गेटमा ठुलो भीडभाड हुन्थियो । तर, चाँडपर्वको समय भएर होला विमानस्थलको आगमन कक्ष आफन्त पर्खिने र विदेशदेखि छुट्टिमा घर फर्किनको चाप निकै ठुलो थियो । विमानस्थलको प्रस्थान गेटमा न्याउरो अनुहार लगाएर विदेशी जानहरु पनि फोनमा कुराकानी गर्ने व्यस्त थिए । दशैका टीका आउन केहि दिन मात्र बाकी रहेकाले होला उनीहरु खासै खुशी थिएनन ।
विमानस्थल प्रस्थान गेट बाहिर दशैंको टीकाको मुखमा विदेसिन लागेका केही श्रमिक फोनमा ‘दशैं यस्तै हो’ प्रदेशी जीवन राम्ररी चाडपर्व मनाउन भनेर फोनमार्फत परिवारसँग बिदा माग्दै थिए । यसैबिचमा विमानस्थलमा विदेसिनेको भीडमा बाग्लुङका शिवराज पौडेल भटिए ।
४ महिनाअघि वैदेशिक रोजगारीमा युएई जानका लागि राहदानी पेसेको थिए । उनले असोज १० गत १६ गते विदेश जान्नुपर्छ भनेर म्यानपावर कम्पनी बोलाएको विमानस्थलमा भेटिएको पौडलले बताएका छन् । पारिवारिक जिम्मेवारीका भएका कारण वैदेशिक रोजगारीमा जान्न बाध्य रहेको पौडलले बताए ।
‘यहि वर्ष छोरो जन्मिएको थियो । भिसा लागेका कारण पहिलो टीका लगाउन पाइन । अगाडी नी साउदी र युएई बसेर आएको हुँ,’ उनले भने, ‘ दशैँका बेला विदेसिँदा खाली निधार भयो । यो म जस्ता कति विदेशमा बसेका नेपालीहरुको पीडा हो । हामी जस्तो पेट पाल्न विदेशी जानेका लागि दशैँ–तिहार नआएकै राम्रो हुन्छ ।’
यस्तै, विमानस्थलमा भेटिएका धरानका जीवन मगर पनि दशैंको टीका आउन केही दिन बाँकी रहँदा विदेसिनु परेको बताउँछन् । परिवारसँग बसेर टीका लगाउन मन थियो । तर, मकाउको सुरक्षा गार्डका लागि भिसा आएपछि जान्न लागेको मगरले बताए । छोराछोरीले यो दशैमा सबै जान्न बसेर टीका लगाउनुपर्छ भनेका थिए । धेरै वर्ष भयो दशैंमा टीका नलगाएको । यो वर्षपनि पाइएन । दशैंको टीकाका मुखमा परिवारलाई रुवाएर विदेसिनु परेका छ,’ उनले भने, ‘हामी नेपालीको भाग्य नै यस्तै हो । देशमा रोजगारी नपाएपछि परिवार पाल्न र छोराछारी पढाउन विदेसिनुपर्ने बाध्यता छ ।’
दशैंका टीका लगाउने बेलामा विदेसिनु पर्दा नरमाइलो लागेको वैदेशिक रोजगारीमा कतार जाने विमानस्थलको गेटमा सुरक्षा जाँच गराइरहेका पोखराका लक्की श्रेष्ठले बताए । उनले भने, ‘राम्रो रोजगारीका लागि अवसर पाएका कारण टीका नलगाइ जान्न लागेको हुँ । दशैंतिहार मात्र होइन सधैँभरी परिवारसँग बसेर काम गर्ने मन थियो के गर्नु भाग्य मै अरुका देशमा पसिना बगाउन लेखेको रहेछ । दशैंका बेला परिवारलाई रुवाएर हिँडन मन थिएन ।’
दशैका मुखमा धेरैको भिसा लागेका कारण वैदेशिक रोजगारीमा पठाउनुपर्ने अवस्था भएको म्यानपावर सञ्चालक बताउँछन् । रोजगारदाता कम्पनीलाई यस्तै समयमा धेरै कामदारको आवश्यकता पर्छ त्यही भएर पठाउनुपर्ने उनीहरुको भनाई छ ।
सरकारले दशैं तिहारजस्ता महान चाडपर्वमा नेपाली श्रमिक वैदेशिक रोजगारीमा नपठाउन गरी केही दिन बिदाको व्यवस्था गर्नुपर्ने व्यवसायीको बुझाइ छ ।
नेपालमा रोजगारीका अवसर नभएका कारण दशैं तिहारमा पनि रोजगारीका लागि जान्नुपर्ने बाध्यता भएको वैदेशिक रोजगारीमा जान्न लागेका श्रमिकको गुनासो छ । चाडपर्वका बेला पनि दैनिक ४ देखि ५ सय वैदेशिक रोजगारीमा जाने गरेको विमानस्थलस्थित अध्यागमन कार्यलयले जानकारी दिएको छ ।

साभार खबर हब


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...