Thursday 26th March 2026

लामो बिदा बसी पुनःश्रम स्वीकृति लिएर विदेश जानेहरुको पुन:स्वास्थ्य परीक्षण अनिवार्य


तितोपाटी-पुनः श्रम स्वीकृति लिएर विदेश जाने कामदारले पुनः स्वास्थ्य परीक्षण पास भएको प्रमाणपत्र बुझाउनु पर्ने भएको छ। यसअघि पुन: श्रम स्वीकृति विदेश जान स्वास्थ्य परीक्षण आवश्यक थिएन।

विदेशबाट फर्किएर लामो समय बिदा बसेपछि पुनः वैदेशिक रोजगारीमा जान कामदारहरुले पुनः स्वास्थ्य परीक्षण गरी प्रमाणपत्र पेस गर्नुपर्ने बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए।

उनले भने, ‘वैदेशिक रोजगारीबाट फर्किएर ४/५ महिना बिदा बस्दा उनीहरुलाई कुनै रोग पनि लागेको हुन सक्छ, त्यसैले यस्ता कामदारले पुनः स्वास्थ्य परीक्षण गराई मेडिकल पास ( पोजिटिभ) रिपोर्ट बुझाउनुपर्ने प्रावधान हामीले अघि सारेका छौँ।’ आइतबारदेखि नै यो व्यवस्था कार्यान्वयन गर्न बिमा कम्पनीलाई निर्देशन दिइसकेको भए पनि आइतबारदेखि कार्यान्वयनमा ल्याउन नसकिएको र विस्तारै यो व्यवस्था कार्यान्वयनमा ल्याइने समितिका कार्यकारी निर्देशक पौडेलले बताए।

यस विषयमा वैदेशिक रोजगार विभाग तथा श्रम मन्त्रालयसँग पनि कुरा राखिसकेको उनको भनाइ छ। श्रम कार्यालय ताहाचल प्रमुख देवेन्द कार्कीका अनुसार बिमा समितिको निर्देशनअनुसार बिमा कम्पनीहरूले आइतबारदेखि पुनः श्रम स्वीकृति (रिइन्ट्री) लिएर वैदेशिक रोजगारीमा जाने कामदारहरूको पुनः स्वास्थ्य परीक्षण गरेको मेडिकल रिपोर्ट आवश्यक पर्ने बताएका थिए।

कार्यालय प्रमुख कार्कीले भने, ‘वैदेशिक रोजगारीबाट बिदामा आउने कामदारहरूको पुनः श्रम स्वीकृतिका लागि भिसा जारी हुँदा नै स्वास्थ्य परीक्षण भइसकेको हुँदा नेपालमा उनीहरुको पुनः स्वास्थ्य परीक्षण गरिरहनु आवश्यक छैन भनेर हामीले त्यस विषयलाई रोक्यौँ।’

बीमा समितिले रिइन्ट्री गरेर विदेशिने सबै कामदारको पुनः स्वास्थ्य परीक्षण होइन लामो समय नेपाल बसेर विदेशिने कामदारको हकमा मात्रै पुनः स्वास्थ्य परीक्षण गर्नु पर्ने व्यवस्था मात्र सान्दर्भिक हुने उनको भनाइ छ।
नेपाल लाईभ बाट


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

-गुलाम नवि मन्सुर/कुवेत नेपालको राजनीतिक इतिहासमा आगामी १३ गते हुन गइरहेको नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण तथा मन्त्रिपरिषद् विस्तार केवल एउटा…

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

प्रतिकृयाहरू
...