Thursday 15th January 2026

काबुलमा भएको आत्मघाती हमलामा २ नेपालीको मृत्यु


तितोपाटी- अफगानिस्तानको राजधानी काबुलमा सोमबार राति भएको विस्फोटमा दुई जना नेपालीको मृत्यु भएको छ ।

सोमबार राति काबुलमा भएको विस्फोटमा १६ जना मारिएका थिए । काबुलस्थित ग्रीन भिलेज क्याम्पमा राति पौने १० बजे भएको बम विस्फोटमा अन्य १९ जना घाइते भएका छन् । विस्फोटमा ग्रीन भिलेज क्याम्पको सुरक्षाको जिम्मा पाएको गार्दा वर्ल्ड नामक क्यानेडियन सुरक्षा कम्पनीमा कार्यरत दुई जना नेपालीको मृत्यु भएको हो । मृत्यु हुनेमा चितवनका कृष्ण थापा र रोप्लाका चन्द्र पुन रहेको बताइएपनि दूतावासबाट यसको औपचारिक पुष्टि भने भएको छैन ।

उक्त विस्फोटको जिम्मा तालिवानी समूहले लिएको छ ।

यसअघि २०७३ साल असारमा आफगानिस्तानको राजधानी काबुलमा भएको बम आक्रमणमा १२ जना नेपालीको ज्यान गएको थियो । नेपाली सुरक्षा गार्ड सवार मिनिबसमा भएको हमलामा उनीहरुको मृत्यु भएको थियो ।


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...