Thursday 5th March 2026

थारु जातिले अलग्गै देशको लाल पुर्जा मागेको छैन


जय नारायण माझी थारू – हाम्रो देशको नेताहरु परापुर्वकालको महर्षि बाल्मीकि र द्रोणचार्य भन्दा पनी बढि बिद्धवान छन । एकल मनसिकता भएका मानिसहरु सन्सारमा एकलिदै जान्छन भन्ने इतिहास साक्षी छ । एकल सोचले सन्सार जितेको उदाहरण कतै छैन । एकल सोचले केही वर्ष र केही दशक त शासन गर्न सकिएला तर त्यही एकल सोचको बिरुद्ध कुनै एउटा समुह वा समुदाय जाग्यो भने त्यसको अन्त्य निश्चित हुन्छ। सन्सारमा एकात्मक सोचाई भएकोहरुको कसरी अन्त्य हुन्छ भन्ने कुरा नेपोलियन र हिटलरको उदाहरण नै काफी हुन्छ जस्तो लाग्छ मलाई ।

थारु जाति त चुपचाप सहयात्री नै बनेर बसेको थियो तर नेपालका नेताहरुले आफ्नो झिनो मसिनो राजनितिक स्वार्थको लागी थारु जातिलाई किन उपयोग गरियो ? नेपालमा जातिगत संघ संगठन निर्माणमा को जुट्यो …? बिश्व आदिवासी जनजाति आई एल ओ १६९ महासन्धीमा कसले हस्ताक्षर गर्यो ? समार्थ्य र पहिचानको अधारमा सङ्घियताको बर्गीकरण कस्ले गर्छु भन्यो ? भन्ने कुरा बुझ्रन जरूरी छ । मुलवासी आदिवासी थारुहरु यि सबै मागहरु प्रमाणको आधारमा राज्यसत्ता सँग मागेको मात्र हुन तर राज्यसत्ता सङ्ग आफ्नो हक अधिकार प्राप्त गर्नको लागि सङ्घर्ष गर्दा दोषी किन देखछन ? हिजो देशको राजनीतिक कर्मीहरुले आफ्नो झिनो स्वार्थको लागि प्रयोग गरिरहँदा राज्यसत्ताले सोध्नुपर्छ कि पर्दैन? आज देशमा टिकापुर जस्तो राजनितिक आन्दोलनको अवस्था सृजना हुनुमा थारु जाती दोषी कि शदियौ देखि शासन गर्ने शासक दोषी ?

नेपालको राजनीतिक इतिहासमा जनता कहिले दोषी छैन जस्तो लाग्छ । यहाँ त जनतालाई प्रयोग गर्ने हतियार मात्र बनाइएको छ । महाकाली, कोशी, गण्डकी, अरुण लागयत सिमामा सम्झौता गर्नेहरु निर्दोष ? आफ्नो हातमा साशन सत्ता भएमा जहाँ पायो त्यहीँ फाईलमा हस्ताक्षर गर्नेहरु देशको असली राजनितिज्ञ ? लाउडा, धमिजा, बिराटनगर जुट मिल , जनकपुर चुरोट कारखाना , हेटौडा कपडा उधोग, बासबारी छालाजुता कारखाना वीरगञ्ज चिनी मिल बेचेर खानेहरु राष्ट्रवादी ? राति राति सपना देख्ने दिउँसो दिउँसो जनतालाई उखान कहानी सुनाउदै हिड्नेहरु चाहि खाँटी राष्ट्रवादी ? मिल्यो भने सबै ठिक मिलेन भने सबै बेठिक !! वाह मेरो देशको राष्ट्रवादीहरू!

हामी कस्तो देशमा बाचिरहेका छौ जहाँ कौवाले जस्तै काँ काँ गरेर जनताको हुर्मत लिने नेताको हुकुम चल्छ । राज्यसत्ताको शासकले दिने के हो?जनताले मागेको हक अधिकार। जहानेर जनतामा असन्तुष्टी प्रस्फुटीत हुन्छ त्यहीँबाट देशको बिकासमा ब्रेक लाग्न शुरु हुन्छ भन्ने कुरा देश चलाउनेहरुले बुझिहाल्नु पर्छ कि पर्दैन? देशलाई सङ्घिय लोकतान्त्रिक गणतन्त्र ब्यवस्थालाई कसरि सस्थागत गर्ने हो भन्ने कुरा बेमा बुझ्नु पर्दछ सङ्घिय लोकतान्त्रिक गणतन्त्रको दुहाई दिने माहन नेताहरुले ।

नेपालको पुर्व देखि पश्चिम सम्मको थारु जातिले राज्यसत्तासँग छुटै राज्यको लालपुर्जा मागेको छैन । थारु जनाताले वर्षौ देखि उत्तपिडनमा परेको, वर्षै देखि राज्यसत्ताबाट भैरहेको बिभेदको अन्त्य, देशको हरेक निकाय, हरेक क्षेत्रमा बरावरीको अधिकारको सुनिश्चिता सहितको संवैधानिक अधिकार मागेको हो । यसले समग्रमा नेपाललाई राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, भाषिक, धार्मिक, लैङ्गिक, जातिक , क्षेत्रीय सबै खाले विभेदहरूबाट मुक्त गर्ने छ । अब यि विषयहरूलाई सूत्रवद्व गरी राष्ट्रिय मुक्तिका लागि सङ्घीयता र वर्गीय मुक्तिका लागि बैज्ञानिक समाजवादको स्थापना गर्न जरुरी छ । त्यसैले देश भित्र भएको तमाम उत्पिडिनमा परेको सम्पुर्ण जात, वर्ग र समुदायलाई अधिकार सम्पन्न बनाउन ततकाल संविधान संशोधन गरेर देशलाई बिखन्डनबाट बचाउन जरुरी छ । किनकी भाई भाई नै मिलेर परिवारको भलो हुन्छ, परिवार भलो भयो भने जगत नै भलो हुन्छ । रामायणमा भाई भाई फुटेर नै रावणले युद्ध हारेको पौराणिक सत्यता छ हामी माझ । बेलैमा सबैमा चेतना जागोस ।


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...