-तोयानाथ उपेक्षित
भोली पत्रकार रवि लामिछाने छुट्छन भन्नेमा धेरैको विश्वास छ । उनलाई राखिरहनु पर्ने कारण पर्याप्त छैन भनेर धेरै कानूनका ज्ञाताहरुको तर्क पनि छ तर उनलाई यति सजिलै छोडिएला भनेर पत्याउन गाहो छ । प्रहरी ले अनुसन्धानको नाममा २४ दिन सम्म हिरासतमा लिन सक्ने कानूनी आधारलाई दुरुपयोग गर्दै पुनः दश दिनलाई थप म्याद माग्न सक्नेछ । तब त्यसलाई अदातली आदेश ले के गर्दछ त्यो भने हेर्न बाकी छ । यदि पुन रबिलाई थुनामा राख्न अदालतले म्याद थपिदियो भने न्यायलय पनि विवादमा तानिन सक्दछ यसो हुनु भनेको न्यायलयको विश्वसनियता माथि आँच आउनु हो । अहिले सम्म प्रशासन र सरकारमाथि उठ्दै आएको आशंका न्यायलयतिर पनि सर्नु हो ।
देश रविमय भएको छ । जनताको अपार माया रविले पाएका छन । निमुखाहरुको माया गर्ने राष्ट्रभक्तको लागि यो एउटा परिक्षण पनि हो । कुनै राष्ट्रिय नेता काठमाण्डौमा मर्दा जति मलामी हुदैन त्यो भन्दा धेरै जनता हेरक जिल्लाका एउटा एउटा बस्ती खाली गरेर सडकमा निस्केका छन । यो ख्यालठट्टाको कुरा होईन । शासकले सत्तामा बसेर यति कुरा आज सम्म बुझेका भए रवि भोली छुट्ने छन होईन भने उनीहरुले आफैलाई पुर्ने खाडल खने सरह हुनेछ भोलीको फैसलाको नतिजा । कुनै सत्ता वा दल वा नेता अदालत वा प्रशासन लाई देखाएर रबि प्रति ओठे सहानुभूति दर्शाउन नखोजोस जनता भेडा होईनन । तिनका लागि सडक मा २० जना निस्कदा तिनै मानिस जनता हुने र एउटा निडर जनसेवी देशभक्त प्रत्रकारका लागि सिंगो मुलुक आन्दोलित हुदा भीड देख्ने तिनका आँखा र गिदी को अप्रेशन जनताले गर्न पर्ने दिन देख्न नपरोस ।
देशभरी रबि को समर्थनमा नारा लाग्नु , गित बन्नु जनताको सचेतनताको यो एउटा अव्वल स्तर हो । नेपाली जनता न्याय प्रेमी छन भन्ने प्रमाण हो । आवाज विहिनहरुको आवाज मर्न दिन हुन्न भन्ने गतिलो जवाफ हो ।
कठै ! नेपाल को कानूनको प्रयोग गर्ने प्रशासनको स्तर र बुझाई । दुरुत्साहान भनेर रबि ले कसैलाई मर मर भन्दै मरे मुक्ति पाईन्छ भनेर अभिप्रेरित गरेको कुरा पनि होईन । नमरे बाँच्नै नसक्ने परिस्थितीमा पुगेको पनि देखिन्दैन । स्यम लागेर मारेको पनि होईन । मार्ने मतियार को भूमिका निभएको पनि होईन । मर्न बाध्य पारिएको पुष्टि हुने यथेष्ट प्रमाण कसैसँग छैन । अनि भाग्न सक्ने अपराधिक पृष्ठभूमि भएको व्याक्ति रबि लामिछाने हुदा पनि होईन । शालिकरामको मृत्युको खबर ले आफै विक्षिप्त बनेका रबि लाई दोष लगाएको एउटा भिडियो मा आरोप लगाउदैमा सिंगो देशका आवाजको गला दवाउन यति उद्दत र हतार किन भयो प्रशासन लाई ? के यो कुरा गृहमन्त्री बादल को जानकारी र निर्देशन विना भईरहेको छ ? के यो कुरा केपी ओली र प्रचण्डको हस्तक्षेप विना भईरहेको छ ? एउटा सामान्य नागरिक लाई चित्त नबुझ्ने न्यायीक हिरासत भनेको रिस उठेका लाई सिद्ध्याउने अस्त्र नै हो त ?
बकम्फुसे कुरा, यो देशका केही बुद्धिजीवी भनाउदाले बोल्दै हिडेका छन । रक्सी र मासुका भरमा बोल्ने एकाध स्तरहिनहरुलाई छाडेर हेर्ने हो भने सारा देश रवि लाई अन्याय भयो भन्ने निश्कर्षमा छ ।
आम जनताको भावना र निश्कर्षसँग मेल नखाने कानून भए बदल्नु पर्दछ । प्रयोग गर्न ढग नभए विशेषज्ञको राय लिन पर्दछ । एउटा सिपाईको स्तरबाट नजिर समेत नबनिसकेको कानूनको व्याख्या वा प्रयोग गर्ने धृष्टता देखाएर राष्ट्रिय व्याक्तित्वको मानमर्दन गर्नु र सरकार त्यसमा तालि बजाएर बस्नुको परिणाम कति घातक हुनसक्दछ भनेर दुरदर्शिता राज्यसंयन्त्रमा देखिएन । देशको सुशासन र न्यायीक प्रणालीमाथि आफैले अविश्वास को विष बमन गर्दा तिनले दिने न्याय खोई कस्तो होला ? यति कुरा पनि नबुझ्ने कस्ता नेता, कस्ता बुद्धिजीवी र कस्ता वकिलहरु ? सर्टिफिकेट र पदिय जिम्मेवारी का लागि प्राप्त योग्यता को दुरुपयोग कसैले नगरोस । । जनताबाट अलगथलग हुने कस्तो राज्यव्यवस्था निर्माण गर्दैछौ सवाल उठ्न थालेको छ ।
कानून र अदालतको हातमा परिसकेका रवि लाई त्यहिबाट न्याय मिल्छ । अनुसन्धानमा बाधा दिन हुदैन । भीडले फैसला गर्ने होईन आदि ईत्यादी कुरा गर्नेहरुले न्यायीक हिरासतमा लिएर बेपत्ता पारिएकाहरुको विगत किन विर्सेका होलान ? लाखौ पैसामा न्याय मरेका कयौ फैसला किन नपढेका होलान । उनीहरुले जे जे भन्छन त्यहि त्यही कुरामा सहि थप्ने काम त दलिय अनुबन्धमा बाधिएका कार्यकर्ता को हो । ती हुन भेडा र भीड । स्वतस्फुर्त आफ्नो ब्रहम लाई साक्षी राखेर न्यायका लागि सडमा उर्लनेहरु विवेकशिल न्याय प्रेमी जनता हुन उनीहरुको मानमर्दन गर्नेहरु यो देशका शत्रु हुन ।
आशा गरौ । न्यायलयले प्रहरीको २४ दिने कोटा लाई कटौती गरेर भोली रवि लाई हिरासत मुक्त गराउने फैसला गर्नेछ । यदि यसो भएन भने दान बहादुर मल्ललाई केही हुदैन । रवि लामिछाने लाई केही हुदैन, जे जे हुन्छ यो राज्य सत्ता र सत्ताधारी दलहरुलाई नै हुन्छ । निर्मला काण्ड देखि चिप्लदै आएको सरकार अव दुरमुराउछ । अर्को चुनाव अगावै गिर्न पनि सक्छ । एक वेला दिएको जनअभिमत पाँच बर्षलाई मनपरी गर्न दिएको मत होईन । सँग सगै न्यायलयप्रतिको आस्था झनै डगमगाउछ । जसले विप्लब र राजबादीहरुलाई फाईदा पुग्दछ ।
अहिले रवि लाई आधार बनाएर विधंन्स मच्चाउनेहरुको मानशिता जनताले सयमतापूर्वक बुझेका छन भोली यो संयमता नरहन पनि सक्छ । न्यायका लागि सडकमा ओर्लनेहरुलाई सरकार विरोधी कांग्रेसी वा अरु जमात भनेर रवि लाई राजनितीकरण गरियो भने सडकको जनता बास्तवमै कि कांग्रेस हुन्छ कि राजावादी कित विप्लब । शासकले यो कुरा बुझ्न र झोलेहरुले, हनुमान चालिसा जप्न छाड्न पर्दछ । भोली रबि छाडिए भने उनले पूर्वाग्रह राख्ने छैनन । सडकमा उत्रेका जनता कुनै दलविशेषको आग्रहमा आएका छैनन त्यहाँ न्यायप्रेमी जनता छन । उनले किशोर पत्रकारिताको विरोध गरि नै रहुन । व्याशायीक पत्रकारिताको नाममा उधोग र कारखाने चलाउने मालिकहरुलाई चुनैती दिएर जनताका आवाज आफ्नै शैलीमा चलाईरहुन । रवि अब एउटा संस्था हो व्याक्ति होईन जसले चाहेमा राज्यलाई चुनौति दिन सक्छ विपक्षीहरुलाई पाखा लगाउन सक्छ । रवि आफैमा एउटा बलियो प्रतिपक्ष हो भनेर प्रमाणीत भईसकेको छ ।