Sunday 29th March 2026

पढ्नकै लागि दैनिक २ सय नेपाली विद्यार्थी विदेशमा


तितोपाटी- पछिल्लो ८ वर्षको अवधिमा अध्ययन गर्न विदेश जाने विद्यार्थीको संख्या ७ गुणाले वृद्धि भएको छ । विगत ८ वर्षको तथ्यांकलाई हेर्दा अध्ययनका लागि सरकारसँग अनुमति लिएर विदेशमा पढन जाने विद्यार्थीको तथ्यांक बढेको देखिएको हो । विभिन्न देश ३ लाखभन्दा धेरै नेपाली विद्यार्थी विदेशी विश्वविद्यालयमा प्रवेश गरेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको तंथ्याकमा उल्लेख छ ।

८ वर्षयता ३ लाख २३ हजार ९ सय ७२ जनाले विदेशमा अध्ययन गर्न अनुमति लिएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक शिक्षा अनुमति शाखा प्रमुख गिरमान थापाले जानकारी दिए । गत आर्थिक वर्षमा ६३ हजार ३ सय ५९ जनाले विभिन्न देश अध्ययन गर्ने जाने अनुमति लिएको शाखाको तंथ्याकमा उल्लेख छ ।

आर्थिक वर्ष २०६८/६९ मा १० हजार ३ सय २४ जनाले विदेशमा अध्ययन गर्न अनुमति लिएका थिए। यो संख्या बढेर गत आर्थिक वर्ष २०७५/७६ सम्म आइपुग्दा ६३ हजार २ सय ५९ जना पुगेको शाखाको तंथ्याकमा उल्लेख छ । यो अवधिमा विदेश अध्ययन गर्ने जाने विद्यार्थी संख्या ७ गुणाले वृद्धि भएको शाखाले जनाएको छ ।

अध्ययनमा गएका विद्यार्थी अध्ययन पुरा गर्छन कि गदैन् भने विषयमा सरकार बेखबर छ । अध्यययन सकेर फर्किने विद्यार्थीको तंथ्याक सरकारसँग छैन । अध्ययनका लागि गएका विद्यार्थीको अवस्था कस्तो छ भने विषयमा सरकार अनविज्ञ छ ।शाखाको पछिल्लो ८ वर्षयताको तंथ्याक हेर्दा अहिले औसतमा दैनिक २ सय नेपाली विद्यार्थी विदेशका विभिन्न विश्वविद्यालयमा अध्ययनका लागि जाने गरेका छन् । नेपाल सरकारसँग अनुमति लिएर ६९ देशका विभिन्न विश्वविद्यालयमा नेपाली विद्यार्थी अध्ययनका लागि जाने गरेका छन् ।

विगत ८ वर्षदेखि अध्ययनका लागि विदेसिने नेवाली विद्यार्थीको संख्या वार्षिक रुपमा बढ्दै गएको शाखा प्रमुख थापाले बताए । स्वदेशमा अध्ययन गर्ने विश्वविद्यालय हुँदा पनि विदेश जाने मोह बढ्दै गएको उनको भनाइ छ । एक दर्शकमा अध्ययनका लागि विदेसिने विद्यार्थीको संख्यामा उच्च बृद्धि भएको शाखा प्रमुख थापाको बुझाई छ ।

अस्ट्रेलिया र जापानसहित १५ देश मुख्य रोजाईमा

नेपाली विद्यार्थीले अध्ययनका लागि सबैभन्दा धेरै अस्ट्रेलियालाई रोज्ने गरेका छन् । ८ वर्षमा करिब ४० प्रतिशत विद्यार्थीले अस्ट्रेलियाका लागि अनुमति लिएको शाखाले जनाएको छ । यो अवधिमा ८० हजार विद्यार्थी अध्ययनका लागि अस्ट्रेलिया गएका छन् । अस्ट्रेलियापछि नेपाली विद्यार्थीको रोजाईमा जापान परेको छ ।

गत वर्षमा ६३ हजार विद्यार्थी अध्ययनका लागि जापान पुगेको पाइएको छ । आर्थिक वर्ष २०७४/७५ मा ५६ हजार २ सय १६ जनाले अध्ययनका लागि विदेसिएका थिए । अघिल्लो आर्थिक वर्षको तुलनामा १० हजार धेरै गत आर्थिक वर्षमा अध्ययनका लागि विदेसिएको शाखाले जनाएको छ ।

गत आर्थिक वर्षमा अस्ट्रेलियापछि जापान पढ्न जानेको संख्या थियो । गत आर्थिक वर्षमा ३६ हजार ३ सय २४ विद्यार्थीले अस्ट्रेलिया जान मन्त्रालयबाट अनुमति लिएका थिए भने जापानका लागि ८ हजार ५ सय २३ जना विद्यार्थीले अनुमति लिएका थिए ।अन्य देशको तुलनात्मक रुपमा सजिलो भिसा प्रक्रिया र पढाईसँगै काम पनि गर्न पाउने भएकाले अस्ट्रेलिया र जापान जान रुचाउने विद्यार्थीको संख्या बढ्न थालेको छ ।

कुन देश जाने कति ?

गत आर्थिक वर्षमा अस्ट्रेलिया ३६ हजार ३ सय २४, जापान ८ हजार ५ सय २३, भारत २ हजार ५९, साइप्रस २ हजार ३ सय २, चीन १ हजार ८ सय ८१, क्यानडा १ हजार ६ सय ७१, अमेरिका १ हजार ४ सय, न्युजिल्यान्ड १ हजार ३ सय ८५, दक्षिण कोरिया १ हजार १ सय ९८, युएई ८ सय ४१, फ्रान्स ७ सय ८६, बंगलादेश ६ सय २८ जर्मन ५ सय १६, थाइल्याण्ड ५ सय १२, बेलायत ३ सय ४६, पोल्याण्ड ३ सय ४६, माल्टा ३ सय ३९ र २ सय ५० जना डेनमार्क पुगेका छन् ।

अन्य देशको तुलनात्मक रुपमा सजिलो भिसा प्रक्रिया र पढाईसँगै काम पनि गर्न पाउने भएकाले अस्ट्रेलिया र जापान जान रुचाउने विद्यार्थीको संख्या बढ्न थालेको हो ।

नेपाली विद्यार्थी ६९ देशमा

अध्ययनका लागि नेपाली विद्यार्थी ६९ वटा देश पुग्ने देखिएको छ । सरकारले हालसम्म ६९ देशमा अध्ययन अनुमति जारी गदै आएको छ । भारत, अस्ट्रेलिया, जापान, साइप्रस, क्यानडा, चीन, अमेरिका, बंगलादेश, श्रीलंका, स्वीडेन, इस्टोनिया, लाट्भिया, जर्जिया, नेदरल्यान्ड, लक्जम्र्ब, पोल्याण्ड, जर्मन, डेनमार्क, न्यूजिल्याण्ड, इटाली, ओमान, आयरल्याण्ड,, स्लोभानिया, कतार, पाकिस्तान, साउथ अफ्रिकालगायतका ६९ मुलुकमा अनुमति लिएर नेपाली विद्यार्थी जाने गरेको शिक्षा मन्त्रालयले जनाएको छ । यूएई, मोरिसस, माल्टा, थाइल्याण्ड, हंगेरी, डेनमार्क, चेक रिपब्लिक, मलेसिया, फिनल्याण्ड, रसिया, फिलिपिन्स, स्पेन, नर्बे र बहराइनलयागतका देशमा पनि नेपाली विद्यार्थी अध्ययनका लागि पुग्ने गरेका छन् ।

यस्तै, किर्गिस्तान, बेल्जियम, स्वीट्जरल्यान्ड, सिंगापुर, टर्की, साउदी अरब, लिथेयोनिया, इजिप्ट, उत्तर कोरिया, हङकङ, अस्ट्रिया, पोर्चुगल, अर्मानिया, श्रीलंका, रुस, ग्रीस, इजरायल, क्राएसिया, इन्डोनेसिया, बोस्निया हर्जगोभिना, ताइवान, टर्की र माल्दिभ्स लगायतका देशमा पनि अध्ययन गर्ने विद्यार्थी जाने गरेको शाखाले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । यस्तै नेपाली विद्यार्थी युक्रेन, रोमानिया, बु्रनाइ, भियतनाम, स्कटल्यान्ड पनि पुग्ने गरेका छन् । नेपाली विद्यार्थीले नयाँ नयाँ शैक्षिक गन्तव्य पनि खोज्न थालेका छन् । कम लागतमा पढ्न सकिने तथा भविष्यलाई सुरक्षित र व्यवस्थित बनाउन सकिने गन्तव्य विद्यार्थीको रोजाइमा छ ।

पढ्न गएका विद्यार्थी बारे सरकार बेखबर

विज्ञान, प्रविधि, व्यवस्थापन, मानविकी र स्वास्थ्यलगायतका विषय अध्ययनका लागि नेपाली विद्यार्थी ठुलो संख्यामा विदेश जाने गरेका छन् । अध्ययनका लागि विभिन्न देशका विश्वविद्यालयमा पुग्ने नेपाली विद्यार्थी पढाइसकेपछि स्वदेश फर्कन्छन् वा उत्तै रोजगारी गदै बस्छन् भने तंथ्याक सम्बन्धीत निकाय शिक्षा मन्त्रालयसँग छैन ।

अध्ययनमा गएका विद्यार्थी अध्ययन पुरा गर्छन कि गदैन् भने विषयमा सरकार बेखबर छ । अध्यययन सकेर फर्किने विद्यार्थीको तंथ्याक सरकारसँग छैन । अध्ययनका लागि गएका विद्यार्थीको अवस्था कस्तो छ भने विषयमा सरकार अनविज्ञ छ । प्राय अध्ययनका लागि विदेश गएका विद्यार्थी स्वदेश नफर्कने गरेका छन् । पछिल्लो समय अध्ययनका लागि नेपाली विद्यार्थीले नयाँ नयाँ शिक्षा गन्तव्यको खोजी थालेको शाखाले जानकारी दिएको छ ।
साभार खबर हब


सम्बन्धित शीर्षकहरु

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

प्रतिकृयाहरू
...