Sunday 18th October 2026

‘सोच’ मा नीता-प्रज्वलको प्रेम


तितोपाटी- एक्सन लभस्टोरी फिल्म ‘सोच’ को ट्रेलर बुधबार सार्वजनिक गरिएको छ । भदौ २० गते एकल प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको ट्रेलरमा प्रज्वल गिरी, नीता ढुंगाना र नवनायक पूजन सिंहबीचको प्रेम र द्वन्द्वको सेरोफेरो देखिन्छ ।केही समयअघि टिजर र एउटा गीत सार्वजनिक गरिएको फिल्मलाई पूजन सिंह (प्रभाकर प्रकाश) ले निर्देशन गरेका हुन् ।

पूजनकै कथा रहेको फिल्मको निर्मातामा गंगा रजक र एसडी रहेका छन् । सोच फिल्मस् प्रोडक्सन एन्ड डिस्ट्रिब्युटर्सको ब्यानरमा निर्मित फिल्मलाई विदुर पाण्डेले खिचेका हुन् । कृष्ण आचार्यको पटकथा, संवाद रहेको फिल्ममा एनबी महर्जनको द्वन्द्व, रामजी लामिछाने र प्रभाकर प्रकाशको कोरियोग्राफी, डीजे एलएक्सको संगीत र प्रितम पाण्डेको सम्पादन छ । उत्तम केसी, विशाल पहाडी, सोनिका, किरण थापा, रितेश श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको छ । ‘सोच’लाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।


सम्बन्धित शीर्षकहरु

दूर क्षितिजबाट आज तिमीलाई निहारेँ, नयनका बाटोभरि तिम्रै छवि सिँगारेँ। मन्द पवन बनी आयो तिम्रो मधुर सुवास, श्वास–श्वासभित्र राखेँ प्रेमको…

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

रुसले पश्चिमी युक्रेनमा आक्रमण गरेपछि पोल्यान्डका लडाकु विमान आकाशमा, हवाई प्रतिरक्षा सतर्क काठमाडौं, अक्टोबर १६ — रुसले पोल्यान्डको सीमासँग जोडिएको…

प्रतिकृयाहरू
...