Monday 12th January 2026

चलचित्र हिरो नं १ को दोस्रो गीत”माया दिन्छु नि” सार्वजनिक(भिडियो सहित)


तितोपाटी- चलचित्र हिरो नं. १ को अर्को गीत सार्वजनिक भएको छ । जय किशन बस्नेत फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको यस चलचित्रको माया दिन्छु नि बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।

मधु न्यौपानेको शब्दमा ताराबीर पाण्डेले संगीत गरेको यस गीतमा कपिल पौडेल र संगीता तिमल्सिनाले स्वर दिएका छन् । उक्त गीतमा नायक जय किशन बस्नेत र नायिका एलिना रायमाझीले भब्य रोमान्स गरेका छन् । चलचित्रको गीतमा दुइ जनाको माया प्रेम र बिबाह हुँदै अनौठो तरिकाको बच्चा जन्मिएको सम्म देखाईएको छ ।

तुरुन्तै अल नेपाल रिलिजको तयारीमा रहेको चलचित्र हिरो नं. १ मा जय किशन बस्नेत र एलिना रायमाझीको साथमा जाहान्वी बस्नेत, राजिव जंग बस्नेत, संघरत्न महर्जन। टार्जन, लय संग्रौला। शोभित बस्नेत, शुभेच्छा थापा लगाएतका कलाकारहरुले अभिनय गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...