Friday 20th March 2026

चलचित्र हिरो नं १ को दोस्रो गीत”माया दिन्छु नि” सार्वजनिक(भिडियो सहित)


तितोपाटी- चलचित्र हिरो नं. १ को अर्को गीत सार्वजनिक भएको छ । जय किशन बस्नेत फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको यस चलचित्रको माया दिन्छु नि बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।

मधु न्यौपानेको शब्दमा ताराबीर पाण्डेले संगीत गरेको यस गीतमा कपिल पौडेल र संगीता तिमल्सिनाले स्वर दिएका छन् । उक्त गीतमा नायक जय किशन बस्नेत र नायिका एलिना रायमाझीले भब्य रोमान्स गरेका छन् । चलचित्रको गीतमा दुइ जनाको माया प्रेम र बिबाह हुँदै अनौठो तरिकाको बच्चा जन्मिएको सम्म देखाईएको छ ।

तुरुन्तै अल नेपाल रिलिजको तयारीमा रहेको चलचित्र हिरो नं. १ मा जय किशन बस्नेत र एलिना रायमाझीको साथमा जाहान्वी बस्नेत, राजिव जंग बस्नेत, संघरत्न महर्जन। टार्जन, लय संग्रौला। शोभित बस्नेत, शुभेच्छा थापा लगाएतका कलाकारहरुले अभिनय गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...