Monday 23rd March 2026

खुमन र रमिलाको ‘पशुपतिमा’लोकप्रिय बन्दै, पर्‍यो नेपाल ट्रेण्डिङको १४औं नम्बरमा (भिडियो)


तितोपाटी- नेपाली नारीहरुको महान पर्व हरितालिका तीज आउन केही हप्ता बाँकी रहेका बेला सार्वजनिक गरिएका तीज गीतहरुले दर्शक र स्रोताको मन जितेका छन् । सो गीत युट्युबको नेपाल ट्रेण्डिङमा परेको छ । यो समाचार तयार पर्दासम्म युट्युबमा २ लाख ९४ हजार ८ सय ८५ पटक हेरिएको सो गीत नेपाल ट्रेण्डिङको १४ नम्बरमा परेको हो ।

तीज विस्तारै नजिकिदै गर्दा पछिल्लो समय कलाकार सर्जक हरुलाइ तिज विशेष गीत तयार गर्न भ्याइ नभ्याइ छ ।विशेष गरि तिजको अवसरमा नयाँ तथा पुराना कलाका ,सर्जक सबै संग सहकार्य गर्ने अन्य कलाकार भन्दा बढी खुमन अधिकारिको देखिन्छन । बर्षौ देखि सहकार्य गर्दै आएको सांगीतिक जोडि रमिला न्यौपाने र खुमन अधिकारीको आवाजमा यो गीत तयार भएको हो ।
यस गीतमा खुमन अधिकारीको लय बाबुराम बोहराको शब्द सिर्जना रहेको छ । प्रकाश भट्ट को निर्देशन ,राजेश घिमिरेको छायांकन र बिष्णु शर्माको सम्पादन मा तयार भएको पशुपतिमा को म्युजिक भिडियो मा नायिका सुरक्षा पन्त र खुमन आधिकारि स्वंयको अभिनय र नाच देख्न पाइन्छ ।


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

प्रतिकृयाहरू
...