जय नारायण माझी थारू – वि.सं. २००७ सालमा तत्कालिन राणाशासनको अन्त्य गरि प्रजातन्त्रको स्थापना पश्चात नेपालमा दुई किसिमको राजनितिक धार भएको राजनिति दल पहिलो -प्रजातन्त्र , समाजवाद सहितको नवउदारवाद ,दक्षिणपन्थी पुंजिवाद अंगालेको नेपाली कांग्रेस पार्टी र दोस्रो कम्युनिजम बिचार बोकेको पर्टी नेपाल कम्युनिस्ट पार्टी उदय भएको इतिहासकारले बताउछ ।
दुईवटै राजनीतिक दल बिभिन्न आन्दोलन गर्दै, बाधा अवरोधलाई चिर्दै, देशमा तत्कालिन राजाबाट अपदस्त प्रजातन्त्रलाई फर्काउन र निर्दलिय पञ्चायती साशनको बिरुद्धमा आन्दोलन गर्दै प्रजातन्त्र पुर्ण बहाली र संसदिय ब्यवस्थालाई जोगाउनको लागि धेरै सङ्घर्सहरु गरेर तत्कालिन राजसँस्थालाई घुडा टेकाउँदै देशको साशनसत्ता सताको बागडोर सम्म पुगेको इतिहासहरु ज्वोलन्त छन । बिगतमा गरेको उपलब्धिलाई जनताले नकार्न पट्कै मिल्दैन । देशमा दुई वटै धारको राजनितिक पार्टी पालै पालो देशको साशन सत्तामा पुगे र वर्षौ सम्म देश को बागडोर सम्हाले तर पनि देश र जनताले अपेक्षा गरेको उपलब्धिहरु भनाईमा मात्र सिमिति भए। धनिहरु झन झन धनि हुदै गए भने गरिब जनता झन झन गरिबिको रेखा मुनि बाच्न बाध्य भए । शिक्षामा समानता आएन। बर्ग बिभेदको अन्त्य भएन । जनता उत्पिडनबाट मुक्त हुन सकेनन् । सबैलाई अधिकार प्राप्तिको लागि साम्यवाद, माओवाद्, कम्युनिजम र प्रचण्डपथको सिद्धान्त बोकेर आमुल परिवर्तनको लागि नेकपा माओवादीबाट वि.सं. २०५२ फागुन १ गतेबाट नेपालमा दस वर्षे सशस्त्र जनयुद्ध सङ्खघोस भयो । जनयुद्ध र २०६२/६३ को सन्युक्त दोस्रो जन आन्दोलनको फल स्वरुप राजा सहितको प्रजातन्त्रिक ब्यवस्था ढाल्न सफल पनि भयो । नेपाली जनताको साथ लिदै राजनीतिक दलहरुले विभिन्न चरण पार गर्दै हुदै अहिले सङ्घिय लोकतान्त्रिक गणतन्त्रात्मक ब्यवस्था ल्याउन सफल भए ।अब भने नेपालको ब्यवस्था परिवर्तनको कोर्स पुरा भएको छ । अब यहि जगमा टेकेर देशलाई समृध्दि र बिकास गर्ने अभिभारा छ देशको नेतृत्व तहमा भएकाहरुको तर बिड्म्बना नेपाल र नेपाली जनातालाई सङ्घिय ब्यस्व्थामा हावी भएको उहि पुरातनवादी सोचबाट ग्रस्त नेतृत्वले छोडेको छैन । यसै कारणले पनि नेपालका यि दुईवटै राजनीतिक धारहरु पुर्णरूपमा असफल भएका छन् ।
वर्तमान राजनीतिमा तीनथरीका मानिसहरु लागेका छन। प्रथम त्यस्ता व्यक्ति जोसँग कुनै काम, जागिर, ब्यापार छैन ।आफ्नोन जीविकोपार्जनका लागि मागी खाने भाडो संझेर राजनीतिमा संलग्न छन् । दोस्रो पारिवारिक विरासताको जगमा राजनीतिक इच्छा वा संस्कारमा हुर्कंदै राजनीतिमा लागेका छन । तेस्रो निस्वर्थ र निश्पक्ष जनतालाई सेवा गर्ने भावनाबाट प्रेरित भएर राजनीतिमा लागेका छन । २०औँ शताब्दीको मध्यकाल तिर राजनीतिमा लाग्ने मानिसको संख्या अत्यन्त सीमित थियो । त्यसको मुख्य कारण राजनीतिक खुलापनको अभाव थियो । ठूलाबडाहरू सार्वजनिक काम जस्तैः विद्यालय, मठ मन्दिर, बिधालय,पोखरी, इनार बनाएर सामाजिक कार्य गरेर सेवा गर्थे । दोस्रो विश्वयुद्धपछि ठूला र साना मुलुकहरुमा पनि जनताको अधिकारलाई स्थापित गर्न, सुशासन प्राप्त गर्ने उद्देश्यले मानिस राजनीतिमा लागेका थिए । तिनिहरुको उद्देश्य आर्थिक आय आर्जन गर्नु थिएन, थियो त निश्पक्ष सेवा गर्नु , देश र समाजको उत्थान गर्दै अधिकारहरु प्रत्याभुत गराउने एक मात्र उद्देश्य र लक्ष्य थियो । त्यतिखेरका राजनितिज्ञको जीवन सधारण सामान्य थिए । तडकभडक पुर्ण जीवनमा विश्वास गर्दैनथे । राजनेताको जीवन पनि सामान्य मानिस सरह नै हुन्थ्यो । तर हाम्रो देशमा उहि राजसिंहासान शौकतमा डुबिरहेका छन राजनितिकर्मिहरु जसलाई तोड्न देशलाई सुहाउने देशको परिस्थिति सँग जुझ्ने , देशको तमाम समस्याको निराकरण गर्ने ब्यक्ति वा राजनितिक दलको खाचो छ।
बिभिन्न क्रान्ति ,आन्दोलन ,सस्त्र जनयुद्ध , जनआन्दोलन पश्चात आमूल राजनीतिक परिवर्तनहरु भएको सबै सामु छर्लङ छन , तर अझै राज्यका अंगहरु र प्रणालीमा उही पुरातनवादी शैलिको राजा,राणा र पंचायतकालीन समय जस्तो छ। त्यसैले यसलाई पनी परिवर्तन गर्न आवश्यक छ वर्तमान अवस्थामा । त्यसको लागि के के अत्यावश्यक छ त ?
-जनता बाट निर्वाचित प्रत्यक्ष कार्यकारी ब्यस्था /
-सदचार र सुशासन युक्त राजनीति /
-बैज्ञानिक समाजवाद /
-खर्चिलो निर्वाचन प्रणालीको अन्त्य /
-पुरानो कर्मचारीतन्त्र भत्काएर नँया ब्यूरोक्रेसी/
-पूर्ण समावेशी समानुपातीक संसदीय व्यवस्था/
-पुरानो अख्तियारलाई भत्काई स्वतन्त्र जनलोकपालको निर्माण/
⁃ शिक्षा , स्वास्थ्य, नान्यपालिका, प्रेस स्वस्तन्त्रतामा राजनीतिक हस्तक्षेपको अन्त्य /
त्यसैले अबको यात्रा बैज्ञानिक समाजवाद को हाे जसमा mens of production जो एक ब्यक्तिमा निहित हुदैन । उत्पादन proportional distribution को सद्धान्तमा जन कल्याणकारी नीति लागु गर्नु पर्छ जसमा बर्गिय बिभेद हुदैन, मजदुर वर्ग र मालिक वर्गको सङ्घर्ष हुन जरुरी छ । social democracy लाई बैज्ञानिक ढङ्गले अगाडि बढाउदै self reliance ( आत्मा निर्भर ) परनिर्भरताको अन्त्य, medicaid (जनतालाई उपचार फ्री), social security ( बेरोजगारी जनतालाई बिशेष भत्ता रोजगारी नलागे सम्म) र Industry capital generation अगाडि बढाउन सक्यौ भने देशले काँचुली फेर्न सक्छ ।