Wednesday 9th July 2025

यस वर्षको एसईई परीक्षाको परीक्षाफल प्रकाशित


तितोपाटी – नेपाल सरकार, राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार सार्वजनिक गरेको छ । बोर्डले गत चैत १० गते लिएको एसईईको नतिजा सातै प्रदेशको ग्रेडिङ प्रणाली अनुसार छुट्टाछुट्टै सार्वजनिक गरेको हो । माध्यमिक शिक्षा परीक्षा एसईईमा यो वर्ष उच्च नतिजा ‘ए प्लस’ ल्याउनेको सङ्ख्या गत वर्षभन्दा बढेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। बिहीवार प्रकाशित नतिजा अनुसार कुल १७ हजार पाँच सय ८० जना विद्यार्थी ‘ए प्लस’ श्रेणीमा उत्तीर्ण भएका बताइएको छ। यो सङ्ख्या गत वर्षको भन्दा तीन हजारले बढी हो।

यो वर्ष पहिलो पटक सङ्घीय संरचनाअन्तर्गत एसईई भएको हो। कुल परीक्षार्थी चार लाख ७५ हजार तीन जना रहेको कार्यालयले बताएको छ। त्यसमध्ये छात्राको सङ्ख्या छात्रहरूको सङ्ख्याभन्दा केही बढी छ। मुलुकभरबाट यो वर्ष ४ लाख ७५ हजार विद्यार्थी एसईई परीक्षामा सहभागी थिए। एक हजार ९ सय ६९ केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो। यसपटक प्रदेश अनुसार अनिवार्य विषयहरुको प्रश्नपत्र फरक/फरक बनाएर परीक्षा लिइएको थियो।

गतवर्ष असार ९ गते रिजल्ट भएको थियो।यसवर्षको परीक्षामा प्रदेश २ मा प्रश्नपत्र परीक्षा अगावै बाहिरिएर परीक्षा स्थगित हुँदा केही दिन ढिला हुन पुगेको हो।

कार्यालयद्वारा सार्वजनिक तथ्याङ्क अनुसार उत्तीर्ण विद्यार्थी र तिनको श्रेणी विभाजन निम्म अनुसार रहेको छ:

ए प्लस (३.६ देखि ४ जीपीए): १७,५८०
ए (३.२ देखि ३.६ जीपीए): ५१,१३७
बी प्लस (२.८ देखि ३.२ जीपीए): ६३,७४१
बी (२.४ देखि २.८ जीपीए): ७६,५६४
सी प्लस (२ देखि २.४ जीपीए): ९८,२०७
सी (१.६ देखि २ जीपीए): ९५,३०७
डी प्लस (१.२ देखि १.६ जीपीए): ४३,८४१
डी (०.८ देखि १.२ जीपीए): ४,४२९

एसईईको नतिजा विभिन्न वेबसाइट र मोबाइल सन्देश एसएमएसबाट हेर्न सकिन्छ। शिक्षासम्बन्धी सरकारी निकायहरूका निम्न वेबसाइटहरूमा हेर्न सकिन्छ: https://see.edusanjal.com/

त्यसैगरी नेपाल टेलिकमले विगतमा झै आफ्नो वेबसाइट http://www.see.ntc.net.np/ एसईईको नतिजा राख्ने बताएको छ। नेपाल टेलिकमकै १६०० मा फोन गरेर दिइएको निर्देश अनुसारको आफ्नो नतिजा थाहा पाउन सकिन्छ। एसएमएसबाट भने १६०० मा अङ्ग्रेजीमा एसईई र सिम्बोल नम्बर पठाएर नतिजा प्राप्त गर्न सकिन्छ।

ग्रेडिङ र प्रादेशिक शिक्षा प्रणालीमा गएपछि विगतमा जस्तो चासो नभएको भनिए पनि आम नागरिकमा एसईईको नतिजाप्रतिको आकर्षण कायम नै छ। सामाजिक सञ्जालहरूले धेरैले एसईई नतिजाका लिएर टिप्पणी गर्ने र आफ्नो बेलाको परीक्षा एवम् नतिजा सम्झने गरेका छन्।


सम्बन्धित शीर्षकहरु

यमनका हुथीहरूले हालै नौसेना अपरेशनको फुटेज जारी गरेका छन । जसले लाल सागरमा व्यावसायिक जहाज म्याजिक सीजलाई डुबाएको देखाएको छ…

तितोपाटी-सिदार्थ राज मार्ग बुटवल पाल्पा सडक खण्ड अन्तर्गत सिद्धबाबा नजिकै पहिरो खस्दा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।…

तितोपाटी- पुर्वमन्त्री एबम नेकपा एकीकृत समाजबादीकी युवा नेतृ राम कुमारी झाक्रीलाई थप ७ दिन भित्रमा स्पष्टिकरण बुझाउन पाटीको सचिबालय बैठकले…

प्रतिकृयाहरू
...