Wednesday 17th June 2026

टिकटकमा भाइरल भइ पैसा कमाउने नशाले चोरी, गलत बाटो अपनाउँदा प्रहरीको खोरमा


तितोपाटी – टिकटककमा भाइरल बनेर पैसा कमाउन खोज्दा भारतको उत्तर प्रदेशमा एक युवा प्रहरीको खोरमा पुगेका छन् । जतिन नागर नामका ति युवा टिकटकमा भाइरल हुन खोज्दैमा जेल परेका भने होइनन् । टिकटक मार्फत गुणस्तरीय भिडियो बनाइ पैसा कमाउनको लागि महंगो मोवाइल चोर्दा पक्राउ परेका हुन । उनको चाहना टिकटकबाट सुपरस्टार बनेर पैसा कमाउने थियो। तर यही चाहनाले यी २० वर्षे युवालाई जेल पुर्याइदियो।

हुन पनि  टिकटक वर्तमान समयमा निक्कै लोकप्रिय रहेको छ। टिकटकले थुप्रै अपरिचितहरूलाई परिचित बनाइदिएको छ। यो मानिसहरूका लागि लोकप्रियता बटुल्ने माध्यम बनेको छ। लोकप्रियताको भोक मानिसमा गज्जबकै हुन्छ। त्यो भोकमा मानिसले कहिलेकाँहि गर्न नहुने गल्ती गर्छ र सजायको भागिदार हुन्छ। त्यस्तै घटना भारतमा घटेको छ।

भारतीय प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेपछि घटनाको खुलासा भएको हो। ती गिरफ्तार गरिएका व्यक्ति टिकटकमा भिडियो बनाएर सुपरस्टार बन्न चाहन्थे। उनले त्यस इच्छालाई मूर्तरूप दिन महँगो फोनको आवश्यक्ता देखे। किन्ने हैसियत थिएन र फलस्वरूप सुपरस्टार हुने चाहानामा उनले महँगो फोनको चोरी गरे।

प्रहरीका अनुसार जतिन छाबंडा नाम गरेका एक व्यक्तिले आफ्नो आईफोन बिक्रीका लागि ८० हजार भारू मूल्य तोकेर अनलाइनमा राखेका थिए।

नागरले सो फोन किन्ने इच्छा व्यक्त गर्दै छाबंडासँग सम्पर्क गरे तर फोन किन्ने हैसियत नागरसँग थिएन। तैपनि उनले फोन किन्ने भन्दै छाबंडालाई बोलाए। त्यपछि उनीहरू फोनको मोलतोल गर्न लागे। नागर फोन किन्न सक्दैनथे। उनले गलत जुक्ती लगाए। मोलतोल चल्दाचल्दै उनी बिचमा नै फोन खोसेर भागे।

छाबंडाले प्रहरीमा त्यसको उजुरी गरे। सोहि उजुरीको आधारमा प्रहरीले ती युवकलाई पक्राउ गर्‍यो। आईफोन खोसेर भागेको उजुरीपरेपछि ती युवक पक्राउ परे। उनी पक्राउ परेपछि बयानका क्रममा उनको चोरीको उदेश्य खुलेको हो। पक्राउपछि ती युवकले आफूले टिकटकमा भिडियो बनाएर पैसा कमाउने गरेको र सो फोनमा भिडियो बनाउन आवश्यक सबै किसिमका सुविधा भएपछि खोसेर भागेको स्वीकारेको प्रहरीले बताएको छ ।


सम्बन्धित शीर्षकहरु

इरानी अधिकारीहरूले अमेरिका–इरान शान्ति सम्झौतालाई अमेरिका र इजरायलमाथिको रणनीतिक तथा राजनीतिक विजयका रूपमा चित्रण गरेका छन्। तेहरानको दाबी अनुसार महिनौंसम्म…

विगत साढे तीन महिनाभन्दा बढी समयदेखि मध्यपूर्वलाई अशान्त बनाउँदै आएको अमेरिका र इरानबीचको युद्ध अन्त्यका लागि दुवै देश एक ‘शान्ति…

बेरुत। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री इजरायल काट्जले लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरस्थित दहियाह जिल्लाभित्र रहेको हिजबुल्लाहको नयाँ पहिचान…

प्रतिकृयाहरू
...