Tuesday 3rd March 2026

माैलिक लोकदोहोरी ‘गलबन्दी’ युटुबमा भाइरल, ३ हप्तामै करोडमाथि भ्युअर्स


तितोपाटी – मोलिक लोकदोहोरी ‘गलबन्दी” एल्बम यतिखेर युटुबमा भाइरल भइरहेको छ । सार्वजनिक भएको तीन साता पनि नबित्दै बुधबारसम्ममा यो म्युजिक भिडियोले युट्युबमा एक करोड सात लाख बढी ‘भ्युअर्स’ पाएको छ। कम समयमा युट्युबमा धेरै पटक हेरिएको लोकदोहोरीमा गलबन्दीले ‘रेकर्ड’ कायम गरेको हो। गलबन्दी प्रकाश सपुतले बनाएका हुन ।

गलबन्दीमा प्रकाश सपुत र शान्ति श्री परियारको स्वर छ। शब्द, सङ्गीत र भिडियो निर्देशन पनि सपुतकै छ। म्युजिक भिडियोमा सपुत र अञ्जली अधिकारीको अभिनय छ। सो गीतको छायाङ्कन सपुतकै जन्मघर बागलुङ धम्जामा गरिएको थियो। परम्परागत रोधीको झल्को दिने गरी बनाएको गलबन्दी गीतबाट सपुतको बहुप्रतिभा उजागर भएको छ। मौलिक शब्द, सङ्गीत र प्रस्तुतिकरणका कारण गीतलाई स्रोता, दर्शकले रुचाइरहेका छन्।

सपुतले अघिल्लो वर्ष निर्माण गरेको लोकगीत ‘बोल माया’ पनि युट्युब ट्रेन्डिङ नं एकमा आएको थियो। बोलमायाकै पूर्वभाग निरन्तरताको रुपमा ‘गलबन्दी’ ल्याएको सपुतले बताए। ‘बोलमायामा पनि स्वरमा सपुतलाई शान्तिश्री परियारको साथ थियो। उक्त गीतको भिडियोमा पनि सपुत र अञ्जली अधिकारीको अभिनय छ।’

म्युजिक भिडिओको कथा, सोच र निर्माणपक्ष समेतले गीतलाई न्याय गरेको छ। लोकदोहोरीमा मानवीय प्रेम र संवेदनाको भाव प्रकट भएको छ। ‘विशुद्ध मनोरञ्जनका लागि बनाइएको गीत हो’, सपुतले भने ‘भिडियोमा मौलिकपन दिने प्रयास गरेको छु।’

कथात्मक शैली, सिर्जनशीलता, अनौपचारिक प्रस्तुति, ठेट संवाद र जीवन्त अभिनयले दर्शक गीतमा लोभिन्छन्। सपुत चञ्चले युवक र अधिकारी लजालु युवतीका रुपमा म्युजिक भिडियोमा देखा पर्छन्। भाका नेपाल प्रालिद्वारा निर्मित यो गीतको भिडियोमा सपुतका आमाबुबा, भाइ र आफन्तजनको अभिनय देख्न पाइन्छ।


सम्बन्धित शीर्षकहरु

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

चीनका विदेशमन्त्री वाङ यीले सोमबार आफ्नो इरानी समकक्षीलाई फोनमा भने कि मध्यपूर्वमा युद्ध फैलिँदै गर्दा बेइजिङले अमेरिका-इजरायली आक्रमणहरू विरुद्ध आफ्नो…

मध्यपूर्वमा बढ्दो क्षेत्रीय तनावका बीच शेख फहाद अल-युसुफ अल-सबाह ले कुवेतका सबै सुरक्षा र सैन्य निकायहरूलाई उच्च सतर्कतामा परिचालन गरिएको…

प्रतिकृयाहरू
...