Tuesday 8th September 2026

छिमेकीको हत्या गरी भारतमा लुक्दै आएका सहनी पक्राउ


तितोपाटी- कर्तब्य ज्यान मुद्दाका फरार भएका एक अभियुक्तलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। बहुदरमाइ नगरपालिका वडा नम्बर ८ का २७ वर्षीय प्रजा सहनीलाई पर्सा प्रहरीले छपकैयास्थित नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

उनले गत चैत १८ गते स्थानीय किशोरी सहनीको हत्या गरी गहुँबारीमा फालेको प्रहरीले जनाएको छ।

सहनीको हत्यापछि उनी लुकेर रक्सौल आसपासका क्षेत्रमा बस्दै आएका थिए।

पक्राउ पछि प्रजा सहनीले किशोरी सहनीको हत्या गरेको स्वीकार गरेको प्रहरीले बताएको छ। किशोरी सहनीले आफ्नो आमासँग अवैध सम्बन्ध राख्ने गरेको थाहा पाएपछि उनको हत्या योजना बुनेको प्रजा सहनीले प्रहरी समक्ष बताएका छन्।


सम्बन्धित शीर्षकहरु

जर्मनीको स्टार्टअप कम्पनी इजारी एरोस्पेसले आफ्नाे मानवरहित ‘स्पेक्ट्रम’ रकेट सफलतापूर्वक अन्तरिक्षतर्फ प्रक्षेपण गरेको छ। रकेट आइतबार नर्वेको आर्कटिक क्षेत्रमा रहेको…

सरकारले रसुवा–भोटेकोसी बाढीलगायत विभिन्न विपद्बाट प्रभावित बालबालिकाको शिक्षालाई निरन्तरता दिन ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा गरेको छ। शिक्षामन्त्री सस्मित पोखरेलले…

भोटेकोसी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीको १३ औँ दिनमा नेपालले सोमबार राष्ट्रिय शोक मनाएको छ। बाढीमा ज्यान गुमाएकाहरूको…

प्रतिकृयाहरू
...