Saturday 18th April 2026

कम्युनिष्टहरूको शासनमा जनता दास भएः गगन थापा


तितोपाटी – नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनथापाले नेपालमा कम्युनिस्ट पार्टी जनताका निम्ति काम गर्ने नभएर सिंहदरबारको अधिकार प्राप्तिका लागि एक भएको आरोप लगाएका छन्। अछामको मुजाबगरमा आइतबार आयोजित कांग्रेसको आमसभालाई सम्बोधन गर्दै थापाले दुई पार्टीबीच मिलन भएकाले अहिले सरकारको काम कारवाहीबाट जनता निराश भएको बताए।

दुई पार्टीको मिलन भएको एक बर्ष बितिसक्दा अहिले आएर पार्टीको सिद्धान्त र बिचारका बिषयमा बहस हुन थालेको बिषय हाँस्यास्पद भएको बताए। केपी ओलीको सरकार अहिले बोल्नेको मुख थुन्ने, लेख्नेको कलम भाँच्ने र जनताको अधिकार कुन्ठित पार्ने काममा मात्र लागेको उनको आरोप छ।

फरक प्रसंगमा बोल्दै पूर्ब स्वास्थ्यमन्त्री समेत रहेका थापाले काँग्रेसले जनतालाई मालिक बनायो तर कम्युनिस्टहरुको शासन आएपछि जनता दास भएको बताए। संघीयता चलाउने ढंग अहिलेको सरकारसँग नभएको उनले दाबी गरे। नेता थापाले जनताको जिउधनको रक्षा गर्न नसकिरहेको अवस्था यो सरकारबाट अरु कुनै राम्रो कामको आशा गर्न नसकिने बताए।

उनले भने, ‘कम्युनिस्ट सरकार हाम्रो शत्रु होइन, कम्युनिस्टका नेता हाम्रा शत्रु होइनन्, उनीहरुको बिचार हाम्रो शत्रु हो, उनीहरुको काम हाम्रो शत्रु हो, जनतालाई दास बनाएको काँग्रेसले हेर्न सक्दैन, जनताले चुनेको सरकार भएकाले हामीले जनताको मतको कदर गरेका छौं, अहिलेको सरकारले सबैभन्दा पहिला आफ्नो नियत राम्रो राख्न जरुरी छ।’

-नागरिकन्यूजबाट


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वको तनावपूर्ण अवस्थाबीच इरान ले आफ्नो हवाई क्षेत्र पुनः खोल्दै विमानस्थलहरू क्रमशः सञ्चालनमा ल्याउन थालेको छ। केही दिनअघिसम्म सुरक्षा जोखिमका…

इरानले Strait of Hormuz हुँदै जाने व्यावसायिक जहाजहरूको आवतजावत खुला गर्ने घोषणा गरेको छ। यो निर्णय लेबनानसँग सम्बन्धित युद्धविराम अवधिसम्म…

लन्डनबाट आएको एक विश्लेषणले देखाउँछ कि अमेरिका–इजरायल–इरानबीचको द्वन्द्व अब टाढाको समस्या मात्र रहेन। यसको असर ग्लोबल साउथका देशहरूमा सिधै देखिन…

प्रतिकृयाहरू
...