Sunday 26th April 2026

अस्ट्रेलियामा रहेका नेपाली कानुनकर्मी तिमल्सिनाले पीडित बनाए आफ्नै पत्नी


तितोपाटी- झापा विर्तामोड स्थायी घर भई अस्ट्रेलियाको सड्नीमा कानुनकर्मीका रूपमा कार्यरत खिलेन्द्रराज तिमल्सिनाकी दोस्री पत्नीले पतिबाट आफूलाई मानसिक तनाबसहित ब्ल्याकमेलिङ भएको बताएकी छन् ।बिहे गरेका केही महिनादेखि नै तिमल्सिनाले आफूलाई त्यसप्रकारको व्यवाहार मात्र नगरी आफ्ना आपत्तिजनक तस्बिरहरू आफन्तलाई पठाउँदै परिवारलाई पनि दबाब राखेको बताएकी हुन् ।

उनले भनिन्,‘सहनै नसक्नेगरी पीडा दिन थालेपछि सार्वजनिक गर्नुपर्ने अवस्था आयो, नेपाल प्रहरीमा पनि उजुुरी दिने तयारीमा छौं ।’

पत्नीका रूपमा भिसा पठाएर अस्ट्रेलिया समेत घुमाइसकेका तिमल्सिनाले नेपाल आएका बेला ‘भावनात्मक दबाबमा पारी ढाँटेर आफूसँग बिहे गरेको’ ति युवतीले बताएकी छन् । तिमल्सिनाकी पहिलो पत्नी सिड्नीमा नै छन् ।

‘ढाँटेर बिहे गरे, मैले डिभोर्स पनि मागेकी हुँ । तर डिभोर्स दिनुको साटो म र मेरा परिवारलाई मानसिक तनाब दिइरहेका छन्’, ति युवतीले भनिन्,‘झुक्याएर मेरो आपत्तिजनक तस्बिर लिएका रहेछन् मेरा आफन्त र साथीभाईलाई उक्त तस्बिर पठाएर मबारे अफवाह फैलाउने काम पनि गरिरहेका छन् ।’

तिमल्सिना र उनको बिहे भएको र सो समयमा ति युवतीसँग गरेका अन्तरंगका तस्बिरहरू र युवतीलाई मानसिक यातना दिँदै गरेका संवादका कतिपय अडियोहरू दैनिक नेपालसँग सुरक्षित छन् । ‘पति पत्नी भएपछि हुने अन्तरंगसहित आपत्तिजनक तस्बिर उनले झुक्याएर लिएका रहेछन्, अहिले अपशव्द प्रयोग गर्दै गाली गर्छन् । उल्टै केही गर्न नसक्ने भन्दै धम्की पनि दिन्छन्’, पीडितले भनिन् ।

कानुनकर्मी तिमल्सिनाले ति युवतीसँग बिहे दर्ता समेत गरेका छन् । विर्तामोड नगरपालिकामा १२ चैत, २०७४ मा दुवै जनाको सामाजिक परम्पराअनुसार बिहे गरेको प्रमाणित गर्दै ‘बिबाह दर्ताको प्रमाणपत्र’ पनि दिएको छ । जसको ‘नोटरी प्रमाणित गरी’ पत्नीका रूपमा पीडितलाई एक पटक अस्ट्रेलिया घुमाएका थिए, तिमल्सिनाले ।

‘मैले उसको घरमा गएर बस्छु पनि भनेकी छु । तर, उसले उल्टै धम्की दिएपछि माइतीमा नै सहारा लिएर बस्नुपरेको छ’, पीडितले सुनाइन्,‘यहाँ बस्दा पनि मानसिक दबाब दिन बाबुदेखि दाजुसम्मलाई आपत्तिजनक तस्बिर पठाउने गरेका छन् ।’ तिमल्सिनाले, पीडितलाई पारिवारिक सदस्यका रूपमा भ्रमण भिसा पठाएर अस्ट्रेलिया पनि घुमाइसकेका छन् ।

दैनिक नेपाललाई प्राप्त भएका कतिपय संवादमा तिमल्सिनाले ‘फेक फेसबुक आइडी सिरा राजाको नामबाट पनि पत्नीलाई बारम्बार मानसिक यातना दिएका छन् । उनले पत्नीसँग गरेका भाइबरलगायतका अन्य संवादमा पनि अश्लील शव्दको प्रयोग ज्यादा गरेका छन् ।

पीडितका दाजुका अनुसार घरपरिवारलाई दबाबमा राख्नका लागि तिमल्सिनाले अनेक प्रकारका हत्कण्डा गर्दै आएका छन् । अहिलेचाहिँ सम्पर्कबाहिर भएका छन् । ‘बहिनी र छोरीको पीडा देख्न सक्ने माइति हुँदैन, हामीले कि डिभोर्स देऊ मानसिक तनाव नदेऊ पनि भनेका थियौं’, उनी थप्छन्,‘उनले अझ आफ्ना साथीभाईदेखि विभिन्न प्रतिष्ठानका मान्छेमा पनि पत्नीकै अनर्गल प्रचार गर्न थालेपछि न्यायका लागि मिडियासम्म आउन पर्यो, अब प्रहरी र अदालतसम्म पुग्छौं ।’

पीडितसँग काठमाडौंमा देखादेख भएपछि उनले बारम्बार सम्पर्क गर्न थाले । ‘प्रेम गर्ने, बिहे नगरी बस्नै नसक्ने भनेर ६ महिनासम्म मेरो पछि लागेका थिए’, पीडित सम्झिन्छिन्,‘बिहे भएको छैन, लिभिङ रिलेशनसीप थियो टुट्यो भनेर रोईकराई गरेपछि म बिहेका लागि पनि तयार भएँ ।’

पीडित परिवारबाट तिमल्सिनाले ३४ लाख रूपैंया कारोबार गर्ने नाममा लगेको आरोप लागेको छ । तर, पीडित भन्छिन्,‘मलाई त्यो रकम भन्दा पनि मानसिक तनाव र उसको ब्ल्याकमेलिङ गर्ने दबाबबाट छुटकारा चाहिएको छ ।’ तिमल्सिनालाई दैनिक नेपालले फेसबुकमार्फत सम्पर्क गर्दा उनी सम्पर्कमा आएनन् ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी-प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन बमोजिम प्रहरीले देशभरका सुकुम्बासी बस्तीहरुमा डोजर चलाउने तयारी गरेको छ । आज साँझ काठमाडौंको थापाथली स्थित…

तितोपाटी-नेपाली कांग्रेसले संसदीय दलको नेता चयनको निर्वाचन कार्यतालिका संंशोधन गरेको छ । पार्टीको तर्फबाट दलको नेता चयनका लागि गठन गरेको…

तितोपाटी-माथागढी गाउँपालिका वडा नम्बर ३, कसेनीको वडा कार्यालय यतिबेला केवल प्रशासनिक सेवामा मात्र सीमित छैन, यो एउटा जीवन्त 'तालिम केन्द्र'…

प्रतिकृयाहरू
...