Tuesday 8th September 2026

मेयरको आक्रोशः योगेश भट्टराई र शंखर पोखरेल मात्र फेसबुक चलाउन जान्दछन्


तितोपाटी- इटहरी उपमहानगरपालिका मेयर द्वारिकालाल चौधरीले आफ्नै पार्टीका वरिष्ठ नेतामाथि आक्रोश पोखेका छन् । मेयर चौधरीले आफूविरुद्ध कुरै नबुझी प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेल र योगेश भट्टराईले प्रतिक्रिया दिएको भन्दै रोष प्रकट गरेका छन् ।

पत्रकाहरुसँग कुरागर्दै मेयर चौधरीले पार्टीका दुवै नेताले आफूसँग घटनाबारे नबुझी फेसबुक स्टाटस लेखेको बताए ।

‘दुवै नेताले बडो फेसबुक चलाउने, बडो स्टाटस लेख्ने । उनीहरू मात्र जान्दछन् ?’, उनले भने, ‘हामी जान्दैनौँ ? उहाँहरूले घटनाबारे मलाई फोन गर्न सक्नुहुन्नथ्यो ?’

दुवै नेताहरूको फेसबुक स्टाटसका सन्दर्भमा उनले सार्वजनिक रुपमा माफी माग्ने कुरा उचित नभएको स्पस्ट पारे । पछिल्लो समय मेयर चोधरीले एक पत्रकारलाई नाकको डाँडी भाँच्न एक करोड छुट्टयाएको छु भन्ने अभिव्यक्ति दिएपछि नेकपाका शीर्ष नेता रुष्ट बन्दै आइरहेका छन् ।


सम्बन्धित शीर्षकहरु

भोटेकोसी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीको १३ औँ दिनमा नेपालले सोमबार राष्ट्रिय शोक मनाएको छ। बाढीमा ज्यान गुमाएकाहरूको…

भोटेकोसी नदीमा आएको विनाशकारी हिमबाढीमा परी मृत्यु हुनेको संख्या १,३५५ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार…

दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेहरूमा दुई बालबालिका र दुई स्वास्थ्यकर्मी पनि…

प्रतिकृयाहरू
...