Saturday 10th October 2026

गुण्डा नाइके राधेलाइ रिहा नगरे तरूण दलले अान्दोलन गर्ने चेतावनी


तितोपाटी – तरुण दल धादिङका नेता राधाकृष्ण भण्डारी (राधे)लाई प्रहरीले पक्राउ गरेपछि केन्द्रीय कार्यसमितिले औपचारिक रुपमै उनको रिहाइको माग गरेको छ । तरुण दलका अध्यक्ष जितजंग बस्नेतले शनिबार पत्रकार सम्मेलन गरेर भण्डारीको रिहाइ नगरे तरुण दलले आन्दोलन थाल्ने चेतावनी समेत दिए । प्रहरीले भण्डारीलाई गत बुधबार साँझ धादिङमा पक्राउ गरी ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दायर गरेको छ ।

तरुण दलका अध्यक्ष बस्नेतले भने सरकारको निर्देशन अनुसार पक्राउ गरेको आरोप लगाएका छन् । साथै राधेलाई सरकारकै निर्देशन अनुसार हत्या गर्न खोजेको आरोप लगाएका छन् ।

हुँदै नभएको घटनामा संलग्नता देखाएर नियन्त्रणमा लिएको भन्दै तरुण दलले उक्त घटनाको विरोध जनाएको बताएको छ । प्रहरीले भने राधेलाई गाउँमा स्थानीयबासीलाई कुटपिट गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको भनाइ छ ।


सम्बन्धित शीर्षकहरु

संखुवासभा समाज कुवेतले यस वर्षको दशैं–तिहार तथा वार्षिकोत्सव कार्यक्रम नगर्ने निर्णय गर्दै त्यसका लागि छुट्याइएको रकम क्यान्सर पीडितलाई सहयोग गरेको…

राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गरेका छन्। अब बाढी, पहिरो जस्ता विपद्मा बेपत्ता भएका…

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्का इजरायल रोजगारीमा पठाइदिने भन्दै रकम असुली गरिएको ठगी प्रकरणमा पक्राउ…

प्रतिकृयाहरू
...