Tuesday 8th September 2026

देशमा इसाइकरण हुनु देशका लागि ठूलो दुर्भाग्य : कमल थापा


तितोपाटी- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दू धर्मलाई मासेर विदेशी धर्म भित्र्याउनु कुनै विकास नभएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दू राष्ट्र पुनःस्थापनाका लागि दोस्रो चरणको मेची–महाकाली राष्ट्रिय स्वाभिमानको यात्राका क्रममा आज बागलुङमा आएका थापाले ९४ प्रतिशत ओमकार परिवार भएको देशमा इसाइकरण हुनु देशका लागि ठूलो दुर्भाग्य भएको बताए ।

पूर्वगृहमन्त्रीसमेत रहेका थापाले जनताले ठूलो राजनीतिक परिर्वतन गराए पनि जनताको जीवन परिवर्तनको अनुभव गर्न नपाएको बताए । देशमा अहिले सतहमा शान्ति भए पनि वास्तवमा शान्ति नआएको बताउँदै थापाले भने, “अहिलेको अवस्थामा धनी र गरीबको बीचमा झनै दूरी बढ्यो ।”

पैसाको लोभमा विदेशी धर्म भित्र्याएर समृद्ध नेपाल नबन्ने भन्दै अध्यक्ष थापाले स्वाभिमानपूर्वक बाँच्नका लागि हिन्दूराष्ट्रको विकल्प नरहेको दाबी गरे । थापाले देशमा सनातन धर्मलाई मास्ने काम शुरु भएको भन्दै यसलाई खबरदारी गर्नका लागि मेची–महाकाली दोस्रो चरणको अभियान ल्याएको जानकारी गराएका थिए ।


सम्बन्धित शीर्षकहरु

भोटेकोसी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीको १३ औँ दिनमा नेपालले सोमबार राष्ट्रिय शोक मनाएको छ। बाढीमा ज्यान गुमाएकाहरूको…

भोटेकोसी नदीमा आएको विनाशकारी हिमबाढीमा परी मृत्यु हुनेको संख्या १,३५५ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार…

दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेहरूमा दुई बालबालिका र दुई स्वास्थ्यकर्मी पनि…

प्रतिकृयाहरू
...