तोयानाथ उपेक्षित – कोसेलीको प्रधान सम्पादकमा नबराज पन्थीको नियुक्ति सर्वसम्मतीमा हिँजो भयो । कोसेली पत्रिकाको भाग्य र भविश्य अब उनको हातमा गएको छ । त्यसो त कोसेलीको पृष्ठभागमा पन्थिको लामो योगदानलाई चानचुने मान्नु हुदैन । जो जो प्रधान सम्पादक हुदै आएको भए पनि कोसेली संञ्चालनको मुख्य व्यक्ति मध्ये उनी एउटा राम्रो क्षमता भएका पत्रकार हुन र त्यही रुपमा विगतका कोसेलीका प्रधान सम्पादकहरुको जस अपजसको ईतिहासमा उनको बपौती छ भन्नेमा दुविधा छैन ।
पत्रकार महासंघका अध्यक्ष हरिकृष्ण न्यैपानेको स्वच्छिक त्याग र उनकै प्रस्तावमा पन्थीको नियुक्ति कोसेलीको परम्पराको एउटा कडी नै हो । विगतमा कोसेलीको पूर्व प्रधान सम्पादक राजन रिमालले आफै प्रस्तावक भएर नेतृत्व हस्तान्तरण गर्नु भएको परम्परा अविछिन्न कायम छ । उहाँले एकताका मलाई आफ्नै प्रस्तावमा प्रधान सम्पादक बनाउनु भएको थियो । मेरो ६ बर्षे कार्यकाल पछि हरिकृष्ण न्यैपानेमा सर्यो । त्यसै गरि कोसेलीको एमडी सुजुन केसीले आफ्नै स्वच्छाले आनन्द आर्चायलाई पद हस्तान्तरण गर्नु भयो । यसरी नै कोसेली सिंगो समुहको अध्यक्ष राजन रिमालबाट ईन्द्र पोखरेल, मनु मगर हुदै नेतृत्व पुस्तान्तरण हुदै आईरहेको छ । कहिल्यै प्रतिस्पर्धा नहुनु तर एउटैले मात्र पदमा टेवा लिन नखोज्नु कोसेलीको अव्वल संस्कृति हो । हिजो नबराज पन्थीलाई सर्वसम्मतीले कोसेलीको प्रधान सम्पादकको कार्यभार सुम्पनु पनि त्यही संस्कृतिको देन हो । उहाँको कार्यसफलताको हार्दिक शुभकामना ।
पन्थीले कोसेलीलाई कुन रुपमा हाक्ने हुन त्यो भने हेर्न पर्ने हुन्छ । अरुको सहयोगी हुँदा र आफू नायक हुँदा मानिसको क्षमताको जादु फरक रुपमा प्रस्तुत हुने गर्दछ । यदि त्यसो भएन भने नेतृत्व परिर्वतनको औचित्य पुष्टि हुदैन । हिँजोको दिन र आजका दिनमा परिस्थिती र पत्रकारीताको परम्परागत तौर-तरिका बदलिएका भनेर कोसेलीलाई यथास्थितीमा राख्ने छुट पनि कसैलाई छैन । जे जे बदलिए पनि आखिर समाचार लेख्ने पत्रकारले नै हो । उसको ईमान्दारिता र पत्रकारिताको ज्ञानमा सिंगो संस्थाको गरिमा र विश्वसनियता बाँचेको हुन्छ । फेसबुकका लाईभले समाचार सिद्ध्यायो भन्ने तर्क बास्तविकत कुरा हैन । फेसबुकको लाईभ पानीको फोका जस्तो हो । कतिबेला सम्म टिक्छ थाहा हुन्न । न त त्यसलाई आधिकारिताको रुपमा कसैले हेर्न मिल्छ ?
कोसेलीको गरिमालाई माथि उठाउन कसैको एक्लो प्रयास मात्र पर्याप्त नहुन सक्छ । पन्थीका अगाडी सहकर्मीको सहयोग र अग्रजहरुको सुझाव अनिवार्य हुन जान्छ । समाचार लाईभमा हुदैन त्यहाँ विज्ञापन मात्र हुन्छ । समाचार पत्रकारको विवेक र मेहनतमा हुन्छ भन्ने सवैले बुझियो भने कुनै लाईभ कार्यक्रमले समाचार खान्छ भन्ने बुझाई मिथ्या हो भनेर सिद्ध गर्न सकिन्छ यसमा ध्यान दिन जरुरी छ । समाचार साभार गर्नु अल्छिले केराको खेती गर्नु जस्तो हो । समाचार चोर्नु त झन अपराध नै हो । समाचार खोजमुलक र विश्लेषणात्मक बनाउनमा ध्यान दिनुले मिडियाको बौद्धिकता र प्रत्रकारको क्षमता प्रस्तुत गर्ने हुँदा अब कोसेलीले त्यस कुरामा ध्यान दिन जरुरी छ ।
कोसेलीमा कुवेतको बौद्धिक जमात छ । कोसेलीमा अनुभव भएका मानिसहरुको भण्डार छ । कोसेलीमा भिजन र मिसनको कुनै अभाव छैन । बस यसको संयोजन मात्र गर्न सके पत्रकार नबराज पन्थीको कार्यकाल सफल र कोसेलीको भविश्य उज्वल हुने कुरामा कुनै शंका छैन ।